Author: Nisha Shrestha

काठमाडौँ – नेकपा एमालेले आगामी माघ २९ र फागुन १ गते दुई दिन बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको छ । मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी सङ्गठन सुदृढबारे छलफल गर्न बैठक बोलाएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजालले चुनावी समीक्षा, राष्ट्रिय राजनीतिमा आएको फेरबदल र सङ्गठन सुदृढीकरण बैठकका मुख्य एजेण्डा रहने बताए ।

Read More

काठमाडौँ – परराष्ट्र मन्त्री डा. बिमला राई पौड्याल श्रीलङ्काको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी छन् । श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ गएका उनले भ्रमणसँगै विभिन्न उच्चस्तरीय भेटवार्ता समेत गरेका थिए । स्वदेश फर्कने क्रममा आज मन्त्री पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भ्रमणका दौरान श्रीलङ्काको औपचारिक कार्यक्रममा सहभागितासँगै उच्चस्तरीय साइड लाइन भेटवार्ता भएको जानकारी गराइन् । उनले त्यहाँका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् । भेटमा दुई देशबीचको आपसी हित र चासोका विविध विषयमा छलफल भएको जानकारी गराउँदै उनले भनिन्, “हामीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको व्यङ्ग्य गरेका छन्। उनले आइतबार संसद्को विशेष समयमा बोल्दै भने, ‘नेपाली काँग्रेसले आफूलाई प्रतिपक्ष भनेर मान्न सकस भएको छ। मन मानिरहेको छैन तर प्रतिपक्षमा बस्नै पर्ने बाध्यता छ। त्यसैले काँग्रेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको छ।’ अध्यक्ष ओलीले काँग्रेसलाई ‘लोकतन्त्र भनेको काँग्रेस हो, काँग्रेस भनेको लोकतन्त्र हो’ भन्ने भ्रान्त मान्यता रहेको उल्लेख गरे। ‘काँग्रेस सत्तामा गएपछि सबै लोकतन्त्र हुन्छ भने भ्रान्त मान्यता छ’, उनले भने।

Read More

काठमाडौं – आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउबिजनको सहज उपलब्धता, सडक निर्माण र भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  शून्य समयमा सांसद देवप्रसाद तिमिल्सिनाले पटकपटक किसानको समस्या नसुनेकोप्रति ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले किसानको पीडा नसुनेको बताउनुभयो । सांसद वासुदेव घिमिरेले कृृषिको आधुनिकीकरणका लागि कृषसँग सम्बन्धित रहेको मलखादको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले मलखाद र बीउबिजनका लागि स्वदेशमै कलकारखाना निर्माण गर्नुपर्ने बताउनुभयो । सांसद तारा लामा तामाङले सिमानामा हुने अनियमितता र हिंसा रोक्न ध्यानाकर्षण गराउनुभयो । कञ्चनपुरको बेलौरीमा बन्द अवस्थामा रहेको छोटी भन्सारलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन ध्यानाकर्षण गर्नुभयो ।…

Read More

काठमाडौं — राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेका छन् । नेपाली कांग्रेसले पनि उम्मेदवारी नदिने निर्णय गरेका कारण अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना छ ।

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश कमाण्ड सम्हालेसँगै प्रहरी नायब महानिरीक्षक (डिआईजी) अशोक सिंहले सुरक्षा व्यवस्था कडाई गरेका छन् । कमाण्डसम्हाल्ने बित्तिकै प्रदेशको सुरक्षा अवस्था र व्यवस्थाका बारेमा आफूले जिम्मेवारी लिएको बताए । डिआईजी तीनवटा लेयर बनाएर सुदूरपश्चिम प्रदेशको सुरक्षा व्यवस्था सबल बनाउने दाबी गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशको सुरक्षा व्यवस्थालाई सुदृढ र सबल बनाउनका लागि विभिन्न मुख्य ३ क्षेत्रमा विभाजन गरेर काम अगाडि बढाउने बताएका छन् । – सीमा सुरक्षा व्यवस्थापन – हाइवे सुरक्षा व्यवस्थापन – सिटि सेक्युरिटि म्यानेजमेन्ट कञ्चनपुर र कैलालीका खुला सीमानाकाबाट अवैध रुपमा चोरी निकासी रोकिएको पनि सिंहले बताए । उनले तस्करी हुने नाकाहरुमा गस्ती बढाएको जनाउँदै…

Read More

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधिसभा बैठक अघोषित रुपमा बहिष्कार गरेको छ । १ बजेबाट सुरु भएको बैठकमा पार्टीका कुनै पनि सांसद उपस्थित छैनन् । हिजो राति अबेर बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा आज प्रतिनिधिसभा बैठक सामूहिक बहिष्कार गर्ने अनौपचारिक सहमति भएको थियो । त्यसैबमोजिम समय जुध्ने गरी पार्टीको बैठक डाकिएको छ । अहिले रास्वपाका सबै १९ जना सांसद पार्टी बैठकमा सहभागी छन् । प्रतिनिधिसभा बैठक अहिले जारी रहेको छ । रास्वपा सभापति लामिछानेले साढे १ बजे पत्रकार सम्मेलन गर्ने भनेकोमा पार्टीको बैठक सकिएको छैन ।

Read More

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको काम पूरा भएपनि त्यसबाट काठमाडौं बासीले बाह्रै महिना पानी खान पाउने अवस्था नरहेको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद सिंहले मेलम्चीको खानेपानी बाह्रै महिना वितरण हुने संयन्त्र विकास गर्न माग गरे। उनले खानेपानी आयोजनामा काम गर्ने श्रमिकले साउन देखि तलब खान नपाएको भन्दै उनीहरूलाई समयमै तलब दिन र खानेपानी वितरणलाई व्यवस्थित गर्न माग गरे। ‘काठमाडौं बासीले दुई दशकभन्दा लामो समय पर्खिएर मेलम्चीको पानी बल्ल–बल्ल चाख्न पाएका छन् । वर्षात्‌को समयमा बन्द हुने, वर्षा सकिएपछि मात्रै फेरि पानी वितरण हुने कारणले गर्दाखेरि बाह्रै महिना खानेपानीको सुविधा…

Read More

काठमाडौं – कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर राणाको निधनप्रति दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । देउवाले राणाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् । यस्तै, कांग्रेसका महामन्त्री गगन थापा, नेताहरू प्रकाशमान सिंह, सुनील थापा, उदयशमशेर राणालगायतले राणाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । पहिलो गभर्नर तथा पूर्व अर्थसचिव समेत रहेका राणाको उपचारको क्रममा ९५ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

Read More

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न आग्रह गरेकोमा सरकारले उनलाई गृहमन्त्रीमा नियुक्त नगर्ने अडान दोहोर्याएपछि रास्वपा सरकारबाट बाहिरि ने मोडमा पुगेको छ । प्रचण्डले रास्वपा सभापति रविलाई गृह मन्त्रालयमा फर्काउन नचाहेपछि निष्कर्षमा पुग्न केहीबेर अघिदेखि बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक ले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय लिनेगरी निर्णय लिएको छ । बैठकमा सहभागी एक नेताका अनुसार, ‘यसअघि पार्टी सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको निस्सा जिल्ला प्रशासन कार्यालयमा बुझाएर नेपाली नागरिकता बिउँताउने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले उहाँको सांसद पद खारेज गर्योे । सांसद…

Read More