Author: Nisha Shrestha

काठमाडौं — नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ । शनिबारबाट राजधानीमा सुरु भएको उक्त बैठक अहिले बिहान ८ बजेबाट पुनः सुरु भएको हो । विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूले धारणा राख्ने क्रम बाँकी रहेकाले शनिबार अपराह्न उक्त बैठक स्थगित गरिएको थियो । पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा १० समूह बनाई छलफल सुरु गरिएको थियो । उक्त समूहका टोलीका नेताहरूमा अशेष घिमिरे, कृष्णकुमारी विश्वकर्मा, जीवनराम श्रेष्ठ, नरेश शाही, मोहन गौतम, राजेन्द्र लोहनी, विजय गुरुङ, सोमप्रसाद पाण्डेय, हस्त शाही तथा पूर्णा जोशी रहेका छन् । राजनीतिक प्रतिवेदनमा छलफल सुरु…

Read More

काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर हिमालयशम्शेर राणाको निधनबाट मुलुकको बैंक, वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन् । केही समयअघि ट्वीट गर्दै राणाको निधनको खबर सुन्दा आफू स्तब्ध भएको र उहाँको निधनले नेपालको अर्थतन्त्रका क्षेत्रमा अपुरणीय क्षति पुगेको अर्थमन्त्री पौडेलले बताएका छन् । ‘नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपालको अर्थ तथा कूटनीतिक क्षेत्रका जानकार विशिष्ट व्यक्तित्व हिमालयशम्शेर जबराको निधनको खबरले स्तब्ध छु’, उनले भनेका छन् । अर्थमन्त्री पौडेलले यस दुुःखको घडीमा राणाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । राणाको ९५ वर्षको उमेरमा आजै थापाथलीस्थित नर्भिक अस्पतालमा निधन…

Read More

काठमाडौँ – माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आगामी राष्ट्रपतिको उम्मेदवार र गृहमन्त्रीबारे कुनै छलफल नै नभएको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शनिबार दिउँसो बसेको बैठकमा पार्टी सङ्गठनबारेमा मात्र छलफल भएको प्रवक्ता महराले स्पष्ट पारे। उनका अनुसार आगामी पदाधिकारी बैठकमा मात्र राष्ट्रपतिको उम्मेदवार र गृहमन्त्रीबारे छलफल हुनेछ। राष्ट्रपतिको चुनाव आगामी फागुन २५ मा हुँदै छ। त्यस्तै, गृहमन्त्रीका लागि रास्वपाले दिएको दुई दिने अल्टिमेटम आजै सकिँदै छ।

Read More

धनगढी- सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदपूर्तिका लागि सूचना जारी गरिएको छ। गृहमन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले एक सूचना जारी गर्दैरिक्त रहेका केही पदमा पदपूर्ति गर्न ७ दिनभित्र प्रमाणपत्र तथा आवश्यक कागजात पेस गर्न भनिएको हो। यसका लागि बढुवाका सम्भाव्य उम्मेदवार रहेका सशस्त्र वरिष्ठ उपरीक्षकहरुले दाबी गर्नसक्ने छन्। यस्तो छ सूचना

Read More

दार्चुला – दार्चुलाको अधिकांस ग्रामीण क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ । कुनै समय जिल्लाका ग्रामीण क्षेत्रमा पर्याप्त खानेपानीका मुहान थिए । खेतबारीमा सिँचाइ गर्नसमेत समस्या हुँदैनथ्यो । तर अहिले अधिकांश गाउँमा खानेपानीको समस्या हुन थालेको छ । स्थानीय तहले अव्यवस्थितरुपमा जताततै सडक निर्माण गर्दा वनजङ्गल मासिएसँगै खानेपानीको अभाव हुन थालेको हो । अहिले ग्रामीण क्षेत्रमा खानेपानीका मुहान खोज्नुपर्ने अवस्था छ । शैल्यशिखर नगरपालिका–६ का गोविन्दसिंह धामीले पानीका मुहान सुक्दै गएको बताउनुभयो । “केही वर्ष पहिले ठाउँ ठाउँमा पानीका मुहान भेटिन्थे, अहिले सब सुक्दै गएका छन”, उहाँले भनुभयो । वनजङ्गल फँडानी र सडक विस्तारका कारण पानीका मुहान सुक्न थालेको मालिकार्जुन…

Read More

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन । आदिवासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिवासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक हो । सबै वर्ग, जाति र समुदायलाई समान अवसर र प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिन्छ’ प्रधानमन्त्रीले दाहालले भने, ‘राज्यका सबै अंगमा समावेशी प्रतिनिधित्व भएको छ यद्यपि, यो पूर्ण छैन तर, यो निकै महत्वपूर्ण कुरा हो । यसलाई अझै समावेशी र पूर्ण समानुपातिक बनाउने छलफल चली नै रहेको छ । त्यसका लागि हाम्रो प्रयास जारी रहनेछ ।’ ‘महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख हुनुमा मलाई गर्व…

Read More

बारा  – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेका नेताले खल्तीबाट निकालेको पात्रलाई राष्ट्रपति बनाइए संविधान र लोकतन्त्र  दुर्घटनामा पर्ने निश्चित रहेको बताएका छन् । बाराको कलैयामा शनिबार आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । एमालेका नेताको खल्तिबाट निकालिएका पात्रलाई राष्ट्रपति बनाएमा त्यो राष्ट्रपति संवैधानिक राष्ट्रपति नभइ संविधानको परिकल्पना विपरित कार्यकारी राष्ट्रपति बन्ने खतरा रहेको थापाले बताए। थापाले देशमा अहिले राष्ट्रपतिको माध्यमबाट समानान्तर सरकार बनाउने प्रपञ्च भइरहेको र त्यसलाई विफल पार्न कांग्रेस उभिएको पनि उनले प्रष्ट पारे ।

Read More

बेलहिया– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामर्थ्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताएका छन् । भैरहवामा आज कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘लुम्बिनीको सामथ्र्य’ विषयक छलफल कार्यक्रममा मन्त्री पौडेलले बुद्धकालीन सभ्यताको संरक्षण गर्दै बृहत्तर लुम्बिनीको विकास जरुरी रहेको बताए । उनले लुम्बिनी गुरुयोजनाका लागि आवश्यक बजेटको व्यवस्थापनमा कुनै कमी नहुने उल्लेख गरे । ‘गुणस्तर र समयलाई ध्यान दिँदै लुम्बिनीसँग जोडिएका बुद्धकालीन सम्पदासहित बृहत्तर लुम्बिनी गुरुयोजना निर्माण अगाडि बढाएका छौँ’, उनले भने। गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउनुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले यसबाट समग्र लुम्बिनीको विकासमा टेवा पुग्ने बताए। उनले तराईका समथर भूमिमा उत्पादन तथा रोजगारी वृद्धि गरी देशको कूल गार्हस्थ्य उत्पादनमा सरकारले जोड दिइरहेको…

Read More

काठमाडौँ – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै विरोध प्रदर्शन भएको छ। शनिबार दिउँसो माइतीघर मण्डलामा नेपाल क्रिकेट सङ्घ क्यानविरुद्ध प्रदर्शन भएको हो। क्यानले बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई समेट्दै लिग डिभिजन टु अन्तर्गत नेपालमा हुने नामेबिया र स्कटल्यान्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाएको थियो। क्रिकेटर लामिछाने शुक्रवारबाट नियमित अभ्यासमा छन्।

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएका छन्। बाराको कलैयामा आज आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिने खेल भइरहेको बताए। संविधान मान्ने र नमान्ने दुई पक्ष मुलुकमा देखिएका उल्लेख गर्दै उनले संविधान पक्षधर सम्पूर्ण लोकतन्त्रवादी एकजुट हुनुको विकल्प नरहेको बताए। महामन्त्री थापाले भने, ‘प्रेसलाई सङ्कुचन पारेर सङ्घीयतालाई समाप्त पार्ने खेल भइरहेको छ । सबैले सजग र सचेत भई सङ्घीयताको रक्षा गर्ने बेला आएको छ।’ काँग्रेसलाई कमजोर पार्नका निमित्त र मुलुकमा अधिनायकवाद लाद्न तथा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको उनको…

Read More