Author: Nisha Shrestha

काठमाडौँ – सुकुम्वासी समस्या समाधान गर्न नसकेको भन्दै उपत्यकाबासी व्यवस्थापन तथा सहयोग सङ्घर्ष समितिले राष्ट्रिय भूमि आयोग खारेजीको माग गरेको छ । काठमाडौँ उपत्यकाका नदी किनारमा बसेका सुकुम्वासीलाई हटाउन खोज्दा आयोगले हस्तक्षेप गरेर रोकेको भन्दै त्यसको विरोधमा ज्ञापन पत्र बुझाउ गएका उपत्यकाबासी व्यवस्थापन तथा सहयोग सङ्घर्ष समितिका पदाधिकारीले आयोग खारेजीको माग गरेका हुन् । आयोगका पदाधिकारीले बागमती किनारामा बसेका नागरिकको छातीमा डोजर चलाएर बस्ती खाली गर्न नपाउने बताएपछि समितिका पदाधिकारीले काठमाडौँको बालाजु बाइपास सडक विस्तारका क्रममा स्थानी बासिन्दामाथि बल प्रयोग गरेर ३९ वटा घर भत्काउँदा आयोग कहाँ थियो भनेर प्रश्न गरेका थिए । त्यसपछि आयोग र समितिका पदाधिकारीबिच चर्काचर्कीसमेत भएको…

Read More

काठमाडौँ – मधेस प्रदेश सरकारले आज मन्त्रीमण्डल विस्तारको तयारी गरेको छ । नवनियुक्त मन्त्रीहरूलाई आजै ४ बजे शपथ गराउने तयारी प्रदेश प्रमुखको कार्यालयमा भइरहेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत र नेकपा माओवादी केन्द्रलाई ७ मन्त्रालय भागबण्डा गर्ने गरी मन्त्रीमण्डल विस्तारको तयारी गरेका हुन् । जसपाबाट मन्त्रीको लागि जसपाबाट सुरिता साह, सिंहासन सिंह कलवार, प्रमोद जयसवालको नाम चर्चामा छ । यस्तै एमालेबाट राजकुमार लेखी, शारदा थापाको नाम चर्चामा छ भने माओवादी केन्द्रबाट भरतप्रसाद साह र सुनिता यादवको नाम अगाडि छ । यस्तै जनमतबाट महेश यादवको नाम मन्त्री बन्ने चर्चामा छ । गत पुस २७…

Read More

काठमाडौँ – नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्युरोले १२ जना महिलालाई भारतबाट उद्दार गरेको छ। व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालका विभिन्न नाकाहरूबाट मंसिर र पुस महिनामा भारत पुराई दुवईहुँदै भिजिट भिसामा इथोपियामा बैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाइ भारतको जयपुरमा राखिएको अवस्थामा १२ जना महिलालाई उद्दार गरिएको जनाएको हो । उद्दार भइ आएका महिलाहरूमध्ये २०-३० वर्ष उमेर समूहका २ जना,३१-४० वर्ष समूहका ८ र ४१ वर्षमाथिका २ जना रहेका छन्। महिला मानव बेचविखन ओसारपसार अपराधको उच्च जोखिममा रहेकाले तत्काल उद्दार गर्न व्युरोमा सूचना आएपछि नयाँ दिल्लीमा रहेको नेपाली दूतावास, भारतीय प्रहरी र नेपालस्थीत शान्ति पुनस्थार्पना केन्द्रको सहकार्यमा उनीहरूको…

Read More

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र नेपालका लागि बेलायतका राजदूत निकोला क्याथरिन पोलिटबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिएका छन् । मन्त्री गिरीले बेलायत सरकारको सहयोगमा भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखरामा अस्पताल भवनको रेट्रोफिटिङ कार्य सञ्चालन भइरहेको बताउँदै यो सहयोगबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक भौतिक पूर्वाधार तयारी र नेपाली प्राविधिक जनशक्तिहरूको क्षमता अभिवृद्धि गर्न अतुलनीय योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा नेपालको संघीय, प्रादेशिक र स्थानीय तहमार्फत प्रदान गरिने स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेता एवम् पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको दाबी गरेका छन् । नेता कार्कीले राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्वीकार्य बनाउन काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको तर्क समेत गरे । सुनसरीस्थित हरिनगर गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा राष्ट्रिय सहमति हुन्छ भनेर बालहठ देखाएको जिकिर गर्दै त्यसले मुलुकलाई अघि बढाउन नसक्ने बताए । नेता कार्कीले सत्ताका लागि आफ्नो पार्टीले मरिहत्ते गर्नुपर्ने अवस्था नरहेको बताए । काँग्रेसले सत्ता खोजेर नहिँड्ने तर त्यो आफैँ आउने उनको बुझाई थियो ।

Read More

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारलाई झन्डै ३ अर्ब रुपैयाँ चुनाव खर्च फिर्ता गर्न लागेको बताएका छन् । शुक्रबार आयोगले गरेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले आयोगले २०७४ सालको चुनावमा भन्दा निकै मितव्ययी भएर खर्च गरेको बताए । उनले चुनावका लागि सरकारसँग १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेर मागेकोमा अब हुने राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत सकेर सरकारलाई ३ अर्ब रुपैयाँ फिर्ता गर्ने तयारीमा रहेको बताएका हुन् ।

Read More

काठमाडौँ – मलेसियाले घरेलु क्षेत्रमा नेपाली कामदारलाई पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न शुक्रबार प्रस्ताव राखेको छ । २०७५ कात्तिक ११ गते नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतामा घरेलु कामदार पठाउने विषय उल्लेख छैन । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वमा काठमाडौँको सोल्टी होटलमा भएको द्विपक्षीय बैठकमा मलेसियाको तर्फबाट मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले घरेलु कामदार पठाउन प्रस्ताव राखेको हो । नेपालले यो प्रस्तावलाई नेपाल र मलेसियाको संयुक्त प्राविधिक बैठकमा एजेन्डा बनाउन तयार भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले बताए । बैठकमा मलेसियाले तुरुन्तै ५ लाख विदेशी कामदार लैजान ‘फरेन वर्कर…

Read More

काठमाडौँ – उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले पनि सर्वोच्च अदालत जाने तयारी गरेका छन् । धरौटी रकम धेरै लिएको र विदेश जान रोक लगाइएको भन्दै सन्दीप सर्वोच्च जान लागेको उनका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए । सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत पुगिसकेको छ । यसअघि पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश उल्टाउँदै उच्च अदालतले धरौटी तोकेको थियो । सर्वोच्च पुगेको महान्यायाधिवक्ता कार्यालयको माग सन्दीपलाई थुनामै राख्नुपर्ने भन्नेछ । कानुन व्यवसायी घिमिरेले २० लाख रुपैयाँ धरौटी र विभिन्न सर्तहरू अन्यायपूर्ण…

Read More

काठमाडौँ – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले कुनै व्यक्तिले अर्को दल खारेजीको लागि निवेदन दिने व्यवस्था संविधानमा नभएको बताएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको लागि आयोगमा परेको निवेदनबारे उनले यस्तो बताएका हुन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भने, ‘रास्वपाको दर्ता खारेजीको विषय छ । त्यसलाई हामीले कानूनबमोजिम टुङ्ग्याउनु पर्दछ । राजनीतिक दलको दर्तासम्बन्धी ऐनको दफा १२ र १३ र नेपालको संविधानको धारा २७० तपाईँहरूले पनि हेर्नुस् । यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाऊँ भनेर निवेदन दिने अधिकार दिँदैन ।’  उनले रास्वपा खारेजीको विषयमा परेको निवेदनको बेलैमा कानुन…

Read More

काठमाडौं – फरार सूचीमा रहेका नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरीलाई आज जेल चलान गरिएको छ । कैलाली जिल्ला अदालतले कैलाली कारागारलाई कैदी पुर्जी जारी गरेर उनलाई जेल पठाइएको हो । कैदी पुर्जी अनुसार उनी आगो लगाएको आरोपमा फरार भएका थिए । उनलाई ६ महिनासम्म कारागार राख्न आदेश दिएको छ । सांसद चौधरी ७ वर्षदेखि फरार थिए । यद्यपी गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । फरार सूचीमा रहेका चौधरीलाई बिहीबार बाँकेबाट पक्राउ गरेको थियो । बिहीबार साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज १० बजे कैलाली जिल्ला अदालतमा…

Read More