Author: Nisha Shrestha

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री बन्ने विषयमा मात्रै नसोचेको बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्य कुरालाई सही भन्न सक्नुपर्ने बताए। उनले भने, ‘माओवादी केन्द्रको अध्यक्षले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए। आजको दिनमा एमालेसँग भएको गठबन्धन छोड्नै पर्दैनथ्यो। एमालेसँगको गठबन्धनमा पनि राष्ट्रपति एमालेले पाउँथ्यो। माओवादीले पाउँदैनथ्यो। अहिलेको गठबन्धनमा काँग्रेसको उम्मेदवार बन्नुभएको छ। यो गठबन्धनमा आएर माओवादीले धेरै कुरा पाएको होइन।’ एमालेसँगकै गठबन्धन बलियो बनाएको भए प्रचण्डले धेरै वर्ष प्रधानमन्त्री बन्न सक्ने ठाउँ रहेको उनको भनाइ छ। उनले प्रचण्ड मात्रै नभएर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि चाहेको भए…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्वले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् । माझी समुदायको लदी पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले माझी जाति परम्परागत रूपमा पानीसँग नै रमाउँदै र जिउँदै आएको एक विशिष्ट पहिचान भएको जातिका रूपमा उल्लेख गरेका छन् । प्रधानमन्त्रीले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मङ्गलवार मनाउने नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसङ्ख्यक सीमान्तकृत जाति सम्पूर्ण माझी समुदायसहित नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको…

Read More

काठमाडौँ – सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री बन्न गठबन्धन दलका नेताहरू दौडधुप गरिरहेका छन् । काँग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायत दलका नेताहरूको दौडधुप चलिरहेको छ । मन्त्रीका आकाङ्क्षीहरू शीर्ष नेताहरूलाई भेटेर आफ्नो पक्षमा माहोल बनाउने प्रयासमा लागेका छन् । नेकपा एमालेले सोमबार सरकार छाडेसँगै १६ वटा मन्त्रालय मन्त्रीविहीन बनेका छन् । एमालेअघि राप्रपा र रास्वपाले पनि सरकार छोडिसकेका छन् । आफू नेतृत्वको सरकार गठन हुँदा समर्थन गरेका दलहरूले सरकार छोडेपछि प्रधानमन्त्री प्रचण्डले नयाँ दलहरुलाई समेटेर मन्त्रिमण्डललाई पूर्णता दिने र विश्वासको मत लिने तयारी गरिरहेका छन् । त्यसका लागि आठ दलीय…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित रहेको बताएका छन् । नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसङ्ख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मङ्गलवार मनाउने लदी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अवस्था बदल्न दृढ संकल्पित छ ।’ प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न पनि अपिल गरेका छन् ।

Read More

काठमाडौँ – राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू हुँदै छ । साँझ ५ बजे राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि बुधबार (१७ फागुन)देखि ५ चैतसम्म आचारसंहिता लागू हुने छ । फागुन २५ मा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । राष्ट्रपतिमा दुई जना उम्मेदवार छन्– रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ । दुवै विरुद्ध कुनै उजुरी परेको छैन । राष्ट्रपति निर्वाचन सम्पन्न भएपछि उपराष्ट्रपतिको निर्वाचन हुन्छ । त्यसैले उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता हुन बाँकी छ । यस्तो छ खर्चको व्यवस्था :निर्वाचन आयोगका अनुसार अन्तिम नामावली प्रकाशन भएपछि राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउँछन् । तर, उनीहरूलाई चुनावी खर्चको सीमा…

Read More

काठमाडौँ – प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ । आज उनको दायाँ हातको अपरेसन गरिने अस्पताल परिसरमा रहेका भण्डारीका नातेदार मीनप्रसाद भण्डारीले जानकारी दिए । “आज राइट ह्यान्ड (दायाँ हात)को अपरेसन गरिँदै छ । अहिले बिहान साढे १० बजे अपरेसनको तयारी गरिएको छ,” मीनप्रसादले भने । देब्रे हातका औँलाको पनि अपरेसन गर्नुपर्ने हुन सक्ने चिकित्सकले बताएको उनले जानकारी दिए । मीनप्रसादका अनुसार उक्त अस्पतालमा सांसद भण्डारीलाई भर्ना गरिएको आज १३औँ दिन हो । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । राम्रोसँग बोल्ने र खाना पनि राम्रोसँग खाइरहेको उनले बताए । “अवस्था सामान्य छ । खाना…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचन अघि नै विश्वासको मत लिने तयारी गरेका छन् । अबको १० दिनपछि अर्थात् फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । सरकार गठन गर्ने समयमा गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका साझेदार दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिन लागेका हुन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पनि समर्थन भने कायमै राखेको छ । ‘एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्छ त्यस कारण राष्ट्रपतिको चुनाव…

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच भेटवार्ता भएको छ । सोमबार अध्यक्ष केसी नेता खनाललाई भेट्न खनाल निवास डल्लु पुगेका हुन् । दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको नेता खनालको सचिवालयले जनाएको छ । फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेका छन् ।

Read More

काठमाडौँ – नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन् । एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरे लगत्तै एमालेका मन्त्रीहरू प्रधानमन्त्रीलाई राजीनामा बुझाउन बालुवाटार पुगेका हुन् । नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री सहित ८ मन्त्री सहभागी थिए । पौडेल पुस ११ मा नियुक्त भएका थिए भने अन्य मन्त्रीहरूले माघ पहिलो साता शपथ लिएका थिए ।

Read More

महेन्द्रनगर- महेन्द्रनगरबाट डडेल्धुराको रुपालतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ। परशुराम नगरपालिका–३ मट्यौलामा सोमबार दिउसो म १ ज २३८ नम्बरको जिप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका–२ का ५० वर्षीय बाशु तिरुवाको मृत्यु भएको हो। जिपमा चालकसहित ११ जना यात्रु सवार थिए। केही यात्रु सामान्य घाइते छन्। इलाका प्रहरी कार्यालय जोगबुढाका बरिष्ठ सई माधव जोशीका अनुसार सडकमा ब्याक गर्ने क्रममा दुर्घटना भएको हो। जिपमा च्यापिएर तिरुवाको मृत्यु भएको थियो। इलाका प्रहरी र शीर्षस्थित चौकीको टोली घटनास्थलमै छ। घटनास्थल इलाका प्रहरी कार्यालय जोगबुढाबाट कम्तिमा पनि २०/२५ किलोमिटर टाढा पर्छ। मट्यौलाको पानीट्याङकी नजिक जिप दुर्घटना भएको थियो।

Read More