Author: Nisha Shrestha

काठमाडौँ – नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक अनिश्चित भएको छ। बैठक बिहीबार बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने भनिएको थियो। बैठकमा राष्ट्रपति चुनावको उम्मेदवार छनौटबारे छलफल हुने जनाइएको थियो। बैठक बस्नेबारे अन्योल रहेको एक नेताले जानकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लाग्दा यति बेला नयाँ राष्ट्रपतिका लागि राजनीतिक दल र त्यसका शीर्ष नेताहरूको दौडधुप चलिरहेको छ।

Read More

काठमाडौँ – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार सडकखण्डको निरीक्षण एवं अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको र कलंकीदेखि महाराजगन्जसम्मको सडक पनि अब चाँडै काम सुरु गर्ने सहमति चीन सरकारसँग भएको बताए । अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ बिस्तार अब चाँडै सुरु हुने सहमति भएकाले बताए। मन्त्री श्रेष्ठले चिनियाँ राजदूत छन सङसँग मन्त्रालयमा छलफल गरी छिटोभन्दा छिटो काम अघि बढाउने सहमति भएको बताए । उनले सो सडकखण्डमा भएका समस्याको समाधान भइसकेको र अब निर्वाध रूपमा सडक विस्तार गर्ने काम सुरु हुने प्रतिबद्धता जनाए । बिजुलीका पोल र सडकछेउमा रहेका…

Read More

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले ओरालो लागेको छ । बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भईरहेकोमा आज घटेर १ हजार २ सय ८५ रुपैयाँ पुगेको हो ।

Read More

काठमाडौँ – कर्णाली प्रदेशमा एक प्रहरी जवानले आत्महत्या गरेका छन् । सर्खेतमा गएराति ड्युटी बसिरहेको समयमा प्रहरी जवानले आफैँले कन्चटमा गोली हानी आत्महत्या गरेका हुन् । दार्चुलाको अपी नगरपालिका–६ का २६ वर्षीय कविन्द्र बिकले आत्महत्या गरेका हुन् । “आफैँले बोकेको राइफलबाट दाहिने साइडको कन्चटमा गोली हानी आत्महत्या गरेको विवरण आएको छ,” जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बाह्रखरीसँग भने, “आत्महत्याको कारण अहिलेसम्म पत्ता लागेको छैन । प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।”

Read More

काठमाडौँ – ताजकिस्तानमा ठूलो भूकम्प गएको छ । आज बिहान स्थानीय समयअनुसार ८ बजेर ३७ मिनेट जाँदा ७।२ म्याग्निच्युडको भूकम्प गएको रोयटर्सले जनाएको छ । चीनको सीसीटीभीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार केन्द्रविन्दु चीनको सीमानजिकै रहेको छ । चीनको सीमाभन्दा ८२ किमि टाढा केन्द्रविन्दु भएको हुँदा भूकम्पको धक्का चीनसम्म महसुस भएको थियो ।

Read More

काठमाडौँ- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखी रात्रिकालीन उडान हुने भएको छ । विमानस्थलमा आजदेखि रात्रिकालीन उडानका लागि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स ९आइएफआर० प्रणाली आजदेखि लागू भएको विमानस्थलले जनाएको छ । बुद्ध एयरको जहाज आइएफआर प्रणालीबाट बिहानको पहिलो फ्लाइट विमानस्थलमा अवतरण गरिसकेको विमानस्थलले जानकारी दिएको छ । यती एयरलाइन्स स्रोतका अनुसार उक्त प्रणालीबाट यतीले शुक्रबार जहाज उडान र अवतरण गर्ने तयारीमा छ । विमानस्थल प्रमुख विक्रम गौतम गौतमका अनुसार मंगलबार र बुधबार आइएफआर प्रणालीको परीक्षण गरिएको थियो । अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म गरी १८ घण्टा सेवा दिने भएको छ । अहिले दिउँसो ४ बजेसम्ममात्रै उडान हुँदै आएको थियो ।…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्दै छ । आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइएको छ ।

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसाललाई लिएर शेर बहादुर देउवा निवास पुगेका छन् । पार्टीको सचिवालय बैठकमा केपी शर्मा ओलीले पार्टी एकताको प्रस्ताव राखेको र आफूले त्यसमा विश्वास नगरेको भन्दै पुरानै गठबन्धन ब्युँताउने बताएका नेपाल देउवा निवास पुगेका हुन् । पार्टीको आजै भएको सचिवालय बैठकमा नेपालले ओलीले चार घण्टासम्म आफूसँग भेट गरी पार्टी एकताको प्रस्ताव राखेको भए पनि ओलीलाई विश्वास गर्न नसकिने बताएका थिए । यस्तै उनले ओलीको साथ प्रचण्डले पनि छोडिसकेको भन्दै अब पुरानै पाँच दलीय गठबन्धन ब्युँतिने बताएका थिए । सचिवालयमै आजै देउवासँग भेट गरी पुरानो गठबन्धन ब्युँताउने विषयमा…

Read More

पर्वत – राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यापर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताएकी छन् । पर्वतको जलजला गाउँपालिका-२ पूर्ण गाउँमा निर्माण भएको आदि बराह मन्दिरको आज उद्घाटन गर्दै उनले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउन सकिने बताएकी हुन् । कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवम् रोजगारीको सिर्जना गर्दै र स्वावलम्बी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उनको भनाइ छ । ‘सार्वजनिक रूपमा ध्यान पुग्न नसकेका धेरै ऐतिहासिक मठमन्दिर र पर्यटकीय स्थल मुलुकका विभिन्न स्थानमा छरिएर रहेका छन्’, उनले भनिन्, ‘स्थानीय, प्रदेश र सङ्घीय सरकारले अग्रसरता लिएर यस्ता स्थलको संरक्षण,…

Read More

काठमाडौँ – लोसपाले राष्ट्रपतिका लागि दलहरूसँग समक्ष प्रस्ताव राखिरहँदा जसपाले उपराष्ट्रपति पदका लागि आफ्नो दाबी पेस गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति र उपराष्ट्रपति फरक-फरक समुदायको हुनुपर्ने भन्दै उपराष्ट्रपतिमा दाबी गरेका हुन् । राष्ट्रपति पहाडी समुदायबाट बने उपराष्ट्रपति मधेसी समुदायबाट हुनुपर्ने अध्यक्ष यादवको दाबी छ । जसपाका कार्यकारिणी सदस्य राज किशोर यादवले उपराष्ट्रपतिमा जसपाको दाबी रहेको र पार्टीले विभिन्न दलहरूसँग यस विषयमा छलफल चलिरहेको बताए । उनले भने, ‘ठुला दलहरू के गर्छन् थाहा छैन, तर हामीले उपराष्ट्रपतिमा हाम्रो दाबी रहन्छ भनेका छौँ ।’ संविधानमा नै राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था रहेकाले मधेसबाट उपराष्ट्रपति हुनुपर्ने…

Read More