Author: Nisha Shrestha

काठमाडौं – सशस्त्र प्रहरीले ९ केजी चरेससहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी फूलबारीले रोल्पाको थवाङ्ग गाँउपालिका ५ बस्ने कुमार पुन, दाङको लालमोटिया गाउँपालिका १ बस्ने पुनम पुन र दिलमाया पुनलाई नियन्त्रणमा लिएको हो । धनगढी उपमहानगरपालिका १४ एचगाउँ स्याउले घाटस्थित नेपाल भारत सीमा ईलाकाबाट बुधबार ९ केजी चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ हे.क्वाले जानकारी दिएको छ । नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित चरेस फेला परेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएकाहरुलाई बरामद चरेससहित आवश्यक कारवाहीको…

Read More

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताएका छन् । पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन् । उनले बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराएको बताए । उनले राष्ट्रपति निर्वाचन देशका लागि महत्त्वपूर्ण एजेण्डा भएको उल्लेख गर्दै आफ्नो पार्टीले पनि यसमा सरोकार राख्ने बताए । त्यस्तै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पूर्व राजा ज्ञानेन्द्र शाहले निकालेको वक्तव्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले प्रतिगामी हर्कतहरु बढिरहेको सन्दर्भलाई मध्यनजर गरी देशका सबै अग्रगमन पक्षधर राजनीतिक दलहरूसँग छलफल अघि बढाउन…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य बीमा प्रणाली थप चुस्तदुरुस्त बनाउन माग गरेकी छिन् । बुधबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद कार्कीले नेपालको स्वास्थ्य बीमा प्रणाली बन्द हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् । संसदमा बोल्दै उनले शुरु भएको ५ वर्षमै ५० प्रतिशत नागरिकमा सेवा नपुग्दै स्वास्थ्य बीमा प्रणाली बन्द हुन लागेको बताइन् । त्यसैगरी नेपालमा सबै वर्गका लागि एकै किसिमको शुल्क लागू गरिएको भन्दै वैज्ञानिक ढंगले स्वास्थ्य बीमा शुल्क तोक्न माग समेत गरिन् । उनले भनिन्, ‘वैज्ञानिक ढंगले स्वास्थ्य बीमाको शुल्क तोकिनुपर्छ ।’ त्यसैगरी देशमा मानसिक स्वास्थ्यको…

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भावी राष्ट्रप्रमुखमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई अघि सार्नु उपयुक्त हुने सुझाव दिएका छन् । राष्ट्रपतिका लागि ‘होलीवाइन’ देखि ‘विदेशी एजेन्ट’ सम्मका नाम चर्चामा आइरहेको भन्दै उनले बरु ‘राजा’ लाई नै राष्ट्रप्रमुखको भूमिका दिन सकिने विकल्प सुझाएका हुन् । सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै मिश्रले राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनिए पनि राष्ट्रपतिको भूमिका सदा पार्टीगत बनेको बताएका छन् । सेनाबाहेक देशका सबै संस्था क्षयीकृत भएको, धर्म संस्कृतिमाथि धावा बोलिएको र देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा परेको उनको निष्कर्ष छ । मिश्रले लेखेका छन्, ‘यस्तो अवस्थामा कहिले ‘होली वाइन’, कहिले ‘विदेशीका एजण्ट’, कहिले ‘नातावादमा लिप्त’,…

Read More

धनगढी- नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंह र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ। बुधवार बिहान चाक्सीवारि पुगेर मुख्यमन्त्री शाहले सिंहलाई भेटेका हुन्। भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको वर्तमान अवस्थाबारे नेता सिंहलाई जानकारी गराएको बताइएको छ। उनले विश्वासको मतबारे विभिन्न दलहरूसँग छलफल गरिरहेको पनि रिपोर्टिङ गरेका थिए। पुस २७ गते मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए। उनलाई समर्थन गरेको नागरिक उन्मुक्ति विश्वास मत नदिएपछि रावल पदमुक्त भएका थिए। त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसद्‌को सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह…

Read More

महेन्द्रनगर – नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन्। बुधबार दिउँसो प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा पुगेर उनले राजीनामा बुझाएका हुन्। नेपाल प्रहरीको नयाँ प्रमुख बन्ने होडमा रहेका उनको जन्म मिति र शैक्षिक योग्यताको प्रमाण पत्रलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालसालै मात्र उजुरी परेको थियो । राजीनामाअघि सिंहले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई भेटेका थिए। यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए। सिंहको फरक-फरक जन्ममिति भेटिएको र शैक्षिक योग्यताको प्रमाणपत्र पनि नक्कली रहेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन अगाडि बढाएको थियो । सिंहको नागरिकताका आधारमा जन्ममिति २०२४ साल जेठ २२ गते रहेको पाइएको छ ।…

Read More

बझाङ – बझाङमा बुधबार दिउसो भूकम्पको धक्का महसुस भएको छ । बाजुराको विछ्यामा केन्द्र विन्दु बनाएर भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । बुघबार दिउसो १ स्४६ बजे ५।२ रेक्टरस्केलको भूकम्प गएको समेत भुकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

Read More

महेन्द्रनगर – महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवा थप भएपछि सेवाग्राहीको चाप बढेको छ । अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको हो । स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा तथा निक साइमन्स संस्थानले अस्पतालमा न्यूनतम सेवा मापदण्डमा अनुगमन गर्दा विगतको तुलनामा स्वास्थ्य सेवामा सुधार भएको छ । स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार अस्पतालमा सेवा सञ्चालन भए-नभएको हरेक छ/छ महिनामा अनुगमन गर्ने गरेको छ । विभागका अनुसार सन् २०१९ मा महाकाली अस्पतालको गुणस्तर ३५ प्रतिशत मात्रै रहेको थियो । हाल अस्पतालले गुणस्तर वृद्धि गर्दै ८० प्रतिशत पुर्‍याएको छ । त्यसै गरी २०२० मा अस्पतालले सेवा…

Read More

काठमाडौँ – पछिल्लो समय एलपी (खाना पकाउने) ग्यास सिलिण्डर विस्फोट हुने घटना बढेको विषयमा संसदमा कुरा उठेको छ। बुधबार भएको प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले यो घटना न्यूनीकरण गर्न माग गरे। उनले भने, ‘खाना पकाउने ग्यास पड्केर तीन वर्षयता १० जनाको मृत्यु र ४५ जना घाइते भएको समाचार प्रकाशित भयो, यस कारण जलविद्युत पर्याप्त उत्पादन गरी व्यापार घाटा खर्बौँ हुने खाना पकाउने प्रतिस्थापन गर्नु जरुरी छ।’ ‘काल’ बन्दै ग्यास सिलिन्डर, सरकारसँग छैनन् अनुगमन गर्ने प्राविधिक ! गत बुधबार राति बुद्धनगरस्थित निवासमा सांसद चन्द्र भण्डारी ग्यास सिलिण्डर लिक हुँदा आमा हरिकला भण्डारीको निधन भएको थियो। कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा सांसद भण्डारीकी…

Read More

काठमाडौँ – कैलाली–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । आजको प्रतिनिधिसभा बैठकमा उनले सभामुख देवराज घिमिरेले उनले आममाफी पाएको सम्बन्धी गृह मन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । चौधरीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको आममाफी दिएकी थिइन् । त्यसपछि उनी रिहा भएका थिए ।

Read More