Author: Nisha Shrestha

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले सडक आयोजनाहरू निर्माणमा रहेको बेथिति अन्त्य गर्न आग्रह गरेकी छन् । शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कार्कीले सडक विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलगायत सरकारी निकायहरूले नै काम गर्न नसक्नु कसको स्वार्थ हो भन्दै प्रश्न गरिन् । काठमाडौँ उपत्यकामा निर्माणाधीन सडक आयोजनाहरूको काम समयमै सम्पन्न गर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराइन् । सांसद कार्कीले नेपाल सरकारको संघीय मन्त्रिपरिषद्को प्रस्तावित आवास क्षेत्र र निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल जाने नख्खु भैँसेपाटी सडकको निर्माण कहिले टुङ्गो लाग्छ भन्दै प्रश्न गरिन् । टुँडिखेल फर्सीडोल सडक ६ वर्षदेखि…

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले दोस्रो तहका नेताहरू भेट्न पुगेका छन्। नेपाल निवास कोटेश्वरमा नेताहरू भेट्न पुगेका स्रोतले जनाएको छ। एमाले नेताहरुले आफ्नो पार्टीको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन्। छलफल अहिले पनि जारी छ। उता प्रधानमन्त्री पुष्पकमल दाहालसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले भेट गरिरहेका छन्। राष्ट्रपति उम्मेदवारको मनोनयन शनिबार हुदैछ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे अहिले बालुवाटारमा छलफल जारी छ । चार दलसँग शुक्रबार नै तीन घण्टा छलफल गरेका दाहालले पाँच बजे बस्ने अर्को बैठकअघि दाहालले ओलीसँग छलफल गरेका हुन् । दाहालसँग भेट्न ओली संसद भवनबाट बालुवाटार गएका हुन् । संसद भवनबाट बाहिरिँदै गर्दा ओलीले शनिबार एमालेको तर्फबाट राष्ट्रपति उम्मेदवारमा मनोनयन हुने बताए ।’एमालेबाट राष्ट्रपति उम्मेदवार हुन्छ भन्ने पुस १० गते नै तय भएको कुरा हो’ ओलीले भने । बिहान बसेको चार दलकै बैठकमा साझा उम्मेदवार तय गर्ने सैद्धान्तिक सहमति भएको थियो । तर कांग्रेस र एकीकृत समाजवादीले आ-आफ्नो दाबी गरिरहेका छन्…

Read More

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरवारभित्र आम सर्वसाधारणलाई सहज भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद ज्वालाले सांसदहरू र उनीहरूका आफन्तहरू मात्रै छिर्न पाउने व्यवस्थाको अन्त्य गरी सेवा लिन मन्त्रालय धाउने सबै सर्वसाधारणलाई सिंहदरबार छिर्न पाउने व्यवस्था गर्न माग गरे । उनले भने, ‘हामीले सिंहदरबारको दक्षिण गेट हेर्न सक्छौँ, हामी सांसदहरू, मन्त्रीहरू त्यहीँबाट ओहोरदोहोर गर्छौँ, जनताहरू बाहिर हुन्छन्, चिने जानेको बाहेकले सिंहदरबार छिर्न पाउँदैन, मन्त्रालयहरू सिंहदरबारभित्र र सर्वसाधारण बाहिर हुन्छन्, यस्तो अवस्थाको अन्त्य हुनुपर्छ । जनतालाई प्रताडित गर्नु हुँदैन । सभामुखले आजै रुलिङ गर्नुपर्छ कि सिंहदरबार भित्र…

Read More

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको बताएकी छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभीटी) को ३५ औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले सरकारले बजेटमा समेत प्राविधिक शिक्षाका लागि प्राथमिकता दिएको बताइन् । मन्त्री शर्माले भनिन्, ‘देशलाई सीपयुक्त जनशक्ति आवश्यक छ, त्यसैले सरकारले बजेटमा पनि प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको छ, सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा पनि प्राविधिक शिक्षा परेको छ ।’ हातमा सीप भएका जनशक्ति नेपालमा धेरै रहेको चर्चा गर्दै उनले पढाइलाई मात्रै नभई अनौपचारिक शिक्षाका रूपमा हातमा सीप भएका जनशक्तिलाई पनि शिक्षा ऐनले सम्बोधन गर्नुपर्नेमा जोड दिइन् । उनले देशका सबै…

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । बैठकमा राष्ट्रपति पदको आसन्न निर्वाचनलगायत विषयमा छलफल हुने पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । राष्ट्रपतिका लागि यही फागुन १३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । राप्रपाले राष्ट्रपति निर्वाचनमा कुन दललाई सहयोग गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

Read More

काठमाडौं – राष्ट्रपति चयनका सन्दर्भमा छलफल गर्न बसेको प्रमुख राजनीतिक दलको बैठकमा विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा राष्ट्रपतिको उम्मेदवार चयनका बारेमा विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साँझ ५ बजे पुनःबैठक बसेर अन्तिम निष्कर्ष दिइने जानकारी दिनुभयो । महामन्त्री थापाले भन्नुभयो, “हामीले सबै दलसँग छलफल गर्दै आएका थियौँ, सोही क्रममा आज चार दलका बीचमा छलफल भएको हो, आजको छलफल सकारात्मक छ, हामी एउटा टुङ्गोमा पुग्छौँ ।” आआफ्ना दलबीच पुनःछलफल गरेर बैठक पुनःसाँझ ५ बजे बस्नेछ…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युट्युब च्यानल सञ्चालनमा ल्याएका छन् । अध्यक्ष ओलीले आफ्नो ७१ औँ जन्मदिनको अवसरमा ‘केपी बा’ नामक युट्युब च्यानल शुरु गरेका हुन् । ओलीले आफ्ना अनुभवहरु जनता समक्ष पुर्‍याउन युट्युब च्यानल सञ्चालनमा ल्याइएको ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए । उनको युट्युब च्यानलमा ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकमा २५ मिनेटको भिडिओ अपलोड भएको छ । यो समाचार तयार पार्दासम्म ‘ओली बा’ युट्युब च्यानललाई १ हजार २५ जनाले सस्क्राइब गरेका छन् भने उनले २२ घण्टा अगाडी अपलोड गरेका भिडियोलाई ७ हजार २ सय जनाले हेरेका छन् ।

Read More

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० को ‘युके पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “लोकतन्त्र र प्रजातन्त्रका लागि राजनीतिक आन्दोलनमा पत्रकारको ठूलो भूमिका थियो । अब देशको सुशासन र सङ्घीयताको कार्यान्वयनका लागि पनि आम सञ्चारमाध्यमको भूमिका उत्तिकै महत्वपूर्ण छ ।” उहाँले जनजाति समुदायका सवाल र मुद्दा विषय उठान गर्न पत्रकारबीच एकता कायम गर्न फोनिजलाई सुझाव दिनुभयो । “आदिवासी जनजाति राज्य सञ्चालन र सिकाइका कुरामा अझै पछि छौँ । हाम्रा भाषाशैली फरक हुनसक्छ तर मूल उद्देश्य समाजको…

Read More

काठमाडौँ -कांग्रेस नेतृत्वको गठबन्धनबाट राष्ट्रपतिमा साझा उम्मेदवार बनाउन प्रयास गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुराना गठबन्धनका नेताहरु राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गरी रहेका छन् । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट राष्ट्रपतिमा दाबी गरेपछि छलफलबाट राष्ट्रपतिमा सकेसम्म एउटै व्यक्तिलाई साझा उम्मेदवार बनाउन प्रयास गर्न थालिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति हुने चर्चा भएपनि पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाले समेत आकांक्षा राखेका छन् । यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि राष्ट्रपतिमा आकांक्षा राखेका छन् । नेपाललाई राष्ट्रपति बनाउन कांग्रेस समेत तयार भएमा माओवादीले समेत साथ दिने स्रोतले बताएको…

Read More