Author: Nisha Shrestha

काठमाडौँ – बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको काठमाडौँ जिल्ला अदालतको पेशी पुनः स्थगित भएको छ। जाहेरीकर्ताले नै सोमबारका लागि तय भएको पेशी स्थगित गरेका हुन्। सन्दीपको मुद्दा न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासमा परेको थियो। उनको मुद्दा छैटौँ नम्बरमा रहे पनि जाहेरीकर्ताका वकिलले स्थगित गरेका हुन्। स्रोतका अनुसार पाटन उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट परेपछि सर्वोच्चको आदेश पर्खनका लागि मुद्दा स्थगित गरिएको हो। सन्दीपको मुद्दाको अन्तिम फैसला हुन बाँकी छ। सन्दीपले पुनरावेदन गरेपछि पाटन उच्च अदालते उनलाई विभिन्न सर्तसहित २० लाख धरौटीमा छाडेको थियो। सन्दीप धरौटीमा छुटेसँगै क्यानले पनि उनीमाथिको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिमको क्लोज…

Read More

काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवालगायतका विषयमा छलफल हुने स्रोतले बतायो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सरकारबाट आइतबार बाहिरिएको छ ।

Read More

काठमाडौं – सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजनाबाट पीडित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरिसकेकामा आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता रु एक सय अङ्कित दरमा चार लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी रु ५० करोडको १० प्रतिशतले हुने रु पाँच करोड मूल्य बराबरको कूल पाँच लाख कित्ता साधारण शेयरमध्ये ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र १० हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी चार लाख १५…

Read More

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बढेको छ । आजको सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको हो । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो । जुन, आज ५०० रुपैयाँले बढ्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य स्थिर कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय २० रुपैयाँ कायम थियो…

Read More

काठमाडौँ- सरकारबाट बाहिरिने निर्णय गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन मन्त्रीले आइतबार पत्रकार सम्मेलन गर्दैछन् । आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका रास्वपाका तीन मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्ने भएका हुन् । सोमबार दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा उनीहरूले पत्रकार सम्मेलन गर्ने भएका हुन् । राजीनामा बुझाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले आज दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेकाे पार्टीका एक नेताले जानकारी दिए । रास्वपाले आइतबार पत्रकार सम्मेलनमार्फत् सरकारबाट बाहिरिने निर्णय गरे पनि सरकारलाई दिएकाे समर्थन…

Read More

बझाङ – बझाङको केदारस्युँ गाउँपालिका -२ र ४ को सिमाना बजुवा बगर नजिक धनगढीबाट आइरहेको मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिएको छ । सुदुरपश्चिम प्रदेश ०१००१ ख ३०७१ नम्बरकाे मालबाहक ट्रकले ठक्कर दिएर सुदुरपश्चिम प्रदेश ०१०१० प ५३१७ नम्बरकाे बाइकको पछाडि सवार अन्दाजी १८-२० बर्षिया एक युवतीको घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । माेटरसाइकल चालक र ट्रक चालक भने फरार रहेका छन । घटनाको थप अनुसन्धान भईरहेको र मृतककाे पहिचान नखुलेकाे प्रहरीले जनाएकाे छ ।

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ । सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले कठोर निर्णय लिएको हो । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो । आजको निर्णयले रास्वपाको सत्तायात्रा अल्पायुमै टुंगिएको छ ।

Read More

काठमाडौं – राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले विचौलियालाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका भन्दै कारबाही गर्न माग गरेका हुन् । ६०० प्रतिशतभन्दा बढी नाफा लिएर विचौलियाको काम गर्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्न कृषिमन्त्रीसँग उनले आग्रह गरे । बैंकले बढाएको अस्वाभाविक ब्याजका कारण साना व्यवसायी आत्महत्याको बाटो रोज्न थालेको भन्दै उनले यसतर्फ सरकारले हस्तक्षेपकारी नीति लिनुपर्ने बताए ।

Read More

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक १.५४ अंकले उकालो लागेर २०९६.०८ विन्दुमा आएर रोकिएको छ । गत साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा २२.१२ अंकले ओरालो लागेको थियो । सोहीदिन २ अर्बभन्दा बढीको सेयर कारोबार थियो । आइतबार नेप्से सूचकको १०८ कम्पनीमा उकालो लागेको छ भने १०१ कम्पनीमा ओरालो लागेको छ । साथै ७ कम्पनी स्थिर रहेको छ । २५८ कम्पनीको कारोबार भएको र ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ लाखभन्दा बढी रुपैयाँको कारोबार भएको छ । नेपाल जीवन बिमा कम्पनीको सर्वाधिक सेयर…

Read More

काठमाडौं – मलेसियाका गृहमन्त्रीदतुक सेरी सैफुद्दिन नासुसन इस्मालीद्वारा काठमाण्डौको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरिहिल्सको भ्रमण गर्नुभएको छ । शनिबार विहानै त्यहाँ पुग्नु भएका मलेसियाका गृहमन्त्री सैफद्दिन नासुसन इस्मालीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वागत गर्नुका साथै त्यहाँ निर्माण भएका विभिन्न पुर्वाधारहरूको स्थलगत भ्रमण गराउनु भएको थियो । चन्द्रागिरिको भ्रमणका क्रममा इस्लामीले एकीकृत पर्यटकीय पुर्वाधार चन्द्रागिरि हिल्स मलेसियाको पर्यटकीय पुर्वाधार ग्यान्टिङ्ग हाइल्याण्डसंग मिल्दोजुल्दो रहेको बताउँदै गृहमन्त्री इस्लामीले यो परियोजनाको अवलोकन भ्रमणपछि थप पर्यटकीय पुर्वाधार निर्माणमा नेपाललाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । आइएमईका संस्थापकद्वय चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल आइएमईको व्यावसाय विस्तारका क्रममालामो समय मलेसिया बस्दा त्यहाँको…

Read More