Author: Nisha Shrestha

महेन्द्रनगर – कैलालीको अत्तरियाबाट १ किलो बढी चरेश सहित १ जना पक्राउ परेका छन । गोदावरी नगरपालिका २ बसपार्कबाट बझाङको छब्बिस पाथिभारा गाउँपालिका – ६ बस्ने २९ बर्षीय सत्य नारायण फुलारा चरेश सहित पक्राउ परेका हुन । उनलाई बिशेष सूचनाको आधारमा बसपार्क पहाड लाईनमा धन बहादुर बुढाले संचालन गरेको छब्बिस पाथिभारा बझाङ होटलको ३ नम्बर कोठाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शुक्रबार साँझ सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेती खटीएको संयुक्त प्रहरी फुलारालाई पक्राउ गरेको थियो । उनको साथबाट चरेश जस्तो देखिने कालो बस्तु १ किलो ५ ग्राम बरामद गरी नियन्त्रणमा…

Read More

जनकपुरधाम – मधेश प्रदेश सभाले आज आफ्नो पाँचौँ स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा आज प्रदेश सभा सचिवालयमा विभिन्न कार्यक्रम आयोजना गरेको ५ । रक्तदान, उत्कृष्ट कर्मचारीलाई पुरस्कार वितरण, केही दिनअघि देखि हुने गरेको खेलकुदको प्रमाणपत्र वितरण, मन्तव्य कार्यक्रम आयोजन गरेर स्थापना दिवस मनाउने क्रम जारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । २०७४ माघ २१ गते पहिलो प्रदेश सभा बैठक बसेको थियो । सो अवसरमा प्रत्येक वर्ष माघ १ गते प्रदेशसभा सचिवालयले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने गरेको छ ।

Read More

काठमाडौं – ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तलाई बैंकसम्म आएर भत्ता बुझ्न समस्या हुने भएपछि नलगाड नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ । नगरपालिकाभित्रका सबै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण थालिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताउनुभयो । अहिले पालिकाको प्रशासकीय केन्द्र दल्लीमा बैंक रहेको कारण टाढाको वडाबाट आउन जान मात्र दुई दिन लाग्ने भएपछि वडाबाटै भत्ता वितरणको काम गरिएको अधिकृत गिरीले जानकारी दिनुभयो । बैंकमा भत्ता लिन आउँदा र जाँदा भाडामानै धेरै रकम खर्च हुने भएपछि गाउँ घरकै वडा कार्यालयबाट भत्ता वितरणको काम सुरु गरी सेवा प्रवाहमा सहजता ल्याइएको छ । नगपालिकामा १३ वडा छन्…

Read More

काठमाडौँ – उचित मूल्य नपाएर चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्बोधनको आवश्यक पहल लिन निर्देशन दिएका छन् । शुक्रबार चितवनका किसानहरूले तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेपछि प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराएका हुन् । चितवनमै रहेका मन्त्री साहलाई प्रधानमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिएका छन् । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले आफूले सरोकारवाला किसानहरूसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई आग्रह गर्ने बताएकी…

Read More

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बस्न लागेको दुई दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिउँसो उद्घाटन गर्नेछन् । अध्यक्ष नेपालले प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदन र महासचिव डा बेदुराम भुसालले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनमा बैठकमा छलफल गरिने छ । उक्त प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । सरकारको कार्यशैली मूल्याङ्कन, संसद्मा पार्टीको थप प्रभावकारी भूमिका, जनजीविकाका साथै पार्टीका विभिन्न तहका कमिटीले सङ्गठन निर्माणमा गरेका निर्णय…

Read More

काठमाडौँ – तीन दिने नेपाल भ्रमण पुरा गरी मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन आज स्वदेश फर्कने भएका छन् । बिहीबार साँझ नेपाल आएका नासुनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका थिए । दुवै भेटमा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको थियो। ‘मलसियासँगको सम्बन्ध हामी अझै अगाडि बढाएर जानेछौँ। श्रम सम्झौतासम्बन्धी नवीकरण गर्ने बेला भएको छ। हामीले त्यसलाई अत्यन्त सूक्ष्म तरिकाले अध्ययन गरेर आवश्यकता अनुसारको सुधार गर्नेछौँ,’ श्रममन्त्री डोलप्रसाद अर्यालले भने “नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवा सुविधा दिने कुरामा छलफल भएको छ। हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । अध्यक्ष ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ ।

Read More

काठमाडौं – नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ । निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत् काट्न सक्ने भएका छन् । “नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्णरुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ”, निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निगमले आगामी दिनमा अन्य वालेट तथा वेवसाइटमार्फत् पनि टिकट काट्ने व्यवस्था मिलाइने बताएको छ । निगमले दुर्गम/विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको बताएको छ । “आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट संख्या १९ भए पनि विमानको यात्रु बोक्ने क्षमतामा उडान…

Read More

काठमाडौँ – स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई समयमै चुनावी खर्च विवरण नबुझाएका १३६ उम्मेदवारबाट जरिवाना बापत साढे ४ करोड राजस्व सङ्कलन भएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाउने उम्मेदवारहरू १ लाख २३ हजार ६२४ जना छन् । उनीहरू विरुद्ध कारबाही प्रक्रिया सुरु गरेको आयोगले कसले कति जरिवाना तिर्नुपर्ने भनी तय गरेर सार्वजनिक गरेको थियो । त्यसअनुसार शुक्रबारसम्म १३६ जनाले जरिवाना बापतको रकम बुझाएका हुन् ।  निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खर्च विवरण नबुझाउने महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई साढे ७ लाख रुपैयाँ जरिवाना तोकेको छ । महानगरका वडा सदस्य तथा वडाध्यक्षका उम्मेदवारले…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् । आलोकनगरमा रहेको एकीकृत समाजवादीको कार्यालयमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेट्न श्रेष्ठ पुगेका हुन् । सत्तारुढ गठबन्धनमा दरार बढिरहेका बेला श्रेष्ठ माधव नेपाललाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि बिहीबार माओवादीको बैठक चलिरहँदा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेल पेरिसडाँडा पुगेका थिए ।

Read More