Author: Nisha Shrestha

काठमाडौं । नागरिकता नलिएका कारण सबै पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एक घण्टा वार्ता गरेका छन् । बिहीबार बिहान करिब ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक्लै पुगेका लामिछाने झन्डै एक घण्टापछि बाहिरिएका थिए । भेटवार्ताका क्रममा उनले उप्रधानसहित गृहमन्त्री दोहोर्‍याएर आफैँलाई नियुक्त गर्न आग्रह गरेका थिए । सामाजिक सञ्जालमा आएका टिप्पणीबाट प्रभावित नहुन समेत उनले आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । सत्ता गठबन्धनलाई निरन्तरता दिएपछि अहिले आउने टिप्पणीहरू विस्तारै सेलाउँदै जाने भन्दै उनले आँट गरेर निर्णय लिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका बताइएको छ । आफूलाई पुरानै जिम्मेवारी दिए सबै विषय मिलाउँदै…

Read More

काठमाडौँ – नेपाली काँग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरूसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाली काँग्रेस संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेको बताए। उनले संसद भित्रको व्यस्तताका कारण केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको बताए । उनले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका बारेमा अरु राजनीतिक दलहरूसँग छलफलका क्रममा काँग्रेस रहेको बताए । प्रमुख…

Read More

काठमाडाैँ – सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । बिहीबार तोलामा १३ सय रुपैयाँ बढ्दै छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै बढ्दै १ लाख ७ हजार रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षासँगै पार्टीको आगामी कार्यक्रमका बारेमा छलफल हुनेछ । प्रवक्ता मोहन श्रेष्ठले पार्टीको आसन्न केन्द्रीय कार्य समिति बैठकका विषयमा पनि छलफल हुने बताए । पछिल्लो समय गठबन्धनमा खटपट बढ्दै गएपछि राप्रपाले बैठक बोलाएको हो । गृह मन्त्रालयबाट रवि लामिछाने बाहिरिएपछि अहिले गठबन्धनमा नेताहरुबीच दुरी बढ्दै छ । माओवादीले गृह मन्त्रालय स्वतन्त्र पार्टीलाई दिन नसकिने बताइरहेको छ ।

Read More

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्येक राजनीतिक दलहरूले प्रत्यक्षतर्फ अनिवार्य ३३ प्रतिशत महिला उम्मेदवार बनाउनै पर्ने बाध्यकारी कानुनी व्यवस्था गर्न लागिएको बताएका थिए । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन सम्बन्धी नयाँ विधेयक तयार बनाइरहेको जानकारी दिँदै यस्तो व्यवस्था गर्न लागिएको बताए । उनले आयोगले तयार पारिरहेको विधेयक राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि अघि बढाइने पनि बताउनु भयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सम्बन्धी सो विधेयकलाई चैत्र महिना भित्रमा संसदमा पेस गर्नेगरी आवश्यक तयारी गरिरहेको बताए । उनले आफ्नो निर्वाचन…

Read More

काठमाडौँ – प्रतिनिधिसभा बैठकमा नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनाको सम्बन्धमा छानबिन गर्नुपर्ने माग उठेको छ। प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वालाले आचार्यको आत्मदाहको घटनाका बारेमा छानबिन गर्न न्यायिक आयोग गठनको माग गरेका हुन्। यसैगरी जनता समाजवादी पार्टी नेपालका राज किशोर यादवले आचार्यको आत्मदाहको विषयमा संसद्मा केही विशेष प्रस्ताव आउनुपर्नेमा आउन नसक्नु दुःखद भएको भनाइ राखे। बैठकमा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठले निर्दोष थारु बन्दीका लागि आफ्ना पार्टीले निरन्तर आवाज उठाए पनि रिहाइ हुन नसकेको दुःखेसो गरिन्। नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले वीर अस्पतालमा आइसियु शैय्या नभएर जनताले निजी अस्पतालमा चर्को मूल्य तिर्न…

Read More

काठमाडौँ – रास्वपाका सभापति रवि लामिछानेले मन्त्री पदबाट राजीनामा दिएको एक हप्ता पुग्न लाग्दासमेत मन्त्री क्वार्टर छैनन् । उपप्रधान तथा गृहमन्त्रीबाट गत शुक्रवार राजीनामा दिएका लामिछानेले अहिलेसम्म मन्त्री क्वार्टर छाडेका छैनन् । सर्वोच्च अदालतले उम्मेदवारी खारेज गर्दै नागरिकता लिने प्रक्रिया थाल्ने फैसला गरेपछि उनले मन्त्रीसहित सांसदको पद गुमाएका थिए । मन्त्री पद गुमाए पनि उनी अझैसम्म क्वार्टरमै बसेका छन् ।

Read More

काठमाडौँ – रास्वपाको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । निर्वाचन आयोगका सचिवलाई सो पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उम्मेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरू अवैध हुने भएकाले युवराज पौडेलले तत्काल पार्टी खारेजको माग गरेका हुन् । १ जना गैर नागरिक उपप्रधान तथा गृहमन्त्री हुँदा राष्ट्रिय गोपनीयता भङ्ग हुने कार्य भएको हुन सक्ने भएकाले राष्ट्रिय हितभन्दा बाहिर गई यस्ता कार्य भएको हुँदा रास्वपा खारेज गर्नुपर्ने उनको तर्क छ ।

Read More

  काठमाडौँ – राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीद्वारा आयोजित राष्ट्रिय दलित आयोगका पदाधिकारी एवम् कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधान, ऐन र कानूनलाई क्रियाशिल बनाउन राष्ट्रिय दलित आयोगको गठन भएको र आयोगको भूमिकालाई प्रभावकारी बनाउन र दलितसँग सम्बन्धित कानूनको कार्यान्वयनमा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै कानून कार्यान्वयनमा नेपाल प्रहरीले अझै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । दलित विरूद्ध दैनिक जसो घटना घटिरहेको भएता पनि मुद्दा दर्ता अत्यन्त न्यून रहेको बताउँदै राष्ट्रिय दलित आयोगका अध्यक्ष विश्वकर्माले पहुँच…

Read More

काठमाडौँ: मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल बिहीबार नेपाल आउने भएका छन् । हालै श्रम बजारमा ५ लाख श्रमिक भित्र्याउने जनाएको मलेसियाले नेपाली श्रमिक लैजाने विषयमा नेपाल सरकारसँग छलफल गर्ने भएको हो । शुक्रबार बिहान १० बजेदेखि श्रम मन्त्रालयको टोलीसँग यस विषयमा छलफल हुने भएको छ । गृहमन्त्री इजमाइल १५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेको श्रम मन्त्रालयका सहससचिव प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए। मलेसियाका गृह मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग छुट्टा छुट्टै भेटवार्ता गर्नेछन्। मलेसियाले खासगरी नेपाली सुरक्षा गार्ड लैजाँदै आएको छ। उनीहरुलाई नेपालमै तालिम दिने विषयमा गृह मन्त्रीसँग छलफल हुनेछ…

Read More