Author: Nisha Shrestha

इस्लामाबाद – पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफको निधन भएको छ। पाकिस्तानी टेलिभिजन जियो न्युजका अनुसार ७९ वर्षीय मुसर्रफको आइतबार बिहान युएईको दुबईमा उपचारका क्रममा निधन भएको हो। मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए। उनी लामो समयदेखि बिरामी थिए। राजद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएका मुसर्रफ पछिल्लो समय निर्वासनमा बस्दै आएका थिए।

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले एमालेबाट विशेष समयमा बोल्न अध्यक्ष ओलीको नाम आएको पनि बताए। सत्ता साझेदार दलको मुख्य घटक एमालेले अध्यक्ष ओलीको नयाँ संसद गठनपछिको यो दोस्रो सम्बोधन हो। सत्ता साझेदारमा दरार आइरहेको बेला ओलीको यो सम्बोधनलाई चासोका साथ हेरिएको छ।

Read More

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला रु दुई हजारले घटेको छ । हिजो प्रतितोला रु एक लाख छ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख चार हजार एक सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार छ सय छ । अघिल्लो दिन उक्त सुन रू एक लाख पाँच हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु ४५ घटेर रु एक हजार तीन सय २० तोकिएको महासङ्घले जनाएको छ…

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका संस्थापक गर्भनर हिमालय शमशेर राणाको निधनले मुलुकको अर्थतन्त्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । राणा निवास थापाथलीमा पुगी पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै गभर्नर अधिकारीले राणाको निधनले नेपालको अर्थतन्त्रमा निकै ठूलो क्षति भएको बताउनुभयो । “समग्र अर्थतन्त्र र बैंकिङ क्षेत्रमा उहाँको निधनले ठूलो क्षति पुगेको छ, यो क्षेत्रले अभिभावक गुमाएको छ ।” केन्द्रीय बैंकको सोच, आवश्यकता, स्थापना, दृष्टिकोण ल्याउने व्यक्तित्व राणाले मुलुकको आर्थिक क्षेत्रमा भएको योगदान चर्चा गरेर नसकिने भन्दै अधिकारीले राणाले अर्थसचिवका साथै नेपालको प्रतिनिधिकारुपमा संयुक्त राष्ट्र सङ्घमा काम गरेको स्मरण गर्नुभयो । देशको सार्वभौमसम्बन्धी महत्वपूर्ण मुद्धा सम्वोधनका लागि बैंक…

Read More

काठमाडौँ – नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि उम्मेदवारी नदिने भएको छ । आइतबार मनोनयन दर्ता गर्नुअघि पार्टीबाट कसलाई उपाध्यक्षका लागि उम्मेदवार बनाउने भन्ने विषयमा धुम्बाराहीमा बसेको शीर्ष नेताहरूको बैठकले पार्टीबाट राष्ट्रिय सभाको उपाध्यक्षमा कसैलाई नउठाउने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । नेकपा (मा‌ओवादी केन्द्र) ले उपाध्यक्षमा आफ्नो पार्टीबाट उम्मेदवार उठाउने भएसँगै कांग्रेसले उक्त पदमा दाबी नगर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले भने उर्मिला अर्याललाई उपाध्यक्षमा उठाउने निर्णय गरिसकेको छ । यसअघि कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेविरुद्ध ईश्वरी न्यौपानेलाई उठाएको थियो भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उठाएको थियो ।

Read More

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटार आइतबार बिहान भएको भेटमा राउतले प्रधानमन्त्रीलाई आफनो पार्टीको भागमा परेको मन्त्रालयप्रति असन्तुष्टिसहित समसमयिक राजनीतिका बारेमा छलफल भएको राउतको सचिवालयले जनाएको छ । प्रचण्ड नेतृत्वको सरकारमा सहभागी जनमत पार्टीले अहिले खानेपानी मन्त्रालय सम्हाल्दै आएका छन्। जनमत पार्टीले सुरुदेखि उद्योग तथा आपूर्ति अथवा कृषि मन्त्रालय पाउनुपर्ने माग गर्दै आएपनि सपथको करिब १५ दिनपछि मात्रै मन्त्रीले खानेपानी मन्त्रालयमा पदभार गरेका थिए ।

Read More

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले पार्टीले आज ठोस बैठक लिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार लेख्दै लामिछानेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने त्यस पत्रकार सम्मेलन सबैले हेरुन् भन्दै आग्रह समेत गरेका छन् । उनले लेखेका छन्, पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’

Read More

काठमाडौं- पौष शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज समापन गरिँदैछ। आज माघ शुक्ल पूर्णिमा। आजभन्दा एक महिना अघि अर्थात् पौष शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी व्रतकथा शुरु भएको थियो। विशेष गरी हिन्दू महिलाहरूले एक महिनासम्म मनाउने श्री स्वस्थानी व्रत कथा आजबाट समाप्त हुँदैछ। श्री स्वस्थानी व्रतकथामा विशेष गरी श्री स्वस्थानी देवीको पूजा र आराधना गरिन्छ । शिवजी तथा अन्य देवदेवीको पनि आराधना गरिन्छ। विशेष गरी काठमाण्डुको साँखुको शाली नदीमा व्रतालुहरूको आज विशेष भीड हुन्छ। यसका साथै देशका विभिन्न जलाशययुक्त स्थानमा पनि श्रद्धालु भक्तजनहरूको भीड हुन्छ। हात गोडाका नङ काटी नुहाइधुवाइ, शुद्ध चोखो लुगा लगाई सक्नेले…

Read More

काठमाडौं – राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा विशेष समारोह आयोजना हुने जनाएको छ । कम्पनीका प्रवक्ता शोभन अधिकारीका अनुसार कम्पनीले हरेक वर्ष माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ । टेलिकमले मोबाइल टेलिफोन सेवा, जिएसएम, जिपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ । कम्पनीले निश्चित लाइन र मोबाइल टेलिफोन सेवा, ब्रोडब्याण्ड र निश्चित–लाइन इन्टरनेट सेवा इन्टरनेट एसएमएस सेवाहरू उपलब्ध गराएको छ । यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकमको वार्षिकोत्सवका अवसरमा दिनुभएको शुभकामना सन्देशमा ग्रामीण एवं दुर्गम क्षेत्रसम्म…

Read More

काठमाडौँ – सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट चुनाव जितेका रवि लामिछानेको पद खारेज गरिदिए पछि निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले आज सांसद दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिने भएका छन् । आयोगमा बिहान साढे ११ बजे सांसद दाबी गर्दै निवेदन दिएर उनले दिउँसो २ बजे ललितपुरस्थित हिमालय होटलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम राखेका छन् । सर्वोच्च अदालतको फैसला पछि रवि लामिछानेको सांसद पदसँगै खारेज गरेपछि उपप्रधान एवं गृहमन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमेको थियो । गत आइतबार नागरिकता पुनः प्राप्तिपछि भने उनले रास्वपाको सभापति पाएका थिए । चितवन २ मा उपनिर्वाचन गनुपर्ने बताइरहेका…

Read More