Author: Nisha Shrestha

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेको नागरिकताबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म केही निर्णय नगर्ने बताएका छन् । मंगलबार बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो ब्रिफिङ गरेको प्रवक्ता समेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकपछि जानकारी दिए । ‘गृह मन्त्रालयका बारेमा अदालतको पूर्णपाठ नआउँदासम्म ठोस निर्णय हुँदैन भनेर प्रधानमन्त्रीले जानकारी गराउनुभएको छ’, महराको भनाइ छ । उनले राष्ट्रपतिका सन्दर्भमा भएको छलफलमा सकेसम्म राष्ट्रिय सहमति बनाउने प्रयासमा लाग्नुपर्ने धारणा आएको महराले बताए । ‘राष्ट्रपतिका सवालमा सकेसम्म एमालेसहितको राष्ट्रिय सहमति हुनुपर्छ भन्ने धारणा आएको छ’, महराले भने, ‘राष्ट्रपति को हुन्छ भन्नेमा अझै समय बाँकी रहेकाले…

Read More

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरू बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिनुभएको छ । मङ्गलवार औषधि व्यवस्था विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले सीमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरूको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले निगरानी र निरीक्षणको विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनै पनि बहाना नबनाइ प्रतिबद्ध भएर निरीक्षणमा लाग्न आग्रह गर्नुभयो । मन्त्री गिरीले नेपालमा नै अत्यावश्यक औषधि उत्पादन गर्नुपर्ने बताउनुभयो । उहँले नवीकरणसम्बन्धी कामहरू अनलाइन प्रणालीबाट गराउन पनि निर्देशन दिनुभयो । उहाँले…

Read More

महेन्द्रनगर – कञ्चनपुरमा नाबालिकामाथि बलात्कार गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ परेका छन् । सदरमुकाम महेन्द्रनगरस्थित महाकाली बाल अनाथालयका प्रमुख शंकरबहादुर चन्दलाई बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए । उनकाअनुसार अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया नाबालिकामाथि बलात्कार गरेको अभियोगमा चन्दलाई मंगलबार बिहान पक्राउ गरिएको हो । अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

Read More

काठमाडौँ – राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङलाई पक्राउ परेका छन्। सिंहदरवारस्थित दक्षिण गेटमा प्रतिनिधिसभाका सांसद् ज्ञानेन्द्र शाहीकोविरुद्धमा नाराबाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएका हो। प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई नाराबाजी गरिरहेको अवस्थामा सो दक्षिण गेटबाट पक्राउ गरी प्रहरी वृत्त सिंहदरवारमा राखिएको छ। शाहीलाई बुझाउन भनी साथमा लगेको भ्रष्टाचार सम्बन्धी उजुरीपनि दक्षिण गेटमै च्यातेर फालेका छन्। उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी- धनगढीको एक कपडा उद्योगबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। मंगलवार बिहान धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित गौरीशंकर अल्लो कपडा उद्योगबाट ११ केजी बढी लागुऔषधसहित ४ जनालाई समातिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दार्चुलाको नौँगाड गाउँपालिका-२ स्थायी घर भएका उद्योगका संचालक ३४ वर्षीय नरेन्द्रसिंह धामीले संचालन गरेको उद्योगबाट ११ केजी ९०० ग्राम लागुऔषध बरामद गरिएको हो। जिप्रका कैलालीको टोलीले उद्योग संचालक धामीसहित दार्चुलाको नौँगाड २ का २० वर्षीय रुकुमसिंह धामी, बझाङ्ग केदारस्यु ७ का ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक २ घर भई कैलालीको बर्दगोरिया ४ बस्ने ३५ वर्षीय धनलाल कामीलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट…

Read More

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्ने बताएका छन् । नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राख्न सके राष्ट्रको कार्यभार पूरा गर्न सकिने बताए । उनले यस कार्यको नेतृत्वकारी भूमिका सरकारी सञ्चारमाध्यमले नै खेल्न सक्ने विश्वास व्यक्त गरे । वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधार निर्माणका साथै कानूनी र व्यावहारिक सुनिश्चितता गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ । उनले सञ्चारमाध्यम र सञ्चारकर्मीको…

Read More

काठमाडौँ – राष्ट्रिय अनुसन्धान विभागका २२ जना अनुसन्धान अधिकृतहरू प्रमुख अनुसन्धान अधिकृत (डिएसपी)मा बढुवा भएका छन् । बढुवा समितिको सिफारिस अनुसार राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले उनीहरूलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेका हुन् । बढुवा सिफारिस समितिले माघ ११ मा बढुवा गर्न सिफारिस गरेको थियो । सिफारिस अनुसार मेघराज कँडेल एक नम्बरमा बढुवा भएका छन् । यस्तै क्रमशः रुद्रबहादुर गुर्मछान मगर, अशोक पौडेल, तिलकबहादुर केसी, नारायण शर्मा, लोकराज जोशी, नित्यानन्द ढुङ्गाना, केशवराज सुवेदी छन् । बढुवा समितिका अनुसार दीपक केसी, सविना राई, पूजा बेल्वासे, समिता गिरी, मदन पौडेल, गोविन्द प्रसाद पाण्डेय, सरोज कुमार तिवारी, चिरन कोइराला, द्रोणबहादुर बुढाथोकी, धर्मकान्त…

Read More

काठमाडौँ – एल आर आई स्कुलले आयोजना गरेको बास्केटबल तथा फुटसल फेस्ट २०७९ संचालन भइरहेको छ । विद्यालयकै खेल मैदानमा आयोजना भइरहेको प्रतियोगितामा ट्रिनिटी, ग्लोबल कलेज, हिमालयन ह्वाइ टहाउस, सीसी आरसी, गोल्डेन गेट, डी.ए.भी, बर्नहार्ट, ट्रिटन, ग्यालेक्सी, सामाखुसी विद्यालय, केसीसीएस, पुष्प सदन, नभोदित, ओमेगा, आईएमएस, न्यूजेनिथ, टाईंम्स, जनमैत्री एस. कलेज तथा आयोजक एल आर आई बीचलिग चरणको प्रतिस्पर्धा जारी छ । हिजो भएको पहिलो खेलमा नभोदित र न्यू जेनिथ भिडेका थिए । उक्त खेलमा नभोदित ४८ स्कोर गर्दै विजयी भएको थियो । यस्तै सीसीआरसी र ट्रिनिटी बिच भएको दोस्रो खेलमा ५६ स्कोर गर्दै सीसीआरसी विजयी भएको थियो । ट्रिनिटीले भने…

Read More

रामपुर– पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ । यो थाहा भए पनि पुस्तक पढ्ने चासो भने थोरैले मात्र लिएको पाइन्छ । अहिले मानिसहरू फुर्सदको समयमा गफ गर्ने, सामाजिक सञ्जालमा व्यस्त रहने गर्दछन् तर पुस्तक पढ्ने समयको व्यवस्थापन भने कमै मात्रले गर्दछन् । यसरी मानिसमा पुस्तक पढ्ने बानीमा कमी आएको देखिएको छ । हिजोआज त झन् सूचना प्रविधिको विकासका कारण पुस्तक किन्ने मानिसको सङ्ख्या पनि घट्दै गएको देखिन्छ । त्यसैले सर्वसाधारणमा पुस्तक पढ्ने बानीको विकास गरी ज्ञान बढाउन सजिलो होस् भन्ने उद्देश्यले पाल्पाको सदरमुकाम तानसेनभन्दा बाहिर रामपुरमा सञ्चालनमा ल्याइएको छ, विद्यामन्दिर…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रममा व्यस्त भएकाले डेढ घण्टा ढिला गरी पदाधिकारी बैठक सुरु भएको हो । बैठकमा आगामी संगठनिक योजना, कार्य विभाजन र गृहमन्त्रीका विषयमा समेत छलफल हुने बताएको छ ।

Read More