Author: Nisha Shrestha

काठमाडौ – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक बस्ने भएको छ । भोलि (सोमबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारा घण्टीघरमा उक्त समितिको बैठक भएको हो । बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने पार्टी उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए । गत पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएको छ भने राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ ।

Read More

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्धका सहिद’लाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार बालुवाटारमा जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने बताएका हुन् । उनले राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरेका छन्। ‘जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको आज स्मृति दिवस पनि हो। विसं २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ। त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा छ,’ उनले भने।…

Read More

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन कतार जाने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्ड शुक्रबार कतारको दोहामा हुने सम्मेलनमा सहभागी हुने छन् । राष्ट्रपति निर्वाचनलाई लिएर जाने, नजानेबारे अलमलमा रहेका प्रधानमन्त्री प्रचण्ड सम्मेलनमा सहभागी भएर नेपालको कुरा राख्नुपर्ने भन्दै त्यहाँ जाने निचोडमा पुगेका हुन । उक्त सम्मेलनमा परराष्ट्र मन्त्री विमला राई पौड्यालसमेत सहभागी हुनेछिन् । प्रचण्ड २२ गतेपछि नेपाल फर्किने छन् ।

Read More

काठमाडौँ – नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य घटेको छ। साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको थियो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको…

Read More

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले सांसद सहनाज रहमानको निधनमा दुख व्यक्त गरेको छ। शनिबार केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले शोक विज्ञप्ति जारी गर्दै सांसद सहनाज रहमानको निधनप्रति दुख व्यक्त गरेका हुन्। सङ्घीयता, गणतन्त्र, पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा अनवरत लाग्नु भएकी मधेस आन्दोलनकी अग्रणी रहमानको मृत्युले संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलन र जनता समाजवादी पार्टी, नेपाललाई अपूरणीय क्षति पुग्न गएको सो पार्टीले बताएको छ। शोकमा जसपाले पार्टीको झण्डा आधा झुकाउने र शनिवारदेखि तीन दिनसम्म कार्यालय बन्द रहने जनाएको छ।

Read More

काठमाडौँ – राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभाका सांसद प्रभु साहले रामचन्द्र पौडेललाई मत दिने भएका छन्। आम जनता पार्टीको तर्फबाट जारी विज्ञप्तिमा पौडेललाई समर्थन गर्ने बताइएको छ। साह सोही पार्टीका अध्यक्ष हुन्। ‘नेपालको राजनीतिमा विगतमा भए गरेका घटना, परिघटना एवं अभ्यासलाई दृष्टिगतरमध्यनजर गर्दै माननीय रामचन्द्र पौडेललाई हाम्रो आम जनता पार्टीको समर्थन रहने विषय सबैमा सहर्ष जानकारी गराउन चाहन्छु,’ सो पार्टीका प्रचार प्रसार प्रमुख चन्द्र भूषण साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ। शनिबार एमाले उपाध्यक्ष सुवास नेम्वाङ र काँग्रेस नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रपति पदको निर्वाचन भने फागुन २५ मा हुँदैछ।

Read More

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै छन्। गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुन प्रचण्ड बिहान ११ बजे त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड बारपाक सुलिकोट गाउँपालिकामा आयोजित दिलबहादुर रम्तेलको स्मृति सभा, ’सहिद’ परिवारलाई सम्मानलगायत कार्यक्रमा सहभागी हुने प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए। त्यस्तै दिउँसो १ बजे पालुङटार नगरपालिमा मतदाता तथा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको नगरप्रमुख विवश चिन्तनले बताए। माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड गत मंसिर ४ मा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

Read More

काठमाडाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन आग्रह गर्दै नेपाली कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदलाई पत्र लेखेका छन् । एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले ओलीको पत्रबाट सम्वादको ढोका खुलेको भन्दै निरन्तर सम्वाद रहेमा सहकार्यको वातावरण बन्न सक्ने प्रतिक्रिया दिएको छ । फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङले शनिबार मनोनयन दर्ता गराएका छन् । त्यसलगत्तै नेकपा एमालेले नेम्वाङलाई भोट माग्दै संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र स्वतन्त्र सांसदहरुलाई पत्र पठाएको थियो । अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर भएको…

Read More

महेन्द्रनगर – राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल(मानव अधिकार एलायन्स) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा कोमल निरन्जन भाट सर्वसम्मत चयन भएका छन् । शनिबार धनगढीमा सम्पन्न भएको मानव अधिकार एलायन्सको प्रथम प्रदेश अधिवेशनले भाटको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटि सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा टेकबहादुर खड्का र उपाध्यक्ष(समावेशी) मा दुर्गाकुमारी नेपाली, सचिवमा राकेश दयाल, उपसचिवमा शंकर चदारा, उपसचिव (समावेशी) मा जयराम विश्वकर्मा र कोषाध्यक्षमा दीर्घराज ओझा सर्वसम्मत चयन भएको नवनिर्वाचित अध्यक्ष भाटले जानकारी दिए । उनकाअनुसार एलायन्सको प्रदेश समिति सदस्यमा पदम सुनार, जानकी साउद, गणेशप्रसाद जोशी र प्रमिला चौधरी चयन भएका छन् । बाँकी दुई जना सदस्यलाई भने…

Read More

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनलगत्तै सत्ता समीकरण परिवर्तन हुने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी मनोनयनपछि संविधानसभा भवन परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको उल्लेख गर्नुभयो । “सत्ता समीकरणको विषय अहिलेसम्म प्रवेश नगरे पनि राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको छ”, प्रवक्ता महतले भन्नुभयो, “अहिले नयाँ सत्ता समीकरणका बारेमा छलफल भएको छैन, तर, निश्चित लक्ष्यका साथ अघि बढ्नुपर्ने भएकाले सरकार सञ्चालनमा नयाँ समीकरण बन्नसक्छ, त्यस विषयमा विस्तृत छलफल हुन्छ ।” आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार मनोनयन गरिएको र…

Read More