Author: Nisha Shrestha

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुलुकको आर्थिक सङ्कट समाधान सम्बन्धमा ध्यानाकर्षण गराएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिले देशको अर्थतन्त्र गम्भीर सङ्कटतर्फ उन्मुख भइरहेकाले सरकार जनजीविकाप्रति संवेदनशील हुनुपर्ने भन्दै प्रधानमन्त्री दाहाललाई २० बुँदे ज्ञापनपत्र बुझाएका हुन् । मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेको अवस्थामा देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरिएकोे छ । ज्ञापनपत्रमा जर्जर बनेको देशको अर्थतन्त्र सुधार युवा र बौद्धिक जनशक्ति पलायनबाट रोक्न प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख छ । विद्यालय तहमा एक सीपमूलक विषय अनिवार्य गर्नुपर्ने र कृषि उत्पादन वृद्धिमा जोड बिक्रीको प्रबन्ध गर्नुपर्ने…

Read More

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्लाकोट, तिंकररलगायतका देशका पश्चिमी उत्तरी नाका खुलाउने विषयमा ध्यानाकर्षण गराए । उनीहरूबीच चीन र नेपालको व्यापार सम्बन्धलाई अझै बलियो बनाउने विषयमा छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । मन्त्री भण्डारीले राजदूत सोङसँग नेपाली वस्तु चीन निर्यात र सञ्चालनमा रहेका नाकामा आयात सहज गर्नुपर्ने विषयमा छलफल गरेका थिए । उनले नेपालमा उद्योगधन्दा सञ्चालनका लागि चिनियाँ लगानी भित्र्याउने विषयमा पनि राजदूत सोङसँग आग्रह गरे । भेटका क्रममा राजदूत सोङले उत्तरी पश्चिमी नाका खोल्ने र निर्माणाधीन पाँच सुक्खा बन्दरगाहका विषयमा चीन सरकार सकारात्मक रहेको मन्त्री भण्डारीलाई जानकारी गराए। उनले दुई देशबीचको…

Read More

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका–३ बरक्वालीका एक युुवक बेपत्ता भएका छन् । वेपत्ता हुनेमा केशव नाथका २० बर्षीय छोरा वीरेन्द्र नाथ रहेका छन् । वीरेन्द चार दिनदेखि सम्पर्कविहीन भएको उनका बुवा केशवले बताए । शनिबार लुुगा धुन घरबाट निस्केका उनी अहिलेसम्म कसैको सम्पर्कमा आएका छैनन् । वीरेन्दको खोजीका लागि प्रहरीमा जानकारी गराइएको छ । उनलाई भेट्टाउने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८६५८६८७२७मा सम्पर्क गरिदिन वीरेन्द्रका बुवा केशवको आग्रह छ ।

Read More

काठमाडौं – सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो । सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । मंगलबार पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको भाउ १३ सय ६५ रुपैयाँ कायम रहेको छ ।

Read More

काठमाडौँ – अमेरिकाको फ्लोरिडामा सोमबार अपराह्न भएको गोलीबारीमा १० जना घाइते भएका छन् । घटना फ्लोरिडाको लेक ल्यान्ड इलाकामा भएको हो । प्रहरी प्रमुखका स्याम टेलरका अनुसार हमलाकर्ता एक गाढा निलो रङको कारमा आएका थिए । घटनास्थलमा पुग्ने बित्तिकै उनको गाडीको चारै वटा सिसा खोले र अन्धाधुन्ध गोली चलाउन थाले । रिपोर्टका अनुसार दुई जनाको अवस्था गम्भीर छ । घटनापछि प्रहरी गाडीको खोजीमा जुटेको छ । गाडी नरोकीकनै गोली चलाए प्रहरीका अनुसार यो गोली बारी केही मानिसलाई निशानामा राखेर गरिएको थियो । तीन जनालाई आपत्कालीन सेवाले अस्पतालमा भर्ना गरेको छ । उनीहरूको उमेर २० देखि ३५ वर्षको बीचमा छ ।…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन्। उनीहरूबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रचण्ड र लामिछानेबीच अदालतको निर्णयपछि उपनिर्वाचन र गृह मन्त्रालयलगायत समसामयिक राजनीतिबारे छलफल भएको थियो। यसअघि आइतबार साँझ पनि लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए। अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुनः प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पदसमेत बदर गरिदिएको थियो। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले पुनः नागरिकता लिएका हुन्। नागरिकता लिएपछि आइतबारै बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई सभापति चयन गरेको…

Read More

डडेल्धुरा – बार एसोसियसन डडेल्धुराका उपाध्यक्ष अधिवक्ता नरेन्द्र रोकायाको निधन भएको छ । बझाङ घर भई लामो समयदेखि डडेल्धुरालाई कर्मथलो बनाइ कार्यरत अधिवत्ता रोकायाको निधन भएको हो । उनको आज बिहान धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको बार डडेल्धुराका अध्यक्ष पुष्पराज जोशीले बताए । जोशीका अनुसार रोकाया कानूनी सहायता समितिमा पनि कार्यरत थिए । उनी प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपालका केन्द्रीय सदस्य पनि थिए ।

Read More

धनगढी – कैलालीमा बन्चरो प्रहारबाट एक महिलाको हत्या गरिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ४० वर्षीया श्रीराम थारुले आमालाई बन्चरो प्रहार गरेर आफ्नै आमाको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थारुले मंगलवार राति ७१ वर्षीया (आमा) लगनी थरुनीलाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन्। बन्चरो प्रहारबाट गम्भीर घाइते भएपछि थरुनीलाई उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएको थियो। तर, लम्कीमा उपचार सम्भव नभएपछि उनलाई धनगढी ल्याइएकोमा उनको धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको बताइएको छ। उता, इलाका प्रहरी कार्यालय लम्कीले हत्या आरोपित थारुलाई पक्राउ गरेको जनाएको छ। उनलाई मंगलवार बिहान नै जंगलबाट पक्राउ गरिएको हो। श्रीराम पहिला…

Read More

डडेल्धुरा-  जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट एकै नम्बरबाट तीनवटा नागरिकता प्रमाणपत्र जारी भएको भेटिएको छ। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले फरक–फरक मितिमा ७४१००८/२७३ नम्बरका नागरिकता प्रमाणपत्रहरु छुट्टाछुट्टै व्यक्तिका नाममा जारी गरेको फेला परेको हो। नागरिकता प्रमाणपत्रको प्रतिलिपीअनुसार रमेशबहादुर माली, हिक्मतबहादुर माली र दानबहादुर भुलको नाममा ७४१००८/२७३ नम्बरका नागरिकता प्रमाणपत्रहरु फरक–फरक मितिमा जारी भएको देखिएको छ। जिल्ला प्रशासन कार्यालयले २०६६ असार २९ गते सबैभन्दा पहिले साबिक गणेशपुर गाविस–२ का रमेशबहादुर मालीको नाममा उक्त नम्बरमा नागरिकता प्रमाणपत्र जारी गरेको थियो। ती नागरिकता प्रमाणपत्र जारी गर्दा डडेल्धुरामा परशुराम अर्याल प्रमुख जिल्ला अधिकारी थिए। रमेशले २०७१ पुस २० गते लिएको नागरिकता प्रमाणपत्रको प्रतिलिपीमा तत्कालीन प्रमुख जिल्ला…

Read More

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । मन्त्रिपरिषद्को नियमित बैठक दिउँसो ४ बजे बस्ने गरी बोलाइएकोमा केही समय ढिला गरी सुरु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उक्त बैठकमा राष्ट्रपति उपराष्ट्रपति निर्वाचनका बारेमा समेत छलफल हुने बुझिएको छ ।

Read More