Author: Nisha Shrestha

काठमाडौँ – सरकारले कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप (बाइभलेन्ट) खोप फागुनको पहिलो साता नेपाल आउने जनाएको छ । कोभ्याक्सको काम गरिरहेको गाभी मार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउन लागेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । उनका अनुसार फागुन १ गतेदेखि ४ गतेसम्म आउने कार्यतालिका रहेको छ । छिमेकी देशमा चीनमा ओमिक्रोनको उपप्रजाति बी.एफ. ७ फैलिरहेकाले सरकारले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गर्दै आएको छ । विज्ञका अनुसार ओमिक्रोनका सबभेरिन्यटको सङ्क्रमणलाई रोक्न बाइभलेन्ट खोप बढी प्रभावकारी छ । खोपको पूर्ण मात्रा पूरा गरिसकेका…

Read More

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको बताएकी छन् । मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुनहरू निर्माणका लागि तत्काल संसदमा पेस गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सम्बद्ध सबै पक्षलाई आग्रह गरिन् । काठमाडौँको भृकुटीमण्डपमा मङ्गलवारबाट सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्न पनि निजी क्षेत्रलाई आह्वान गरिन् । उनले सरकारसँग सम्बन्धित निकायले पनि यस क्षेत्रको कामलाई अपेक्षित ढङ्गले अघि बढाउन नसकेको स्वीकार गर्दै त्यस काममासम्बन्धित सबैको ज्ञान, सीप र अनुभवको…

Read More

धनगढी – रुखबाट लडेर बैतडीमा वृद्धाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर १ नानरा भुगाडीका ७८ वर्षीय शालिभान धामीको रुखबाट लडेर मृत्यु भएको हो। मंगलवार बिहान स्याउला काट्ने क्रममा रुखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ।

Read More

धनगढी- दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका अध्ययनरत एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। गोदावरी नगरपालिका–१ अत्तरियामा बस्दै आएका बुद्धिसिंह बोगटीको करेन्ट लागेर मृत्यु भएको हो। उनको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ। डोटीको बोगटान फुड्सिल गाउँपालिका–६ पलाडी घर भई हाल बसन्तपुरमा बस्दै आएका बोगटीको घरको छतमा फोनमा कुरा गर्दै गर्दा थ्रिफेज लाईनमा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।

Read More

काठमाडौं – प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक बसिरहेको छ । सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा समितिको बैठक बसिरहेको हो । बैठकमा ७ फागुनमा पर्ने प्रजातन्त्र दिवस मनाउने विषयमा केन्द्रित रहेको छ । राष्ट्रियस्तरमा हरेक वर्ष ७ फागुनमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ । ७ फागुन २००७ मा तत्कालीन राजा त्रिभुवनले १०४ वर्षदेखि रहेको जहाँनियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र घोषणा गरेका थिए ।

Read More

काठमाडौं – नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै संघीय संसद् सचिवालयमा पुगेर उपाध्यक्ष अर्यालले पदभार ग्रहण गरेकी हुन्। उपाध्यक्ष अर्यालले हस्ताक्षर गरेको पहिलो निर्णयमा संघीय संसदमा महिला सदस्यका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने उल्लेख छ। अर्यालले केही बेर अगाडि शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

Read More

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थिति थियो । यस्तै, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीको पनि सहभागिता थियो । उपाध्यक्ष अर्याल सोमबार मात्रै उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँले आजै आफ्नो पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

Read More

काठमाडौँ – राष्ट्रपति पदको निर्वाचन तयारीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । मङ्गलवार बिहान सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस क्रममा ओलीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन नसक्ने भन्दै एमालेका उम्मेदवारलाई निर्वाचित गराउनका लागि अभियान थाल्नुपर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले भने सकेसम्म एमालेकै वा अरू जोसुकै भए पनि राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएको स्रोतले जनाएको छ । सोमबार पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्ने भन्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र ओलीसँग एकसाथ छलफल गरेका थिए…

Read More

काठमाडौं – नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बुधबार विशेष पत्रकार सम्मेलन गर्दैछन् । बुधबार दिउँसो १ बजे काठमाडौँको जमलस्थित नाचघरबाट समसामयिक राजनीतिक विषयमा छलफल गर्न पत्रकार सम्मेलन गर्ने जनाइएको हो । समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलन गर्न लागिएको पार्टीका एक नेताले बताए । ‘अहिलेको पछिल्लो राजनीतिक घटनाक्रम र बन्दी रिहा र मुद्दा फिर्ताको विषयमा जानकारी गराइने छ’ ती नेताले भने, ‘पछिल्लो पार्टी बैठकका निर्णय समेत सार्वजनिक गरिने छ ।’ सोही पत्रकार सम्मेलनमा विप्लवले पार्टीले अख्तियार गर्ने नीतिका विषयमा समेत जानकारी दिने बताएको छ । पत्रकार सम्मेलनमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित सचिवालय, पोलिटब्युरो र केन्द्रीय सदस्य समेत सहभागी हुने भएका…

Read More

काठमाडौँ- अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघकी आयुक्त जुट्टा उर्पिलाइनेन नेपाल आउने भएकी छन्। उनी एक दिने भ्रमणका लागि २६ माघमा काठमाडौं आइपुग्ने नेपालस्थित युरोपेली संघको दूतावासले जनाएको छ । आयुक्त उर्पिलाइनेनले काठमाडौँमा शीर्ष राजनीतिक नेतृत्वसँग भेट गर्ने र केही महत्वपूर्ण विषयहरुमा सम्झौता गर्ने कार्यक्रम रहेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएपछि युरोपबाट हुन लागेको यो पहिलो उच्चस्तरको भ्रमण हो । केही दिनअघि अमेरिकी उप-विदेश मन्त्री काठमाडौं आएकी थिइन्। यसै साताभित्र अमेरिकी परियोजना युएसएआईडीकी प्रमुख तथा अमेरिकी सुरक्षा समितिकी सदस्य समन्था पावर पनि नेपाल आउने कार्यक्रम रहेको छ । अमेरिकाबाट एकपछि अर्को उच्चस्तरीय भ्रमण भइरहेको अवस्थामा युरोपेली संघबाट…

Read More