Author: Nisha Shrestha

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञानलाई विज्ञानसँग जोडेर मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने बताएका छन्। बिहीबार दिउँसो बालुवाटारमा राजर्षि जनक विश्वविद्यालयको छैठौँ सभामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्रीले भने, ‘यो विश्वविद्यालय एकातर्फ हाम्रो प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको हाम्रो अगाध आस्था र विश्वासको द्योतक हो भन्ने अर्कोतर्फ विगतमा ज्ञान-विज्ञानको क्षेत्रमा समृद्ध भूमिको रूपमा परिचित मधेस प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीतिको सम्पुष्टिसमेत हो।’ प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ : ज्ञान–विज्ञानको केन्द्र एवं तपोभूमि प्राचीन विदेह राज्यको राजधानी जनक नगरी जनकपुरधाममा स्थापित राजर्षि जनक विश्वविद्यालयको छैठौँ सभामा उपस्थित हुन पाउँदा मलाई खुसी लागेको छ।…

Read More

विराटनगर – ​प्रदेश नं १ का मुख्यमन्त्रीक हिक्मत कुमार कार्कीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको नवनिर्मित कार्यालय भवनको उद्‍घाटन गर्नुभएको छ । बिहीबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गरेका मुख्यमन्त्री कार्कीले उक्त भवनको निरीक्षणसमेत गर्नुभयो । ​उद्‍घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले भवन निर्माणमा उल्लेख्य योगदान पुर्‍याउने निर्माण कम्पनी तथा १ नं प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र महेश भट्टराईलाई प्रशंसापत्र प्रदान गर्नुभयो । ​कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने उल्लेख गर्नुभयो । सुविधा सम्पन्न भवन प्राप्त भएसँगै नागरिक सेवामा विगतका दिनहरु भन्दा प्रभावकारी ढंगले अगाडि बढ्न नवनिर्मित भवनको योगदान…

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने बताएका छन्। बिहीबार सिंहदरवारमा भएको भेटवार्तामा नेपालले प्रचण्डलाई आफू नै राष्ट्रपति उम्मेदवार हुनुपर्ने बताएका हुन्। बैठकमा सहभागी एक नेताका अनुसार जवाफमा प्रचण्डले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन आफू तयार रहेको भए पनि अरू दलसँग छलफल गर्नुपर्ने बताएका थिए। उक्त भेटवार्तामा माओवादीका तर्फबाट उपप्रधानमन्त्रीसमेत रहेका नेता नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीबाट घनश्याम भुसाल पनि सहभागी थिए। एकीकृत समाजवादीका नेता भुसालले पनि चुनावअघिको गठबन्धन ब्युँताउने भए आफ्नो पार्टीको भूमिका कहाँ हुने भन्ने स्पष्ट हुनुपर्ने बताएका थिए। प्रचण्डले यी सबै…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा काँग्रेस उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने बताएका छन् । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले काँग्रेससँग संवाद अघि बढाएपछि एमाले अध्यक्ष ओलीले उक्त प्रतिक्रिया दिएका हुन् । १० पुसमा नै प्रचण्डले एमाले उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने सम्झौता गरिसकेको भन्दै ओलीले काँग्रेसलाई समर्थन गर्न नमिल्ने ओलीले बताए । काठमाडौँमा आयोजित एक कार्यक्रम पछि एमाले अध्यक्ष ओलीले भने, ‘उहाँले ‘प्रचण्ड ले सपोर्ट गर्दै गर्नुहुन्न । गर्नै मिल्दैन किनभने हामीसँग सम्झौता पुस १० गते नै गर्नुभएको छ ।’ पुरानो गठबन्धन ब्युँताउनका लागि काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको बैठक बिहीबार साँझ बस्दै…

Read More

काठमाडौं । नेकपा माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक आजै बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादी नेताहरुले बिहीबार एकीकृत समाजवादीका नेताहरूसँग छलफल गरेका थिए । सिंहदरवारमा भएको छलफलमा एकीकृत समाजवादीका नेताहरुले माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्नेमा जोड cदिएका थिए । ‘प्रधानमन्त्रीले पनि म त एकदमै सहमत छु, काँग्रेससँग पनि कुरा गरौँ भन्नुभएको छ,’ एक नेताले भने । काँग्रेससँग साँझ ६ बजे छलफल गर्ने तयारी छ । त्यसअघि ५ बजे माओवादी, जसपा र एकीकृत समाजवादीका नेताहरुबीच छलफल गर्ने सहमति भएको छ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरवारमा भएको भेटवार्ता सकिएको छ । माओवादी संसदीय दलको कार्यालयमा उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो । भेटपछि पत्रकारहरूको प्रश्नको जवाफ दिँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको टुङ्गो लागि नसकेको बताए । पुरानो गठबन्धन ब्युँताउनेबारे उनले भने, ‘अझै टुङ्गो छैन ।’ भेटमा सहभागी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपति निर्वाचनको विषयमा सबै दलहरूसँग छलफल गर्ने क्रममा एकीकृत समाजवादीसँग पनि कुराकानी गरेको बताए । तर गठबन्धन बदल्ने निष्कर्षमा नपुगेको उनले बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि प्रधानमन्त्री प्रचण्डले छलफल गरिरहेको…

Read More

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी तथ्यांक र सूचना सुरक्षित बनाउन नियामक तथा सेवा प्रदायकलाई निर्देशन  दिएकी छन् ।  नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा प्राविधिक पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालमा फाइभ जी को चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा उनले नेपालको डेटा र सूचना राष्ट्रियतासँग जोडिएको भन्दै यसलाई सुरक्षित र मजबुत बनाउनुपर्ने खाँचो औँल्याइन्। सञ्चारमन्त्री शर्माले प्रविधिका क्षेत्रमा भएको पछिल्लो विकासलाई नेपालले अवलम्बन गर्नुपर्नेमा जोड दिँदै तर त्यसलाई कसरी गर्ने भन्ने चिन्तन गर्न भने जरुरी भएको उल्लेख गरिन्। उनले सूचना प्रविधिले फड्को मारेको वर्तमान परिवेशमा देश र जनताको पक्षमा यो प्रविधि सञ्चालन गरिनुपर्नेमा जोड दिइन्।

Read More

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने र आफ्नो मूल्य एवं आदर्शलाई पन्छाएर सत्ता नै अन्तिम सत्य मान्ने भ्रमबाट आफ्नो पार्टी मुक्त रहेको बताएका छन् । एमालेको सङ्गठन सुदृढीकरणका लागि सञ्चालित ‘मिसन ग्रासरूट’ अभियानका सन्दर्भमा ‘निर्वाचनपछिको राष्ट्रिय राजनीति, नयाँ सत्ता सहकार्य, अवसर एवं चुनौती’बारे उल्लेख गर्दै उनले गत पुस १० गते सहमतिका आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा राजनीतिक दलको शक्ति सन्तुलनमा सरकार गठन हुनु राजनीतिमा आएको सकारात्मक परिवर्तन भएको बताए । अध्यक्ष ओलीका अनुसार सरकारले आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिसकेको छ भने पुँजी बजारमा सकारात्मक प्रभाव देखिएको छ । “विदेशी मुद्रा…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरवारमा भेटवार्ता सुरु भएको छ । राष्ट्रपति निर्वाचनलाई लिएर पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने तयारीका साथ प्रचण्ड र नेपालबीच भेटघाट भएको हो । सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा सुरु भएको भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी छन्।

Read More

धनगढी – कैलालीमा माइक्रो बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। आज (बिहीवार) बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–९ बल्मीमा बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिदा पैदलयात्रीको मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले माइक्रोको ठक्करबाट गौरीगंगा नगरपालिका–६बस्ने ६० वर्षीया गेरुवा चौधरीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। चौधरीलाई ठक्कर दिने नेपालगञ्जबाट अत्तरियातर्फ आउँदै गरेको उक्त माइक्रो बस र चालक बाँकेको कोहलपुरका २९ वर्षीय नविन सिंहलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको जोहारीले बताए। घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। राजमार्गमा अवरोध सिर्जना भएपछि विभिन्न गन्तव्यका लागि छुटेका सवारीसाधन…

Read More