Author: Nisha Shrestha

काठमाडौँ: प्रदेश एकका मुख्यमन्त्री हिक्मतबहादुर कार्की र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीलाई बधाई र शुभकामना दिएका छन्। नेकपा एमालेबाट निर्वाचित कार्कीले प्रदेश सभामा पुस २९ गते विश्वासको मतसमेत पाइसकेका छन्।

Read More

दार्चुला —जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । चालीस कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ । क्षमताबन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुलाई बस्न समस्या भएको जिल्ला कारागारका जेलर रामराज पन्तले बताए । उनका अनुसार २५ पुरुष र १५ महिला कैदीबन्दी राख्न उक्त कारागार बनाइएको हो । ‘पच्चीस पुरुष कैदीबन्दी राख्ने ठाउँमा ६१ जना राख्नुपरेको छ’, उनले भने । यस्तै १५ महिला कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल तीन जनामात्रै छन् । हाल कारागारमा सबैभन्दा बढी जबरजस्ती करणी मुद्दाका १९ कैदीबन्दी छन् । कर्तव्य ज्यान मुद्दाका १४ पुरुष कैदी रहेको जेलर पन्तले बताए । यस्तै…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसँग बुधबार बालुवाटारमा छलफल गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष एवं उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन्। सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद बदर भएपछि उनले सम्हालेको गृह मन्त्रालय अहिले प्रधानमन्त्री प्रचण्डले आफैं राखेका छन्। नागरिकता पुन: प्राप्ति गरेका रास्वपा सभापति लामिछानेले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय आफूले नपाएका सरकारबाट बाहिरिने बताएका थिए। प्रधानमन्त्री प्रचण्ड भने अब गृह मन्त्रालय अरू दललाई नदिने पक्षमा छन्। फागुन २५ गते…

Read More

काठमाडौँ – अदालतमा गत आर्थिक वर्षमा अहिलेसम्मकै बढी रिट दर्ता भएका छन् । आर्थिक वर्षमा १२ हजार ५३ वटा रिट निवेदन दर्ताका भएका हुन् । उक्त निवेदनमा महान्यायाधिवक्ता कार्यालयले प्रतिनिधित्व गरेको छ । यी अघिल्लो आर्थिक वर्षबाट लगत सरेका समेत हुन्। सार्वजनिक सरोकारको विषयका रूपमा सरकार र सरकार मातहतका निकायविरुद्ध रिट निवेदन दर्ता गर्ने क्रम बढेको हो । आर्थिक वर्ष २०७५/७६ मा सरकारविरुद्ध १० हजार २७० रिट निवेदन दर्ता भएका छन् । त्यसपछि आर्थिक वर्ष २०७६/७७ मा घटेर ९ हजार ३३८ वटा रिट निवेदन परेका थिए। पछिल्लो पाँच वर्ष असाधारण क्षेत्राधिकारको प्रयोग गरेर अदालतमा रिट निवेदन ३८.६५ प्रतिशतले वृद्धि भएको…

Read More

काठमाडौँ– परराष्ट्रमन्त्री डा विमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरेकी छिन् । सो भेटमा नेपाल र बंगलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको थियो । सो अवसरमा राजदूत चौधरीले श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुने बङ्गलादेशी विदेशमन्त्री डा एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्रमन्त्री पौड्यालसँग अनुरोध गरेका थिए ।

Read More

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषमा भइरहेको भ्रष्टाचार बढेको र फोहोर व्यवस्थापनमा लापरबाही गरेकोबारे चासो लिएका छन् । मङ्गलवार कोषको कार्यालयमा पदाधिकारीसँग ब्रिफिङ लिँदै मन्त्री किरातीले विश्वले चिनेको पवित्र क्षेत्रमा ‘अपवित्र’ काम भएको भन्दै अनियमितता रोक्न निर्देशन दिए ।  पदाधिकारीलाई चेतावनी दिँदै मन्त्री किरातीले भने, ‘यति ठुलो र पवित्र तीर्थस्थलमा किन अपवित्र र फोहोरी काम भइरहेको छ ? यहाँ लाख होइन, लाखौँलाखको डिल कसरी भइरहेको छ ? यसको प्रमाणसहित पत्रकार सम्मेलन गर्न नपरोस् । विगत जे भयो, अब म हात जोडेर पशुपतिनाथसँग माफी माग्छु अव त्यस्तो नहोस् ।’ उनले लासमाथि पनि…

Read More

काभ्रेपलाञ्चोक – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा राजस्व परिचालनमा धेरै पछाडि परिएको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा नवनिर्मित बलराम-तारा प्रधान इनर्जी ल्याब भवनको आज उद्घाटन गर्दै गत आवको यही समयको राजस्व परिचालन दरको तुलनामा निकै पछाडि परिएको बताएका हुन् । ‘चालु आवमा राजस्व परिचालनमा हामी निकै पछाडि परेका छौँ, पुँजीगत खर्च जम्मा १४ देखि १५ प्रतिशतसम्म छ, यो गत आवको यहीँ समयको भन्दा निकै कम हो’, मन्त्री पौडेलले भने । यही अवस्थाबाट सुधार गर्ने अपेक्षा गर्दै उनले आउने वर्षको बजेट कसरी निर्माण गर्ने भन्ने चिन्ता रहेको बताए । उनले समग्र अर्थ क्षेत्रमा चुनौती रहेको उल्लेख…

Read More

काठमाडौँ– पोखरा विमान दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले दुर्घटनामा परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो । उनले परिवारको नमुना संकलन र छजना शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिए । यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ । काठमाडौँ ल्याएका ४८ मध्ये फरेन्सिक र फिङ्गर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो । पोखरामा २२ जनाको फरेन्सिक जाँच शव पहिचान गरिएको हो ।…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् । मङ्गलवार इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा उनले साझा अपनत्व ग्रहण हुने गरी काँग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको राष्ट्रपति बन्ने बताए । काँग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने बारेमा शर्माले विधिवत् छलफलपछि सम्भावित नाम र निर्णय सार्वजनिक हुने बताए । उनले भने, “हामीसँग योग्य नेतृत्व धेरै हुनुहुन्छ । अहिले मैले नाम भन्नु उचित हुँदैन । अब हामी बैठक बस्छौँ र सम्भावित उम्मेदवारको बारेमा छलफल गर्छौँ ।” नेपाली काँग्रेस लामो राजनीतिक इतिहास बोकेको पार्टी भएका कारण साना समस्याबाट विचलित नहुने उनको भनाइ थियो ।

Read More

धनगढी- धनगढीको एक कपडा उद्योगबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। मंगलवार बिहान धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित गौरीशंकर अल्लो कपडा उद्योगबाट ११ केजी बढी लागुऔषधसहित ४ जनालाई समातिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दार्चुलाको नौँगाड गाउँपालिका-२ स्थायी घर भएका उद्योगका संचालक ३४ वर्षीय नरेन्द्रसिंह धामीले संचालन गरेको उद्योगबाट ११ केजी ९०० ग्राम लागुऔषध बरामद गरिएको हो। जिप्रका कैलालीको टोलीले उद्योग संचालक धामीसहित दार्चुलाको नौँगाड २ का २० वर्षीय रुकुमसिंह धामी, बझाङ्ग केदारस्यु ७ का ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक २ घर भई कैलालीको बर्दगोरिया ४ बस्ने ३५ वर्षीय धनलाल कामीलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट…

Read More