Author: Nisha Shrestha

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन्। ऊर्जा जलस्राेत तथा सिँचाइ मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको थियो। भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जाकाे विकास, प्रशारण र व्यापार आफ्नो प्राथमिकता रहेको बताए। उनले नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरीकोको महत्त्वपूर्ण योगदान रहेको चर्चा गरे। विगत लामोदेखि अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै राजदूत थम्पसनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धतासमेत जनाए।

Read More

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि बेलायतकी राजदूत निकोला काथ्रिन पोलिटबीच भेटवार्ता भएको छ। ओली र निकोलाबीच बुधबार दिउँसो एमाले संसदीय दलको कार्यालय सिंहदरबार भेटवार्ता भएको हो । अध्यक्ष ओली सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक हुन्। उक्त भेटमा संक्रमणकालीन न्यायको विषय लागयात द्विपक्षीय हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ।

Read More

बलेवा – मध्यपहाडी लोकमार्गको बागलुङ-पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ।बागलुङ-पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ-पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको जनाएको छ । आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म र राति ९ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ । रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको आयोजना कार्यालयले जनाएको छ । पोखरा-बाग्लुङ राजमार्गअन्तर्गत हाल पोखराको हरिचोकदेखि याम्दी पुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय छोड्न नहुने ‘बटमलाइन’ बनाएको छ । सोमबार र मङ्गलवार बसेको पदाधिकारी बैठक र त्यसअघि बसेको स्थायी कमिटी बैठकमा समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालय माओवादीले नै राख्नुपर्ने सुझाव आएपछि माओवादी गृह मन्त्रालय नछोड्ने बटमलाइनमा पुगेको हो । सामान्यतया सरकारको नेतृत्व गर्ने पार्टीले गृह, अर्थ, परराष्ट्र र कानुनजस्ता मन्त्रालय लिने परम्परा छ । तर सत्ता समीकरण मिलाउँदा प्रचण्ड नेतृत्वको सरकारले तीमध्ये कुनै पनि मन्त्रालय पाएको छैन । बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा समेत गृह मन्त्रालयका बारेमा छलफल भएको छ । छलफलका क्रममा अध्यक्ष ओलीले राखेको गुनासो प्रचण्डलाई…

Read More

काठमाडौँ: चिकित्सा शिक्षा सुधार संघर्ष समिति शिक्षा अध्ययन संस्थान (आइओएम) सँग भएको सहमति कार्यान्वयन नभएको भन्दै निरन्तर आन्दोलनमा रहेको छ । एमबीबीएस र बीडीएस दोस्रो वर्षमा अध्यनरत विद्यार्थीसँग आइओएमले गत भदौ ३१ मा दुई बुँदे सहमति गरेको थियो । जसअन्तर्गत भर्ना हुँदा तिरेको एकमुष्ट रकम फिर्ताको लागि पहल गर्ने, बेरियर सम्बन्धमा पहिलो वर्ष छपटक दोस्रो वर्ष चारपटक रहेको व्यवस्थालाई पूनरावलोकन गरी क्रमशः आठ वर्ष र छ वर्ष बनाउने सहमति भएको थियो । यीनै सहमतिका बुँदा कार्यान्वयनका लागि आइओएमले आनाकानी गरेको भन्दै संघर्ष समिति निरन्तर आन्दोलनमा छ । समितिले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अझैपनि सहमति कार्यान्वयनमा आनाकानी…

Read More

काठमाडौँ – चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा विरामीका आफन्तले ताला लगाएका छन् । अस्पतालको लापरवाही भएको आरोप लगाउँदै नाराबाजी भएपछि यतिबेला अस्पताल परिसरमा माहोल तनावपूर्ण बनेको छ । गौशला प्रहरीका प्रवक्ता सञ्जीव बाबु श्रेष्ठकाअनुसार आइतबार गौशालामा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएसँगै आफन्तले अस्पताल परिसरमा विरोध गरेका हुन् । हाल अवस्था नियन्त्रणमा आइसकेको र अस्पतालको अन्य सेवा चालु अवस्थामै रहेको उनले जानकारी दिए ।

Read More

महेन्द्रनगर – डोटीका क्रिकेट खेलाडी १८ दिनदेखि बेपत्ता भएका छन्। कैलालीको अत्तरियाबाट डोटीको जोरायल गाउँपालिका वडा नम्बर–४ तलालका २२ वर्षीय भुवन कपड्याल गोदावरी नगपालिका वडा नम्बर–२ तेघरीबाट बेपत्ता भएको उनका भाई हिक्मत कपड्यालले बताएका छन्। भाई हिक्मतका अनुसार ३ साता अघि देखि मानसिक रुपमा अस्वस्थ रहेका भूवनलाई उपचारको लागि ६ दिन अघि जोरायलबाट अत्तरिया तेघरी ल्याईएको थियो। दाई भुवन कपड्याल अचानक मानसिक समस्या आई बेपत्ता भएपछि परिवारहरु चिन्तित भएको उनका भाइले बताएका छन्। भुवन भारतको चण्डिगडमा ३ महिना देखि क्रिकेटको प्रशिक्षण गर्दै आएका थिए। यसअघि उनी धनगढी र काठमाडौंमा क्रिकेटको प्रसिक्षण लिइसकेका थिए। भुवनलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा…

Read More

काठमाडौँ – राष्ट्रपति कार्यालयले चलचित्र क्षेत्रका १० बुँदे माग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । सोमबार पठाइएको पत्रमा चलचित्र नीतिदेखि फिल्म निर्माणमा बैंकिङ कर्जासम्मका बुँदा छन् । गत माघ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दै चलचित्रकर्मीले विभिन्न माग राखेका थिए । उक्त भेटमा आफ्नो ध्यानाकर्षण भएको भन्दै राष्ट्रपति भण्डारीले ती मागहरु सम्बन्धित निकायमा पठाइदिने आश्वासन दिएकी थिइन् । सोहीअनुसार सोमबार राष्ट्रपति कार्यालयले ती माग समेटिएको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पठाएको हो । उक्त पत्रमा चलचित्र उद्योगका लागि ३-५% व्याजदरमा बैंकिङ कर्जाको सुविधा उपलब्ध गराइदिने व्यवस्था गर्न अनुरोध गरिएको छ । बिभिन्न देशमा रहेका नेपाली दूतावास तथा…

Read More

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान)ले कार्यवाहक सचिवको जिम्मेवारी दुर्गाराज पाठकलाई दिएको छ । पोखरामा भएको कार्यसमिति बैठकमा सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका थिए । उनको राजीनामापछि कार्यसमिति सदस्य पाठकलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

Read More

काठमाडौँ – बुधबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेर पुनः १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलामा ५ सय रुपैयाँले घट्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ५ सय रुपैयाँले वृद्धि भएको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तैगरी चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले…

Read More