Author: Nisha Shrestha

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको पद जोगाउन एमाले नेतृत्व सक्रिय भएको छ। बिहीबार मुख्यमन्त्री रावलले विश्वासको मत नपाए उनी नेतृत्वको सरकार ढल्ने भएपछि एमाले नेतृत्व सक्रिय भएको हो। रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। जुन बिहीबार अन्तिम दिन हो। मुख्यमन्त्री नियुक्त हुँदा साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि रावल नेतृत्वको सरकार सङ्कटमा परेको छ। ५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ। प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०,…

Read More

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएको छ । रावलले बिहीबार विश्वासको मत लिने तय भएको छ । तर सरकार गठन गर्ने बेला अन्तिम समयमा साथ दिएको नाउपाले विश्वासको मत नदिने बताएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भनिन्, ‘हाम्रो माग सम्बोधन नहुने भएपछि हामीले विश्वासको मत नदिने निर्णय गरेका छौँ ।’ बुधबार विश्वासको मत दिने कार्यक्रम स्थगित गरेर एमाले नेताहरुले बुधबार नाउपा नेताहरूसँग छलफल गरेका थिए । तर कुनै सहमति हुन सकेन । प्रदेशसभाबाट आज विश्वासको मत पाएनन् वा लिएनन् भने रावल स्वतः पदमुक्त हुनेछन् । त्यसपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार…

Read More

बैतडी – बैतडीको पाटन नगरपालिका–६ स्थित जवरजल ढ्वानी भिरमा डडेल्धुराका एक युवकको शव १९ माघमा फेला पर्‍यो। शव भेटिएपछि लडेर मृत्यु भएको हुनसक्ने आंकलन गरिएको थियो। मृतक डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का २० वर्षीय पदम अवस्थी हुन्। मृतकको खल्तीमा प्रहरीलाई दिन तयार पारिएको निवेदन र १० हजार रकमको चेक भेटिएकाले घटना शंकास्पद देखिन्छ। चेक २३ गतेका लागि काटिएको खुलेको छ भने निवेदनमा उल्लेख भएको कुराबारे प्रहरीले केही बताएको छैन। शव फेला परेको एक हप्ता हुन लागेको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। मृतकको सम्पर्कमा आएका व्यक्तिहरुलाई सोधपुछको काम भइरहेको प्रहरीको भनाइ छ। अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा भने नलिएको जिल्ला प्रहरी…

Read More

काठमाडौँ – सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा विश्वासको मत लिन बोलाएको बैठक सरेको छ। रावलले विश्वासको मत लिने अन्तिम दिनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति हुन नसकेपछि बेलुका ५ बजेसम्मका लागि बैठक सरेको हो। सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन्। केही दिनअघि काठमाडौँ आएका उनीहरू अहिले पनि काठमाडौँमा वार्ता र छलफल गरिरहेका छन्। बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका उनीहरूले आज बिहान पनि छलफल गरेका थिए। नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले भने, ‘हिजो बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा छलफल भयो। अहिले पनि हाम्रो पार्टीका संरक्षक रेशम चौधरीसँग छलफल हुँदैछ…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । संयन्त्रको बैठकको तयारीका लागि मङ्गलवार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको विषयमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी छलफल भएको थियो । नेताहरूका अनुसार सुदूरपश्चिम प्रदेश सरकारको विषयमा सत्तासाझेदार दलहरूका बीचमा सहमति जुटेको छैन । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ पार्टीका संस्थापक रेशम चौधरीसँग सल्लाह गर्न डिल्लीबजार कारागार पुगेकी छन् । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीसहितका नेताहरूको रिहाइलाई पहिलो सर्तका रूपमा अगाडि सारेको…

Read More

काठमाडौँ – अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा १ सय रुपैयाँले बढेर १ लाख ४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको भन्दा ५ रुपैयाँले घटेर आज प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो नै पूर्ण सुधार होइन । तर क्रमिकरुपमा सुधार भइरहेको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४सै घण्टा खटेर विमानस्थललाई सुन्दर बनाउने ब्यूटीसियनलाई विशेष धन्यवाद छ ।” बिहानै पुग्नुभएका मन्त्री किराँतीले विमानस्थलको सबै सेवाको सुधारबारे स्थलगत अनुगमन गर्नुभएको थियो । विमानस्थलको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्यूआर कोड सञ्चालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा उहाँको छ…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। स्थायी कमिटी बैठकले २२ सदस्सीय पदाधिकारीको टुंगो लगाएको भोलिपल्ट केन्द्रीय समितिको बैठक बस्ने भएको हो । आज साँझ ५ बजे भर्चुअल माध्यमबाट सुरु हुने बैठकका लागि केन्द्रीय सदस्यहरूलाई जुम आइडी दिइएको छ । सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन तथा स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रीय विभागको विभागीय जिम्मेवारी तोकेको घोषणा गर्ने कार्यसूची रहेको छ।

Read More

काठमाडौँ – राष्ट्रपति चुनावपछि जनमत पार्टी नेपाललाई थप एउटा मन्त्रालय दिने छलफल सुरु भएको छ । खानेपानी मन्त्रालयबाट असन्तुष्ट रहेको जनमत पार्टीले थप एउटा मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिँदै आएको छ । सुरुमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भएको थियो तर पछि खानेपानी मन्त्रालय दिँदा जनमत पार्टी असन्तुष्ट बनेको थियो । उक्त पार्टी केही दिन मन्त्रालयको कार्यभार सम्हाल्न नै गएन । प्रधानमन्त्री प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भएको छलफलपछि मन्त्रालयको कार्यभार सम्हालिएको थियो । प्रधानमन्त्री प्रचण्डले थप एउटा मन्त्रालय पछि मिलाउने आश्वासन दिएपछि जनमत पार्टी मन्त्रालय गएको हो । जनमत पार्टीका प्रवक्ता एवं खानेपानी…

Read More

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगेका छन्। आज (बिहीबार) बिहान ५:३० बजे विमानस्थल पुगेका मन्त्री किरातीले विमानस्थल सरसफाइ गर्ने मजदुरको तारिफ गरेका छन्। उनले भने, ‘दिनरात चौबिसै घण्टा खटेर देशको अनुहार (एयरपोर्ट) सफा बनाउने मजदुर (ब्युटिसियन)हरूलाई हार्दिक धन्यवाद १ आंशिक सुधार हुँदैछ, आशा गरौँ पूर्ण सुधार हुने नै छ। एयरपोर्ट मात्र होइन एक दिन यो देश नै सफा हुनेछ।’ अनुगमनका क्रममा उनले विमानस्थलको भित्री र बाहिरी कक्ष, शौचालय, आगमन कक्षको अवलोकन गर्दै व्यवस्थित र सुरक्षित राख्न निर्देशनसमेत दिएका छन् । मन्त्री भएपछि किराती पटक पटक विमानस्थलको अनुगमनमा गइरहेका छन्।

Read More