Author: Nisha Shrestha

काठमाडौँ – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६२ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४५औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । सोही कार्यालयमा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी नायब महानिरीक्षक चौधरीले संगठनले प्रदान गरेको अवसरलाई सदुपयोग गरी तालिमपश्चात आफ्नो आचरण र व्यवहारमा सुधार गर्दै संगठनको छवि तथा गरिमा उच्च हुने गरी काम गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो । तालिमले व्यक्तिगत तथा व्यावसायिक…

Read More

काठमाडौं – तराई/मधेसमा बाक्लो हुस्सु/कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा अगामी केही दिन हुस्सु÷कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित निरन्तर हुनसक्ने उल्लेख गर्नुभयो । भिजिबिलिटी कमजोर रहेकाले बिहानैदेखि तराई क्षेत्रका सबैजसो विमानस्थलमा उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो । “तराईका विमानस्थलमा भिजिबिलिटी कम रहेकाले बिहानैदेखि उडान प्रभावित भएको छ । केही विमानस्थल १२ बजेपछि खुल्छन्की भन्ने प्रतिक्षामा छौँ । उडान प्रभावित हुँदा यात्रुलाई…

Read More

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अधिकारीहरू राष्ट्रपति कार्यालय, शितलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाइएको हो। आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम बुधबार घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको थियो। आयोगले नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ। यसैगरी आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने…

Read More

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। बुधबार तोलामा एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख एक हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो।…

Read More

काठमाडौं- प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक ०.२५ अंकले उकालो लागेको छ । यससँगै सूचक १८९७.३४ विन्दुमा आएको छ । १६ कम्पनीको १२ लाख ६० हजार ३९९ रुपैयाँको सेयर कारोबार भएको छ । कुल २ हजार ५४१ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने ५ को मूल्य घटेको छ र एक कम्पनी स्थिर छ । १३ उपसूचकहरूमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र दुई कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन।

Read More

काठमाडौँ । नेपाल पर्यटन बोर्ड र अष्ट्रियन राजदुतबीच भेटघाट भएको छ। बुधबार बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र अस्ट्रियन राजदूत विजर क्याथरिना सहितको टोलीबीचको भेटघाटमा मुलुकको संकट व्यवस्थापन र समग्र पर्यटनबारे छलफल भएको छ। भेटघाटमा समग्र पर्यटन र संकट व्यवस्थापनका विभिन्न विषयमा अन्तरक्रिया गरिएको बोर्डले जनाएको छ। बोर्डका प्रमुख कार्यकारी रेग्मीले नेपाल भ्रमणमा आउने पर्यटकलाई समस्यारहित भ्रमणका लागि सरकार र सम्बद्ध क्षेत्रसँग समन्वय गर्दै आएको बताए। उनले नेपाल र अस्ट्रियाको प्राकृतिक विविधतामा समानता रहेको उल्लेख गर्दै जलवायु परिवर्तनले पारेको असरका विषयमा साझा धारणा र वकालत आवश्यक रहेको जानकारी गराए। यसैगरी अस्ट्रियन राजदूत क्याथरिनाले पर्यटनमा संकट व्यवस्थापन महत्वपूर्ण कार्य भएको…

Read More

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज (विहीबार) सम्मानित गर्ने भएको छ । विहीबार अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो । तर, कोभिड महामारीका कारण सम्मान कार्यक्रम स्थगित भएको थियो । नेपालस्थित जापानको दूतावासले नेता पौडेललाई विहीबार उनको निवासमा एक कार्यक्रमबीच सम्मान गर्न लागेको छ । पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता…

Read More

जनकपुरधाम – धनुषामा मिलको फित्तामा बेरिएर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला बिहारी नगरपालिका ५ ललियाकी ४५ वर्षीया श्रीमती कालो देवी साह रहेकी छन् । बिहीबार बिहान स्थानीय रामअशिष मण्डलको मिलमा धान कुटाउन गएकी कालो देवीको फित्तामा बेरिएर घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनको शवलाई पोस्टमार्टको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Read More

काठमाडौं – भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न यहाँ आइपुग्नु भएको छ । उहाँ परिवारसहित घुम्न आउनुभएको हो । व्यवसायी पुनम यादवको निम्तोमा आउनुभएका अभिनेता ओबराय दश दिन नेपालमा रहनुहुने बताइएको छ । “पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नुभएको छ”, त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो । नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ । अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ ।

Read More

कैलाली – कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुग्नुभएको थियो । सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान खरिद सुरु गरेपछि १६ बिघामा लगाएको धान बिक्रीका लागि गर्भु टीकापुर गोदाम पुग्नुभएको हो । धान बिक्रीका लागि आउनुभएका उहाँ रातभर त्यहीँ बस्नुभयो । लाइनमा बस्नुभएका गर्भुको बुधबार पनि पालो आएन । “दुईवटा गोरु गाडामा धान ल्याएर आएको थिए । लाइन धेरै लामो रहेछ ।” उहाँले भन्नुभयो, “असोजमा भित्र्याएको धान बिक्री गर्न निकै सास्ती छ ।” जानकी गाउँपालिका–७ का हिक्मतबहादुर चौधरी पनि धान बिक्री गर्नका लागि दुई रात बिक्री…

Read More