Author: Nisha Shrestha

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको पुनरावेदनउपर आज सुनुवाइ हुँदैछ । नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै महान्याधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरिएको थियो । जसको पेसी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए । धरौटीमा छुटेपछि क्यानले सन्दीपको निलम्बन फुकुवा गरिसकेको छ । उनलाई बन्द प्रशिक्षणमा समेत बोलाइएको छ ।

Read More

साल त बि.सं. २०५९ हो। गते याद भएन, शुक्रवारको दिन थियो। हरेक बिहीवारको दिन अपरान्ह प्रधानमन्त्री र राजाका बीच भेट हुने नियमितता थियो। यसको भोलीपल्टको कुरा हो।प्रधानमन्त्री शेरबहादुर देउवाको बोलाहटमा हामी केही मन्त्रीहरू बालुवाटार पुगेका थियौँ। खुमबहादुर खडका, चिरञ्जीवि वाग्ले, विजय गच्छदार, बलबहादुर केसी र म, पूर्णबहादुर खडका पनि आइपुग्नुभएको थियो । हातको औंलामा लाउनु भएको औंठी घुमाउँदै देउवाजीले अघिल्लो साँझ राजासँग भएको कुराकानी सुनाउनु भयो। भ्रष्टाचार बढेर संसदीय ब्यवस्था नै कमजोर भएकोमा राजा ज्ञानेन्द्र बडो चिन्तित छन् रे! अख्तियार कारवाही गर्न उद्यत भएको छ रे! तपाई ४-५ जना मंत्रीहरूले राजिनामा गरिदिनु पर्यो भन्ने राजाको सुझाव छ रे! राजाले भनेको…

Read More

काभ्रे- नमोबुद्ध नगरपालिका-७ भकुण्डेमा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट ८ वर्षीया दिविसा अधिकारीको घटनास्थलमै मृत्यु हो। घटनापछि आक्रोशित स्थानीय बासिन्दाले बसमा आगजनी गरेका छन्। यतिबेला बीपी राजमार्ग अवरुद्ध गर्दै स्थानीयहरूले प्रदर्शन गरिरहेका छन्।

Read More

काठमाडौँ – सर्वोच्च अदालतले सिक्किमका नेपालीलाई ‘विदेशी’ भनी टिप्पणी गरेपछि उत्तरपूर्वी भारतको हिमाली राज्य एक सातायता अशान्त बनेको छ । सिक्किमका ६ वटै जिल्लामा सर्वोच्चको टिप्पणीको तीव्र विरोध भइरहेको छ । सत्ताधारी दल सिक्किम क्रान्तिकारी मोर्चा पनि सडक आन्दोलनमा छ । प्रदर्शनकारीहरूले सर्वोच्च अदालतले सिङ्गो भारतीय नेपालीमाथि गरेको अपमानलाई तत्काल ‘सच्याउन’ सात दिने अल्टिमेटम दिएका छन् । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले)का राजनीतिक सचिव जेकब खालिङ, हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भुटिया, सिक्किम रिपब्लिकन पार्टीका अध्यक्ष केबी राईलगायतले पनि सर्वोच्च अदालतको उक्त कदमको भर्त्सना गरेका छन् । मुख्यमन्त्री तामाङले सञ्चारमाध्यमसँग भनेका छन्,‘नेपालीलाई किन विदेशीको संज्ञा दिइयो भन्ने विषयमा सरकारले…

Read More

काठमाडौँ । अयोध्यास्थित राम जन्मभूमिमा भगवान् रामको मूर्ति निर्माणका लागि नेपालको कालीगण्डकी नदीबाट लगिएको शिला राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण गरिएको छ । बिहीबार अयोध्यामा एक समारोहबीच जनकपुरको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले उक्त शिला राम जन्मभूमि मन्दिर निर्माण ट्रस्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरेका हुन् । समारोहमा विधिवत् पूजा पाठ र मन्त्रोचारण गरिएको थियो । शिला हस्तान्तरण समारोहमा पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित सयौँ मानिसहरूको सहभागिता थियो । रामको जन्मस्थल भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण भइरहेको छ । मन्दिरमा राखिने रामको मूर्ति निर्माणका लागि कालिगण्डकी नदीबाट शिला लगिएको हो । शालिग्राम पत्थर पाइने भएकाले कालीगण्डकी नदीको शिलाको…

Read More

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले कोरोना भाइरस सङ्क्रमणका विरुद्धमा प्रयोग गरिने खोपको अतिरिक्त मात्र (बुस्टर डोज)तत्काल व्यवस्था गर्न निर्देशन दिएका छन् । स्वास्थ्य सेवा विभागको आज अनुगमनका क्रममा उनले खुला सिमानाका कारण नेपालमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिनसक्ने भन्दै बुस्टर डोजलाई छिटोभन्दा छिटो लगाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। ‘बुस्टर डोज लगाउन ढिला भइसक्यो । किन ढिला भयो,’ उनले भने, ‘आवश्यक कार्ययोजना बनाएर तत्काल बुस्टर डोज लगाउनका लागि प्रबन्ध गर्नुहोस् ।’ मन्त्री गिरीले खरिद प्रक्रिया धेरै संवेदनशील विषय भएकाले शतप्रतिशत पारदर्शिता हुने गरी काम गर्न निर्देशन दिनुभयो । भोलिका दिनमा कतै खरिद प्रक्रियाका सन्दर्भमा प्रश्न उठे स्वयम्…

Read More

काठमाडौँ – जुम्लामा रवि लामिछानेलाई गृहमन्त्री बनाउन माग गर्दै एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाउन प्रयास गरेका छन् । जुम्ला सदरमुकाम खलङ्गाका ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका हुन् । शरीरमा पेट्रोल छर्के पनि लाइटर नबल्दा क्षति भने हुन पाएन । उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत छन् । अहिले उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौँ – हिजाे केही सुधार देखिएकाे सेयर बजारमा आज (बिहीबार) फेरि गिरावट देखिएकाे छ । यतिबेला बजारकाे अवस्था हेर्दा लगानीकर्ता “पर्ख र हेर” काे अवस्थामा छन् । लगानीकर्ताहरूले गुड न्यूज खाेजिरहेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २२.१२ अंकले घटेर २०९४.५४ विन्दुमा झरेकाे छ । नेप्से १.०४ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.७४ अंकले घटेर ३९८.४२ विन्दुमा झरेको छ । कूल २५७ वटा कम्पनीकाे ५८ लाख ९८ हजार ९ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९ करोड ६४ लाख १९ हजार एक सय ६१ रूपैयाँ बराबरको कारोबार भएकाे…

Read More

काठमाडौं – बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पूर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा आज निवेदन दर्ता भएको छ । नेपाल सरकारको तर्फबाट नायव महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदेशमा प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पूर्पक्ष गर्नुपर्ने उल्लेख छ । लामिछानेलाई उच्च अदालत पाटनले सर्तसहित २० लाख नगद धरौटी वा बैंक जमानत लिई तारेखमा राख्न आदेश दिएको थियो । निवेदनमा लामिछानेले प्रमाण नष्ट गर्न सक्ने पनि आशङ्का व्यक्त गरिएको छ ।

Read More

धनगढी-नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेका छन्। बाँकेमा पक्राउ परेका उनलाई कैलाली लैजाने तयारी गरिएको छ। कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ। ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो। त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी १० वर्षदेखि फरार प्रतिवादीको सूचीमा थिए।

Read More