Author: Nisha Shrestha

काठमाडौँ- नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य डोल्मा तामाङले प्रदेश नम्बर एकको नाम सगरमाथा राख्न प्रस्ताव गरेकी छन् । कांग्रेस संसदीय दलको तर्फबाट सोमबार बैठकमा विशेष समयमा बोल्दै सांसद तामाङले अघिल्लो सरकारले प्रदेशको नाम राख्न नसेकेको भन्दै अब विलम्ब नगरी नामकरणमा जोड दिनुपर्ने बताइन् । “संसारले चिनेको विश्वकै अग्लो शिखरको नामबाट प्रदेश १ को नाम राख्न उपयुक्त हुन्छ, सगरमाथाको देश भनेर चिनिएको नेपालमा प्रदेशको नाम राख्न हामी किन पछि परिरहेको छौं,” तामाङले भनिन्, “यो निर्णय गर्दा सबैको शिर उँचो हुन्छ । इज्जत पनि बढ्छ ।” अरू सबै प्रदेशले नाम राखिसकेको अवस्थामा प्रदेश १ ले अहिलेसम्म नाम राख्न नसक्दा शिर झुेकेको उनले…

Read More

काठमाडौँ – आइसिसी विश्वकप लिग टूको त्रिदेशीय एक दिवसीय अन्तराष्ट्रिय सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि २ सय १३ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनायो । सिरिजमा नेपाल लगातार चौथो जितको खोजीमा रहेको छ । सिरिजको अघिल्ला तीनै खेल नेपालले जितेको थियो । शुक्रवारको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै नेपालले नामिबियाविरुद्ध दुई खेल नै जितेको थियो । विश्वकप लिग टूको विजेता बनिसकेको स्कटल्याण्ड पनि नेपाललाई हराएर लिग टू को सुखद अन्त्य गर्न चाहन्छ । २०१९ देखि सुरु विश्वकप…

Read More

दाङ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले राष्ट्रपतिका लागि आएको प्रस्तावबारे केही नसोचेको बताएका छन् । मङ्गलवार दाङका सञ्चारकर्मीहरूसँग कुरा गर्दै चाहाना राख्नु एउटा कुरा भए पनि त्यसबारे आफू र आफ्नो पार्टीले केही सोचिसकेको अवस्था नरहेको बताएका हुन् । त्यस क्रममा उनले पावर सेयरिङका सवालमा आफ्नो पार्टीको भूमिका हुनुपर्ने बताए । ‘चाहना राख्ने कुरा बेग्लै हो, मैले पनि के गर्ने भन्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने सोचिसकेको छैन’, उनले भने, ‘हाम्रो पार्टीको धारणा पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । पावर सेयरिङमा भूमिका नभएर सधैँ भरी अरूको निम्ती मात्रै बलिदान हुने र अरूले फाइदा उठाउने…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत २ वर्षदेखि साउदी जेलमा रहेका धनकुटाका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मङ्गलवार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त प्रतिबद्धता गरेका हुन्। सो क्रममा प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्कालीन पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन्। भेटमा प्रधानमन्त्रीले भने, ‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ। विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठुलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्म स्वाभिमान र उनीहरूले आर्जन गरेको…

Read More

सिन्धुली – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले, काँग्रेसले दलभन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका छन् । सिन्धुली सदरमुकाम सिन्धुली माडीमा मङ्गलवार (आज) बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले सो धारणा सार्वजनिक गरेका हुन् । सम्भावित राष्ट्रपतिको रूपमा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा आइरहेको बेला कोइरालाले राष्ट्रपतिको उम्मेदवार गैर दलीय व्यक्ति हुनुपर्ने बताएका हुन् । राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताउँदै उनले त्यस्तो सम्भावना काँग्रेसको उम्मेदवारमा मात्रै सम्भव हुने समेत बताए । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिको विकास नभई नेपालको विकास हुन नसक्ने बताएका छन्। बालुवाटारमा आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन्। ‘वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन। नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने स्थितितिर जाँदैन,’ उनले भने। वर्तमान युग विज्ञान र प्रविधिको भएकोले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उनले बताए। ‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो। जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन,’ उनले भने। विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै…

Read More

काठमाडौँ- आज स्थानीय बजारमा मंगलबार सुनको मूल्य सामान्य अंकले घटेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य आज भने प्रतितोला दुई सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति कसलाई बनाउने भनेर निर्णय गर्ने अधिकार आफैँसँग राखेका छन्। सोमबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकमा प्रचण्डले तत्काल बैठक बस्न सम्भव नहुने भएकाले राष्ट्रपतिबारे निर्णय लिने अधिकार आफूलाई दिन प्रस्ताव गरेका थिए। ‘हामीले राष्ट्रिय सहमतिका लागि प्रयास गरेका छौँ। सहमतिमै राष्ट्रपतिको उम्मेदवार तय हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले भने, ‘सहमति नभएको अवस्थामा के गर्ने र कस्तो पात्रलाई समर्थन गर्ने भनेर मलाई अधिकार दिनुस्, किनकि तत्कालै बैठक बस्न सम्भव हुँदैन।’ बैठकमा प्रचण्डले सहमतिका आधारमा उम्मेदवार तय नभए काँग्रेससँग सहकार्य हुन सक्नेतर्फ सङ्केत गरेका थिए। स्रोतका अनुसार प्रचण्डले…

Read More

धनगढी- सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा उद्योगी, व्यापारी तथा व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। मंगलवार बिहानैदेखि कैलाली उद्योग वाणिज्य संघलगायत अन्य व्यवसायिक संघ सस्थाहरुले धनगढीमा विरोध प्रदर्शन तथा आन्दोलन चर्काएका हुन्। बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयको नीतिमा सुधारको माग गर्दै व्यवसायीहरूले आन्दोलन थालिएको बताएका छन्। उनीहरुले धनगढीको चौराहदेखी पार्कमोडसम्म विरोध र्याली निकालेका छन्। र्यालीमा उनीहरुले सरकार, नेपाल राष्ट्र बैंकविरुद्ध नाराबाजी समेत गरेका छन्। अहिले उनीहरुको पार्कमोडमा विरोध कोणसभा जारी छ। बैंक तथा वित्तीय संस्थाका कारण व्यवासायीलाई मर्का परेको भन्दै सुधारका लागि १० बुँदे माग राख्दै आन्दोलन थालिएको हो।व्यवसायीहरूले एक अंकको व्याजदर कायम हुनुपर्ने, बैंकहरुको आन्तरिक खर्च…

Read More

काठमाडौँ – टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । दुई देशमा गरी ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । केही समय अगाडि मात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा त्यहाँ ४४ हजारभन्दा धेरैको मृत्यु भएको थियो । उक्त शक्तिशाली भूकम्पको उद्धार र राहतको कार्य नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको छ । भूकम्पले टर्कीमा भौतिक संरचनाहरूमा पनि ठूलो क्षति पुगेको छ…

Read More