Author: Nisha Shrestha

काठमाडौं – परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गर्नुभएको छ । उनलाई श्रीलङ्काको बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री पौड्याल आज साँझ श्रीलङ्काका लागि नेपाली राजदूत वासुदेव मिश्रले आयोजना गर्ने रात्रि भोजमा सहभागी हुनेछिन् । सो अवसरमा उनले श्रीलङ्कामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । भोलि शुक्रबार श्रीलङ्काका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने माघ २१ गते श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबद्र्धधनेसँग शिष्टाचार भेटवार्ता गर्नेछिन् । परराष्ट्रमन्त्री पौड्याल माघ २२ गते स्वदेश फर्कने…

Read More

काठमाडौँ: रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले भने, ‘बैठक आजै साँझसम्ममा बस्छ ।’ रास्वपाले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २४ घण्टाभित्र गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । तर, अल्टिमेटम दिएको ७२ घण्टा बितिसक्दा पनि उसले ठोसरूपमा केही निर्णय गरेको छैन । यसैबीच रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो । नागरिकता विवाद सम्बन्धमा परेको मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्च अदालले गत माघ १३ गते पार्टी सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेसँगै रिक्त रहेको गृहमा पुन: उनै फर्किने जोड गरिरहेका छन् ।…

Read More

काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको कार्य समिति बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरूसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ। बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेको बताए। उनले संसद भित्रको व्यस्तताका कारण केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको बताए। उनले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका बारेमा अरू राजनीतिक दलहरुसँग छलफलका क्रममा कांग्रेस रहेको बताए।  ‘नेपाली कांग्रेस…

Read More

धनगढी- कैलालीको धनगढीमा एक युवक कुटिएका छन्। बुधवार धनगढी बजारमै एक युवकमाथि सामूहिक आक्रमण भएको हो। धनगढी उप महानगरपालिका वडा नम्बर ५ शिवनगर बस्दै आएका बसन्त जेठारामाथि आक्रमण भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढीको कभर्ड हल नजिकै जेठारामाथि आक्रमण भएको हो।अहिले जेठारामाथि आक्रमण गर्ने समूहका निषेध धामीलाई प्रहरीले पक्राउ गरेको र अन्य ९ जना फरार रहेको बताइएको छ। धामीसहित १० जनाको समूहले जेठारामाथि आक्रमण गरेका थिए। जेठाराले आफूमाथि बिना कारण कुटपिट भएको बताएका छन्। उनले आफू एक्लै सडकमा हिडिरहेको बेला उनीहरुको बोलाएको र आफूले के हो भाई ? भनेर जवाफ फर्काउदा एक्कासी आक्रमण गरेको दाबी…

Read More

काठमाडौँ – मुस्लिम आयोगले मधेसी आयोगलाई मुस्लिमलाई पुनः मधेसीकै रूपमा सिफारिस पाउनको लागि आवश्यक व्यवस्थापन गरिदिन अनुरोध गरेको छ । मुस्लिम आयोगले मधेसी आयोगलाई एक पत्र पठाउँदै मधेसी आयोगले मुस्लिमलाई मधेशीको सूची बाट हटाएपछि मुस्लिमहरूले मधेशीको सिफारिस पाउन अवरोध देखिएको भन्दै सो अवरोधलाई हटाइदिन अनुरोध गरेको हो । मधेसी आयोग द्वारा प्रकाशित ‘मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ मा १४९ जात सहित थारु र मुस्लिम लाई पनि मधेशीको रूपमा सूचीकृत गरिएको थियो । प्रतिवेदन राष्ट्रपति समक्ष पेस भएपछि मुस्लिम र थारु आयोगका पदाधिकारीहरूसहित सो समुदायका विभिन्न सङ्घ(संगठनहरुले मधेसी आयोगको सो निर्णय प्रति व्यापक विरोध गरेपछि आयोगले मङ्सिर २० गते…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन् । आफू अभिमन्यु नभएको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो ।’

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संँग गैरआवासीय नेपाली महासङ्घ (एनआरएनए) अष्ट्रेलियाका महासचिव राजु अधिकारीले भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार आज भएको भेटमा प्रधानमन्त्री दाहाललाई महासचिव अधिकारीले नेपाली श्रमिकलाई अष्ट्रेलिया लैजाने विषयमा अवगत गराउनुभएको थियो । भेटपछि महासचिव अधिकारीले भन्नुभयो, “अष्ट्रेलियास्थित नेपाली राजदूतावासमा जनशक्ति कम हुँदा नेपालीहरुले समस्या भोग्नु परेको समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएँ । प्रधानमन्त्रीले समस्या समाधानमा पहल गर्छु भन्नुभएको छ ।” नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल तथा नेपालका लागि अष्ट्रेलियन राजदुत फेलिसिटी भोकसँग पनि महासचिव अधिकारीले भेटवार्ता गर्नुभएको थियो । भेटमा महासचिव अधिकारीेले महासङ्घले उठाएका…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गर्ने बताएका छन् । आज ललितकला गुठी काठमाडौँको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललितकला प्रतिष्ठानले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित र परिचित गर्ने काम गरेको बताए । उनले प्रतिष्ठानले देशमा मात्र नभई ललितकलाको माध्यमबाट विदेशमा पनि नेपाललाई चिनाएको बताए । उनले ललितकला प्रतिष्ठानले संस्थागत स्वरूप ग्रहण गरेकोमा खुसीसमेत व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानलाई ललितकला सम्बन्धी कुनै समस्या र चुनौती भए लिखित रूपमा आफूलाई दिन आग्रह गर्दै आफूले प्रतिष्ठानको संरक्षण र संवर्द्धनका लागि आवश्यक पहल गर्ने बताए ।

Read More

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-६ कसरौलका २६ वर्षीय वीरबहादुर रानाले कृषि प्राविधिक पढेर घरमै च्याउ फार्म सञ्चालन गरी राम्रो आम्दानी लिँदै आएका छन् । पाँच वर्षअघि कृषि जेटिएको पढाइ पूरा गरेका उनले च्याउखेती गर्दै आएका हुन् । बाह्रैमहिना च्याउ उत्पादन गर्दै आएका उनले फार्म सञ्चालनका लागि सात लाख लगानी गरेका छन् । यसका लागि पाँचवटा प्लास्टिक टनेल बनाइएको छ । ‘कृषि प्राविधिकको पढाइ पूरा गरेपछि सुरुमा ५० हजार लगानी गरी एक टनेलमा मात्रै च्याउ उत्पादन गर्न सुरु गरेको थिएँ’, उनले भने, ‘उत्पादन राम्रो भएपछि लगानी र फार्म बढाइरहेको छु ।’ उनले दैनिक ५० किलोभन्दा बढी च्याउ बिक्री गर्दै आएका छन् । स्थानीय…

Read More

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय रास्वपाले पाउने सहमति रहेको बताएका छन्। आज विराटनगर विमानस्थलमा संवाददातासँग कुरा गर्दै ओलीले गृह मन्त्रालय रास्वपाले पाउने सहमति सत्ता गठबन्धनमा पहिला नै भएको र अहिले पनि त्यो कायम रहेको बताए। ओली नेपाल उद्योग परिसंघ (सिआइएन) प्रदेश १ ले गरेको कोसी एक्स्पोको उद्घाटन गर्न आज विराटनगर पुगेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह मन्त्रालय रास्वपालाई नदिने पक्षमा हुनुहुन्छ नि भन्ने प्रश्नमा ओलीले सत्ता गठबन्धन यसअघि भएको सहमतिमा दृढ रहेको बताए। ओलीले भने, ‘पहिला रविजी गृह मन्त्री हुनुभयो। गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको हो। अब उहाँहरू कसलाई गृहमन्त्री बनाउनु हुन्छ,…

Read More