Author: Nisha Shrestha

काठमाडौँ – सोमबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज मंगलबार भने स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा नै कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Read More

काठमाडौँ – युएस एड(अन्तर्राष्ट्रिय सहयाेगका लागि अमेरिकी नियाेग) की प्रमुख सामन्था पावर मंगलबार काठमाडाैँ आइपुगेकी छन् । पुष्पकलम दाहाल ‘प्रचण्ड’ काे सरकार गठनपछि नेपाल भ्रमणमा आउने उनी पहिलाे विदेशी उच्च अधिकारी हुन् । पावरले आज प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री डा. विमला राई पाैडेल र अर्थमन्त्री विष्णु पौडेलसँग भेट्ने कार्यक्रम छ । पावरले नेपाल भ्रमणका क्रममा नागरिक अभियन्ताहरू, विभिन्न समुदाय, सरकारी अधिकारी र विद्यार्थीहरूसँग विभिन्न विषयमा अन्तर्क्रिया गर्नेछिन् । उनी अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी सदस्य पनि हुन्। सामन्था पावर अमेरिकी मन्त्रीसरहकाे मर्यादामा छिन् । युएस एडले जारी गरेकाे विज्ञप्तिमा नेपाल-अमेरिका सम्बन्धकाे ७५ वर्षकाे साझदारीका अवसरमा पावर नेपाल भ्रमणमा आएकी हुन् ।

Read More

काठमाडौँ – मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीलाई सरकारमा ल्याएर तेस्रो पटक मन्त्री मण्डल विस्तार गरेका छन् । उनले सोमबार माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारीलाई नियुक्त गरेका हुन् । उनिहरूले शपथ मंगलबार १ बजेलिने छन् ।

Read More

चितवन – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताउनुभएको छ । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पार्नुभएको हो । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।” राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उहाँको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उहाँको भनाइ छ । फरक प्रसङ्गमा बोल्दै उहाँले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र पूर्ण नहुने बताउनुभयो । लोकतन्त्र बिना विकास सम्भव नहुने भन्दै उहाँले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताउनुभयो…

Read More

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५७ अंकले उकालो लागेर दुई हजार एक सय दशमलव ६५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ अंकले उकालो लागेर चार सय दुई दशमलव शून्य एकमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । कूल ३९ लाख २२ हजार दुई सय १६ कित्ता शेयर रु एक अर्ब ४७ करोड ४१ लाख ६१ हजार छ सय ४५ मूल्यमा कारोबार भयो । कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ ।…

Read More

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको अस्थिर राजनीतिक घटनाक्रमले गर्दा विदेशी चलखेल र प्रभाव बढेको टिप्पणी गरेका छन्। सोमबार पार्टीको उपत्यका केन्द्रित सङ्गठनको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। स्थिरता, समृद्धि र परिवर्तनको निमित्त जनताले आफ्नो मतदानबाट छनोट गरेका राजनीतिक दलहरूले सत्ताको छिनाझम्टिमा आफूलाई केन्द्रित गर्नुबाट मुलुक थप सङ्कटग्रस्त बनेको भन्दै थापाले सत्ताको फोहोरी खेलमा लिप्त भई दलहरूबाट विदेशी प्रभाव र चलखेललाई आमन्त्रण गरिनु दुर्भाग्यपूर्ण भएको समेत बताए। आफू सत्तामा पुग्न र टिक्न विदेशी शक्तिको आशीर्वाद खोज्ने प्रवृत्तिको अन्त्य अहिलेको आवश्यकता भएको उनको जिकिर थियो। काम गरेर बाँच्न सकिने अवस्था नभएको, दिनप्रतिदिन अर्थतन्त्र कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त छलफल गरेका छन् । प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिलाई जोड दिइरहेको बेलामा ओली र देउवासँग संयुक्त छलफल गरेका हुन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा अहिले छलफल जारी छ । प्रधानमन्त्रीका प्रेस संयोजक मनहरी तिमल्सिनाले राष्ट्रिय महत्त्वको विषयमा अनौपचारिक छलफलका लागि शीर्ष नेताहरूलाई बोलाइएको बताए । सीमा व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्रीले उच्च पदस्थ अधिकारीहरूसँग छलफल गर्ने क्रममा ओली र देउवालाई पनि बोलाइएको हो ।

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका तीनमन्त्रीको राजीनामा स्वीकृत भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत गरिएको हो । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार राजीनामापछि रिक्त शिक्षा र श्रम मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तोकिएको छ। रास्वपाले हिजो सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यद्यपि सरकारमाथिको समर्थन भने कायमै राखेको छ ।

Read More

भैरहवा – भैरहवामा ट्रक, बस र कार एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । सडकमा बिग्रेर रोकिराखेको लु २ ख ६०६ नं को ट्रकमा ३ लु २ ख ६०३८ नं को बस र ग १ च ३७१३ नं को निजी कार ठोक्किँदा बसका चालक तनहुँ भीमाद नगरपालिका–५ का २१ वर्षीय हरिश तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । आज बिहान भएको दुर्घटनामा बसका कर्मचारी पश्चिम नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ का ३९ वर्षीय वासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दीपेश घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी…

Read More

काठमाडौँ – काठमाडौँको मिनभवन कमर्स क्याम्पसमा(एनसिसी) कलेजमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई पक्षबीच झडप भएको छ। आज सोमबार नेविसंघ एकाइ समितिले स्ववियु निर्वाचन गर्न बैठक डाकेको थियो। तर, बैठकको विषयमा नै विवाद हुँदा ढुंगा हानाहान भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार अहिले भने ढुंगा हान्नेक्रम रोकिएको छ। एकाइ अध्यक्ष अध्यक्ष सरोज तिमल्सिना र समितिका संयोजक भुवन भट्टबीच विवाद उत्पन्न हुँदा ढुंगा हानाहान भएको थियो। उनले भने, ‘अहिले यहाँ झडप रोकिएको छ। सामान्य विवाद भने कायमै छ।’ नेविसंघमा सभापति शेरबहादुर देउवा समूह र शेखर कोइराला-गगनकुमार थापा समूहबीच विवाद कायमै छ।

Read More