Author: Nisha Shrestha

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धनमा समस्या आएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड सरकारमा बस्ने वा नवस्ने भन्ने बारेमा आईतवारसम्म दिएको अल्टिमेटम सकिन लागिदै गर्दा कांग्रेस र नेकपा एसका नेताले सो अभिब्यक्ति दिन थालेका हुन । शनिवार बिहान कांग्रेसले बोलाएको राष्ट्रियसभा उपाध्यक्षको साझा उम्मेदवार चयन गर्न बसेको बिपक्षी दलको बैठक पछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धन भित्रको बेमललाई हेरिरहेको प्रतिक्रिया दिएका छन । उनले भनेका छन, ‘सत्ता गठबन्धन भित्र ब्यापक बिभेद देखा परेको छ, हामी सुक्ष्म ढंगले हेरिरहेका छौं ।’ प्रचण्ड नेतृत्वको गठबन्धन भित्र बिबाद बढदै गए पछि नेकपा…

Read More

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरु भएको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए । पार्टीको बैठक यसअघि पटक पटक सर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताले बैठक सार्नुपरेको ढकालले बताए । गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो भने हिजो अन्तिम समयमा आएर स्थगित भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने सङ्केत दिएपछि परिस्थिति जटिल भएको भन्दै प्रचण्डले बिहीबार बैठक बस्न नपाउँदै स्थगित गरेका थिए । रवि लामिछाने नेतृत्वको पार्टीले आजसम्म गृह मन्त्रालय टुङ्गो लगाउन अल्टिमेटम दिएको छ । जसरी पनि गृह…

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन सकस भएको छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक गरेपछि मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस देखिएको हो । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावल गत पुस २७ गते एमाले, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, राप्रपासहित प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने धारणा सार्वजनिक गरेपछि सरकारको स्थायित्वबारे अन्योल भएको छ । संविधान अनुसार मुख्यमन्त्री रावलले यही माघ २७ गतेभित्र विश्वासको मत लिनुपर्नेर्छ । रावल…

Read More

काठमाडौँ – रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईं चार दिने भ्रमणका लागि यहाँ आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा उनलाई आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले स्वागत गरे । सन् २०१९ डिसेम्बर ३ मा २९ देश सहभागी ‘स्पेशल गभर्निङ बोर्ड’ को बैठकले चापागाईंलाई सर्वसम्मत रूपमा महासचिव पदमा चयन गरेको थियो । सन् २०२० फेब्रुअरी १ देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्दै आएका उनले यसअघि सन् २०२२ फेब्रुअरी १ मा नेपालको भ्रमण गरेका थिए । आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्ने चापागाईं पहिलो नेपाली हुन् ।  महासचिव चापागाइँले सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि विश्वव्यापी…

Read More

काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रिय समितिको बैठक सुरु भएको छ । आज देखी जारी बैठकमा अध्यक्ष नेपालले राजनीतिक दस्तावेज पेश गरेका छन । उक्त दस्तावेजमा केन्द्रिय सदस्यहरुले धारणा राख्नेछन ।

Read More

काठमाडौं – सङ्घीय संसद्मा रहेका प्रतिपक्षी दलले गृहमन्त्रीबाट रवि लामिछानेको बर्हिगमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सुक्ष्मढङ्गले नियाली रहेको प्रतिक्रिया दिएका छन् । सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको प्रतिपक्षी दलका शीर्ष नेताको बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सञ्चारकर्मीसँग गृहमन्त्री लामिछानेको राजिनामा र त्यसपछिको अवस्थाका बारेमा सुक्ष्मढङ्गले हेरिरहेको प्रतिक्रिया दिनुभयो । उहाँले अब कसलाई पुनः गृहमन्त्री बनाउने भन्ने सन्दर्भमा सरकारमा रहेका दलहरूबीच सैद्धान्तिक र वैचारिक विवाद उत्पन्न हुनुका साथै सदनमा पनि त्यो विषय उठेको बताउनुभयो । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भन्नुभयो, “अहिले हामीले हेर्ने हो, गर्नेले के गर्छन्, त्यो हेरौँ त्यसपछि हामी टिप्पणी गरौँला ।”…

Read More

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार चित्त बुझ्दो नभएको बताएका छन् । शनिवार बिहान विमानस्थलको अनुगमन गर्न पुगेका उनले यस्तो बताएका हुन् । उनले तुलनात्मक रूपमा विमानस्थलको सुधार हुँदै गएपनि चित्तबुझ्दो रूपमा सुधार हुन नसकेको भन्दै अझै सुधारका कार्यक्रम अघि बढाउन निर्देशन दिए । उनले यसअघिको अनुगमनमा निर्देशन गरिएका कुराहरू चित्तबुझ्दो रूपमा कार्यान्वयन नभएको समेत बताए । उनले आजको अनुगमनमा टर्लीमा ब्रेक नभएको पाइएको भन्दै तत्काल त्यसलाई सुधार गर्न निर्देशन दिए । उनले भने, ‘तुलनात्मक रूपमा सुधार छ तर चित्तबुझ्दो रूपमा सुधार छैन । हिजो निर्देशन गरिएका कुराहरू सम्पूर्ण रूपमा पूरा गर्न र…

Read More

काठमाडौँ – जनताले अनुभूत गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले बताएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालको वार्षिक साधारण सभा तथा पाँचौँ राष्ट्रिय अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री गिरीले यस क्षेत्रका विकृति र विसङ्गति रोक्नका लागि पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहने बताए । नेपालको स्वास्थ्य क्षेत्र विकराल छ, जनताले गुणस्तरीय सेवा पाउन सकेका छैनन्, यसबारे कलम चलाएर सुधारका लागि केही न केही योगदान गर्छु भन्ने लागेर नै तपाईँहरू स्वास्थ्य पत्रकारितामा आउनुभएको होला,’ मन्त्री गिरीले भने, ‘हाम्रो स्वास्थ्य क्षेत्रलाई तमाम गरिब जनताको पहुँचमा कसरी…

Read More

काठमाडौं –  राष्ट्रियसभा उपाध्यक्ष चयनमा बिपक्षी दलहरुले साझा उम्मेदवार उठाउने बिषयमा छलफल जारी राखेका छन । सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा बैठकमा बिपक्षी दलवाट साझा उम्मेदवार चयन गर्ने बिषयमा छलफल गरिरहेका हुन । सो बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफनो पार्टीवाट उम्मेदवार नहुने जानकारी दिएका छन । विपक्षी गठबन्धनवाट उठने नेतालाई समर्थन गर्ने प्रतिवद्धता जनाएर बैठकवाट फर्केका छन । उनी पार्टीले आयोजना गरेको द्धि दिवसीय बैठकमा सहभागी हुन हिडेका छन । कांग्रेसले भने यसअघि नै राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय लिईसकेको छ । जसको समर्थनका लागि बिपक्षी दलका नेताहरुलाई बैठकमा बोलाएर धारणा मागिरहेको हो । यद्धपी,…

Read More

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक सिंहदरबारमा चलिरहेको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरूको बैठक बसेको हो । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई सर्वसम्मत हुन नदिने तथा विपक्षी गठबन्धनको तर्फबाट उम्मेदवार तय गर्न बैठक बसेको हो । बैठकमा कांग्रेस, एकीकृत समाजवादी, लोसपालगायतका दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ । लामो समय देखी रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष २३ माघमा गर्ने सङ्घीय संसद् सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसम्मत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता…

Read More