Author: Nisha Shrestha

काठमाडौँ – विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अहिले भइरहेको खेलमा घरेलु टोली यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनायो । यूएईका लागि ओपनर आसिफ खानले ९९ बलमा ७२ रन बनाए । उनले ५ चौका र ३ छक्का प्रहार गरे । रोहन मुस्ताफले ७६ बलमा अविजित ५२ रनको अर्धशतकीय ईनिङ खेल्दा आर्यन लाक्राले २८ रन बनाए । कप्तान सीपी रिजवानले २२ तथा वृत्य अरबिन्द १८ रनमा आउट हुँदा । ओपनर मुहम्मद वासिमलाई शुन्य रनमा पहिलो…

Read More

काठमाडौँ -राष्ट्रपति पदका उम्मेदवार तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई भोट माग्दै सांसदहरूलाई पत्र लेखेका छन्। फागुन २५ मा हुने निर्वाचनमा आफूलाई मत माग्दै पौडेलले सबै सांसदलाई पत्र लेखेका हुन्। पौडेलले निर्दलीय शासन व्यवस्थाको विरुद्ध, पञ्चायतको विरुद्ध लड्दा आफूले जेल जीवन भोगेको विषयलाई पनि पत्रमा उल्लेख गर्दै संविधान रक्षा प्राथमिकतामा रहेको भन्दै भोट मागेका छन्। ‘सबै धर्म, संस्कृति, जात, वर्ग, लिंग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको परिपालना गर्दै परिवर्तनको जगेर्ना गर्ने अठोटका साथ नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदका लागि उम्मेदवारको रुपमा उपस्थित छु,’ उनले सांसदहरूलाई लेखेको पत्रमा उल्लेख छ, ‘नेपाली जनाताका प्रिय प्रतिनिधि…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ८ दलका शीर्ष नेताको उपस्थितिमा काठमाडौँको तीनकुनेमा सांसदहरूलाई प्रशिक्षण दिइएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई ८ दलका शीर्ष नेताले प्रशिक्षण दिने कार्यक्रम आज दिउँसो साढे १ बजेदेखि जारी छ। अभिमुखीकरण कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेता राजेन्द्र श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका सांसद अब्दुल खानलगायत नेता पुगिसकेका छन्। राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गरेका ८ दलले ती दलका सांसदहरूलाई अभिमुखीकरण दिएका हुन्। साथै पौडेलले पनि सांसदहरूलाई सम्बोधन गर्दै पत्र पठाएका छन्, जसमा राष्ट्रपति चुनावमा भोट दिन आग्रह गरिएको छ।…

Read More

काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सार्वजनिक खरिद ऐन संशोधन गर्न माग गरेका छन् । महासङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले खरिद ऐन संशोधनको समयमा निर्माण व्यवसायी लगायतका सरोकारवालासँग छलफल गरिने प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्रीसमक्ष महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगको पछिल्लो समस्या र समाधानको उपायका बारेमा अवगत गराएको थियो । महासङ्घ अध्यक्ष सिंहले निर्माण क्षेत्रलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष आग्रह गर्दै सरकारसँगको सहकार्यका लागि महासङ्घ सधैँ तयार रहेको प्रतिबद्धता जनाए । बजेट सुनिश्चित नगरी आयोजनाहरू घोषणा गरिएका कारण व्यवसायीहरूले ठुलो रकम भुक्तानी नपाउँदा निर्माण उद्योग असहज अवस्थामा रहेको अध्यक्ष सिंहले बताए ।…

Read More

बागलुङ – बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन् । बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको विभत्स हत्या गरेका थिए । घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बताइएको छ । टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए । हत्यामा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका उनले प्रारम्भिक सोधपुछका क्रममा छोरीको हत्या स्वीकार गरेको नायब उपरीक्षक थापाले जानकारी दिए। छोरीको हत्यापछि घर छोडेर भागेका दिनलाई गाउँमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । बालिका…

Read More

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा रहेका छन् । उनी दुई दिनअघि पत्नी कोमलसहित झापाबाट भारत गएका हुन् । पूर्वराजाका संवाद सचिव फणीराज पाठकले पूर्वराजा भारतमा रहेको पुष्टि गरे । तर, भ्रमणको विस्तृत विवरण आफूसँग नरहेको बताए । पूर्व राजासँग उनका स्वकीय सचिव सागर तिमल्सिना पनि छन् । भ्रमणको उद्देश्य थाहा हुन सकेको छैन, यद्यपि राजनीतिक भेटघाटहरू हुनसक्ने बुझिएको छ । लामो समयदेखि झापामा बसिरहेका पूर्व राजादम्पत्ती काठमाडौँ नआई त्यतैबाट भारत गएका हुन् । केही दिनअघि पूर्वराजाले दलहरूसँग सहकार्यको प्रस्ताव अघि सारेका थिए । उनले झापामा नै बाक्लो राजनीतिक भेटवार्ताहरू गरिरहेका थिए । उनको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको…

Read More

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कानुन नभएकाले प्रधानन्यायाधीश नियुक्त गर्न नसकिएको जनाएको छ। कार्यालयले बिहीबार सूचना जारी गर्दै प्रधानन्यायाधीशको नियुक्तिसम्बन्धी सिफारिस प्रक्रिया अगाडि बढाउन नसकिएको जनाएको हो। अधिवक्ता कपिलदेव ढकालले प्रधानमन्त्री कार्यालयमा सूचनाको हक प्रयोग गरी दर्ता गरेको निवेदनमा जवाफ दिँदै कानुन नभएकाले नियुक्ति प्रक्रिया अगाडि बढाउन नसकिएको सूचना अधिकारी कविता फुयाँलले जनाएकी छन्। फागुन १ गते नेपाल बार एसोसिएसनले सर्वोच्च प्रधानन्यायाधीश नियुक्ति गर्न भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो।

Read More

काठमाडौं – आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले बुधबार राति काठमाडौंको बानियाँटारस्थित आफ्नै निवासमा विष सेवन गरेर आत्महत्याको प्रयास गरेकी छन्। काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले उनले विष सेवन गरेको र अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको एसएसपी कार्कीले जानकारी दिए । प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वाइबा उनी बोल्न सक्ने अवस्थामै छन् । तर, विष सेवन गर्नुको कारण भने बताएकी छैनन् । वाइबा केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएकी थिइन् । धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि विवादमा तानिएकी शर्मिला अभिनेता पल शाह काठमाडौं आउँदा स्वागत गर्न…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित निश्चित भएको दाबी गरेका छन् । बिहीबार (आज) बिहान काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘राजनीति ठिकै दिशामा गइरहेको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित देखिन्छ ।’ अहिलेको आठ दलीय समीकरण जनताको म्यान्डेट भएको नेता सिंहको भनाइ थियो । उनले भने, ‘अहिले जनमतअनुरूपको राजनीतिक परिस्थिति निर्माण भएको छ। अब आठ दलीय गठबन्धनको समझदारीअनुरूप मुलुक अगाडि बढ्छ ।’

Read More

काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रयास भए पनि सफल हुन नसकेको दाबी गरेका छन्। राष्ट्रपति चुनावका सन्दर्भमा भएको राजनीतिक घटनाक्रमका क्रममा आफूले नेकपा ब्युत्याएर जान सकिने विकल्प अघि सारे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले मन गरेको बताएका हुन्। अध्यक्ष नेपालले एमाले माओवादी केन्द्रबीचको गठबन्धन भत्किन लागेको बेला नेकपा ब्युत्याएर राष्ट्रपति र प्रधानमन्त्री कम्युनिस्ट गठबन्धनबाटै बनाउने प्रयास भएको जनाएका हुन्। राष्ट्रपति चुनावको सरगर्मी चलेका बेला फागुन ८ गते नेकपा ब्युँताउने प्रस्ताव गरे पनि अध्यक्ष ओलीले नमानेको जनाए। उनले भने, ‘एमाले माओवादी केन्द्रको गठबन्धनमा समस्या आएपछि ओलीजी मसँग कुरा गर्न आउनुभयो। मैँले नेकपा ब्युत्याएर जाऔँ भनेर…

Read More