Author: Nisha Shrestha

काठमाडौँ – नेपाली काँग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले नेकपा एमालेले पनि आफूलाई साथ दिने अपेक्षा गरेका छन् । शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा उम्मेदवारी दिएपछि उनले राष्ट्रपति पदलाई साझा बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि योगदान गर्ने आफूले अपेक्षा गरेको बताए । ‘एमाले अध्यक्ष ओली पनि म सँगै जेल बस्नुभएको हो, यो पदलाई राष्ट्रको साझा पद बनाउन उहाँले योगदान गर्नुहोला भन्ने अपेक्षा गरेको छु’ उम्मेदवारी मनोनयन दर्तापछि उनले पत्रकारहरूसँग भने । पौडेलले राष्ट्रपतिको चुनाव हुने दिनसम्म एमालेको पनि साथ पाउने बताएका हुन् । राष्ट्रपतिमा निर्वाचित भएमा नेपालको संविधानको अक्षर र भावनाको अक्षरश पालना गर्ने…

Read More

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको निधनप्रति दुख व्यक्त गरेका छन् । उनले लामाजीको सञ्जालमार्फत रहमानको असामयिक निधनप्रति दुख व्यक्त गरेका हुन् ।  ‘प्रतिनिधिसभाका माननीय सदस्य सहनाज रहमानको ६४ वर्षको उमेरमा भएको असामयिक निधनप्रति दुख व्यक्त गर्दछु। माननीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु,’ उनले भनेका छन् । रहमानको हृदयघातका कारण भक्तपुरको मध्यपुर अस्पतालमा आज निधन भएको थियो । भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक गएका बेला एक्कासि ढलेकी सांसद रहमानको उपचारका क्रममा निधन भएको हो ।

Read More

काठमाडौं – जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको निधन भएको छ। ६७ वर्षीया रहमानको शनिबार मध्यपुर ठिमी अस्पतालमा निधन भएको जसपा सांसद प्रदीप यादवले जानकारी दिए। भक्तपुरको घ्याम्पे डाँडामा आयोजित पिकनिकमा खाना खाएर गफ गरिरहेको बेलामा एक्कासि उनलाई हृदयघात भएको यादवले बताए। त्यसपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको यादवले बताए। रहमान जसपाकी केन्द्रीय सदस्य र महिला फोरमकी पूर्वअध्यक्ष थिइन्। उनी जसपाबाट समानुपातिक सांसद बनेकी थिइन्।

Read More

काठमाडौँ – अर्जुन कुमाल र देव खनालको शतकको सहयोगमा नेपालले आइसिसी यु-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत कुवेतलाई ३४४ रनको लक्ष्य दिएको छ । मालेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनायो ।नेपालका लागि देव खनालले नट आउट १२५ रनको शतकीय पारी खेले । ११७ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै अर्जुन कुमालले १०८ रनको शतकीय पारी खेले । ११२ बल खेलेका उनले १२ चौका प्रहार गरे । विशाल विक्रम केसीले २३ रन बनाउँदा दीपक बोहराले १९ रनको योगदान गरे । यता कुवेतका…

Read More

काठमाडौँ – आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्। राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नुअघि लामिछाने निवास हात्तीगौंडा पुगेर नेता पौडेलले आफूलाई सहयोग गर्न आग्रह गरेका हुन्। कांग्रेसको शनिवार बिहान बसेको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। पौडेलको आग्रहमा लामिछाने आफूले पार्टीमा छलफल गर्ने निर्णय गर्ने जवाफ दिएको लामिछानेको सचिवालयले जनाएको छ।

Read More

काठमाडौँ – राष्ट्रपतिका लागि नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले मनोनयन दर्ता गरेका छन्। शनिबार दिउँसो बानेश्वरस्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। उनका साथमा काँग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल थिए। राष्ट्रपति उम्मेदवारका लागि आठ दलले सघाउने निर्णय गरेका थिए।

Read More

काठमाडौँ – राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन्। शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन्। चुनावअघिको पुरानो गठबन्धन ब्यूँतिएपछि शनिबार बिहान बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले सरकारमा बाहिरिने निर्णय गरेको थियो

Read More

काठमाडौँ- नेकपा एमालेको तर्फबाट राष्ट्रपति एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन्। बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहेका छन् । समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौताअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग गर्ने दाबी गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले प्रधानमन्त्री दाहालले आफूलाई अफ्ठ्यारो परेको र दबाब आएको कुरा गरेको भनिरहे पनि पुस १० को सम्झौताअनुसार नै एमाले उम्मेदवारलाई सघाउनेमा विश्वस्त रहेको बताए । उनले भने,‘प्रचण्डजीले अलिकति अप्ठ्यारो पर्‍यो, दबाब पर्‍यो भनिराख्नुभएको छ। तर उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने लगभग हामीलाई यकिन नै छ ।’ उनले माओवादी, कांग्रेस, नेकपा एस, जसपा, लोपसा, नागरिक उन्मुक्ति, जनमत पार्टी लगायतका नयाँ ८ दलीय…

Read More

काठमाडौँ – डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले आगामी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने भएको छ । नेसपाको बैठकले आगामी फागुन २५ गते हुने चुनावमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने औपचारिक निर्णय गरेको हो । यस्तै नेसपाले राष्ट्रपति चुनावका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय पनि गरेको छ । नेसपासँग २५४ मतभार छ । नेसपाका संघीय संसदमा २ र प्रदेश सभामा २ जना सांसद छन् ।

Read More