Author: Nisha Shrestha

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९÷८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ तथा ण्वन क्षेत्रमा दुई गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारीले तीन गैँडा मरेका छन् । जसमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा चोरी सिकारीले गैँडा मारेका उहाँले बताउनुभयो । निकुञ्ज क्षेत्रमा चोरी सिकारीले मारेका दुई गैँडामध्ये एउटाको खाग लगेका थिए भने एउटा बच्चा थियो । अन्य कालगतिले मरेका हुन् । सन् २०२१ मा गरिएको गणनाअनुसार नेपालभर सात सय ५२ गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा…

Read More

झापा : झापामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । बिर्तामोड मुक्तिचोकमा बिर्तामोड–७ का एक पुरुषले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ। जलिरहेको अवस्थामा उनको उद्धार गरी अस्पताल पुर्‍याइएको छ। उनको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको झापा प्रहरीका प्रवक्ता डिएसपी खगेन्द्र रिजालले जानकारी दिए। उनको ढाडको भाग जलेको छ। आत्मदाहको प्रयासको कारण खुलेको छैन।

Read More

काठमाडौँ – लिग टू क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा आयोजना भएको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार चौंथो जित निकालेको छ । मंगलबार सिरिजको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले लगातार चौंथो जित निकालेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १ बलमा अविजित ९५ रनको अर्धशतकीय ईनिङ खेले । उनले ७ चौका र ४ छक्का प्रहार गरे । उनले नेपालका लागि सातौं अर्धशतक प्रहार गरेका हुन् । रोहितले यस अघि पपुवा न्युगिनी र अमेरिकाविरुद्ध २२ तथा यूएई ,नामिबियाविरुद्ध ११ अर्धशतक बनाएका थिए । करण केसीले ३७…

Read More

काठमाडौँ – राष्ट्रपतिको प्रस्ताव लिएर लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । मङ्गलवार बसेको शीर्ष नेताको बैठकले सहमतिमा अध्यक्ष ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनी बालुवाटार पुगेका हुन् । अध्यक्ष ठाकुरले आफ्नो साथमा वरिष्ठ नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्लालाई पनि लगेका छन् । महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपतिमा सहयोगका लागि प्रधानमन्त्रीसँग आग्रह गरिने सो पार्टीका कार्यकारिणी सदस्य एकवाल अहमदले बताए । राष्ट्रपतिमा काँग्रेस, एमाले, माओवादी केन्द्रमा एकअर्का दलहरूको बीचमा सहमति नबनरिहेको बेला राष्ट्रपतिमा ठाकुरलाई प्रस्ताव प्रधानमन्त्री प्रचण्डदेखि काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका…

Read More

काठमाडौँ – राष्ट्रपति निर्वाचनमा भाग लिने कि बहिष्कार गर्ने भन्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय लिने भएको छ । सरकारमा पनि सहभागी राप्रपाका नेताहरूले राष्ट्रपति निर्वाचनमा भाग लिनुपर्ने र बहिष्कार गर्नुपर्ने धारणा राख्दै आएका छन् । उपप्रधानमन्त्रीसहित सरकारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू सहभागी छन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा निर्क्योल नभइसकेको बताएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका राप्रपा नेता ध्रुवबहादुर प्रधानले भने राष्ट्रपति निर्वाचनमा पार्टी सहभागी हुने बताए । राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन तथा समसामयिक…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको छ। भारतमा उपचाररत भण्डारीले मङ्गलवार दोहोरो संवाद गरेका छन्। भण्डारीको साथमा रहेका माधव न्यौपानेका अनुसार भेन्टिलेटर हटाएर उनलाई नर्मल मास्कबाट अक्सिजन दिइएको छ। उनको कल्चर रिपोर्ट आज आउँदै छ। उनको स्वास्थ्य पारा मिटर नर्मल रहेका उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उनको सुन्निएको अनुहार सामान्य बन्दै गएको छ। समग्र स्वास्थ्य अवस्था नै सामान्यतर्फ गइरहेको न्यौपानेले जानकारी दिए। फागुन ३ गते राति बुद्धनगरस्थित घरमा खाना पकाउन प्रयोग हुने सिलिन्डरमा लिकेज भएर आगलागी हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए। घाइते भएका दुवै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो।…

Read More

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन् । पूर्व सभामुख एवम् माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा सापकोटा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार नियुक्त भएका हुन् । चीनको रेन्मिङ विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका थिए । तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप कार्यकारी निर्देशक थिए। यस्तै प्रशासन तथा जनसम्पर्क सल्लाहकारमा रामदीप आचार्य, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली नियुक्त भएका छन् ।

Read More

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौँडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेकी छन् । नेपाली सेनाको हेलिकप्टरबाट आज मङ्गलवार हेटौँडा पुगेकी भण्डारीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको सङ्घीय सरकारको ४३ करोड रुपैयाँ लागतमा निर्माण भएको तीन तले भवनको उद्घाटन गरिन् । अस्पतालले नयाँ भवनबाट जनशक्ति थप गरेर उपचार सेवालाई प्रभावकारी रूपमा अगाडि बढाएको छ । पहिले रिफर अस्पतालको रूपमा परिचित हेटौँडा अस्पतालमा अहिले धेरै खालका बिरामीको उपचारसँगै विभिन्न रोगको नियमित अप्रेसन गरिँदै आएको छ ।

Read More

कैलाली – नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता ऐन महरलाई एमालेले सिसन ग्रासरुट अभियान अन्तर्गत लिपुलेक लिम्पियाधुरा र कालापानीमा खटाएको छ । ०५५ सालमा कालापानीबाट भारतीय सेना फिर्ता पठाउन एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले मार्च पास गरेको थियो । उक्त सङ्गठनको केन्द्रीय अध्यक्ष भइसकेका महरलाई एमालेले भारतले कब्जा गरेर बसेको क्षेत्र लिपुलेक लिम्पियाधुरा र कालापानीमा खटाएको हो । १३ गते दार्चुलाको जिल्ला कमिटी बैठकमा सहभागी हुने र त्यस लगत्तै लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्रमा पुगेर पार्टी राष्ट्रयता दुबैलाई बलियो बनाउने गरि काम गर्ने महरले बताएका छन् ।‘कठिन र बिकट क्षेत्रमा मैले जिम्मेवारी पाएको…

Read More

काठमाडौँ: कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति चाँडो टुङ्ग्याउन माग गरेको छ । एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेको हो । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र अन्य न्यायाधीश खाली हुँदा न्याय सम्पादनमा असर परेकाले यसलाई चाँडो टुङ्ग्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष घिमिरेले बताए । सरकारले प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिलाई विशेषरूपमा लिनुपर्ने उनको भनाइ थियो । अध्यक्ष घिमिरेले लामो समयदेखि कायममुकायमको भरमा सर्वोच्च अदालत चलिरहेकाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको बताए । प्रधानमन्त्री संवैधानिक परिषद्को अध्यक्ष रहने संवैधानिक व्यवस्था छ…

Read More