Author: Nisha Shrestha

डोटी – नेपालमा सशस्त्र द्धन्दको समयमा नेपाली सेना देख्ने र भन्ने बित्तिकै सर्वसाधारण आम नागरिकहरू झसङ्ग हुने गर्दर्थे । तत्कालीन समयमा सहर भन्दा ग्रामीण बस्तीहरूमा नेपाली सेनाको पेट्रोलियम गल्ती चलेको समयमा सेना देख्ने बित्तिकै आम नागरिक तर्सिर्ने गर्थे सेनासँगको सम्बन्ध टाढाँको थियो तर पछिल्लो समयमा नेपाली सेनाले गर्दै आइरहेका विभिन्न सामाजिक कार्यले गर्दा नेपाली सेना र सर्वसाधारण बिचको सम्बन्ध नजिकको बन्दै गइरहेको पाइन्छ । डोटीको जोरायल गाउँपालिका ५ की ५९ वषिर्य खिमा देवी देउवा पहिले र अहिलेको नेपाली सेना फरक रहेको बताउँछिन् । उनी भन्छिन् २०५७,५८ साल तिर सङ्कटकालको समय थियो सेनाको गस्ती भइरहन्थ्यो आज यो बस्तीमा सेना आउदैछन भन्ने…

Read More

काठमाडौँ – चलचित्र ‘डिसेम्बर फल्स’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार साँझ आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा चलचित्रका केही महत्त्वपूर्ण दृश्यले प्राथमिकता पाएको छ । ट्रेलरमा आर्यन र उपासनाको रोमान्स, उमेर अन्तरका कारण आउने समस्या, उपासनाका लागि आर्यनको लडाई पनि देखाइएको छ । पुस १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र एक नर्सको जीवनमा आइपर्ने घटनालाई मुख्य केन्द्रमा राखेर तयार पारिएको चलचित्र हो । चलचित्रमा आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको छ । चलचित्रमा आर्यन र उपासना, शिवहरि पौडेल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राणा, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ । दीपक शर्मा, कोसिस…

Read More

एजेन्सी – मलेसियाको राजधानी क्वालालम्पुर नजिक शुक्रबार बिहान पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । यस घटनामा अहिलेसम्म ५० जनाभन्दा बढीको उद्धार गरिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दर्जनौं मानिस अझै बेपत्ता रहेको बताइएको छ । उनीहरुको खोजी कार्य जारी छ । मलेसियाको फायर डिपार्टमेन्टका अनुसार घटना मलेसियाको सेलान्गोर प्रान्तको राष्ट्रिय राजधानी क्षेत्र बाहिर बिहान करिब ३ बजे भएको हो । सडक छेउमा रहेको अर्गानिक फार्म दुर्घटनाको चपेटामा परेको छ । यो फार्मले मानिसहरूलाई यहाँ क्याम्पिङ गरेर बस्ने सुविधा दिन्छ । करिब १०० फिट उचाइबाट यो क्याम्पमा भग्नावशेष खसेको र करिब एक एकड क्षेत्रफलमा फैलिएको दमकल विभागका…

Read More

काठमाडौं – कुनै पनि औषधिको प्रयोग सही तरिकाले गरे फाइदा गर्छ । तर त्यही औषधिको प्रयोग गलत तरिकाले भएमा झनै बढी बेफाइदा गर्छ । त्यसैले कुनै पनि औषधिको प्रयोग चिकित्सकको सिफारिसमा मात्र गर्नुपर्ने हो । तर हामीकहाँ जथाभावी एन्टिमाइक्रोबियल अर्थात् प्रतिजैविक औषधिको प्रयोग गर्ने प्रवृत्ति छ । यसले जनस्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । साधारण औषधिको तुलनामा एन्टिबायोटिक र एन्टिमाइक्रोबियलजस्ता औषधिको जथाभावी प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर गर्छ । चिकित्सकले सिफारिस गरेको औषधिको पूरा डोज नखाने, औषधि पसलेले उमेर र तौलको अनुपातमा मात्रा मिलाएर औषधि दिन नसक्ने, कतिपय चिकित्सकले किटाणुको जाँच नगरीकनै यस्ता औषधि दिँदा समस्या हुने गरेको हो…

Read More

कञ्चनपुर – बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना७ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् । उनका अनुसार महेन्द्रनगरबाट दार्चुला गइरहेको बसले ठक्कर दिएको हो । बसचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्थे । घर सिसैयाबाट साइकलमार्फत कलेज आइरहेका उनी दुर्घटनामा परेका थिए । घटनाको विरोधमा आक्रोशित स्थानीयवासीले अहिले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका…

Read More

काठमाडौँ – नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर तोलाको ९९ लाख ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

बागलुङ – बागलुङमा वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष यहाँ कुल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट तीन हजार छ सय ५० मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष जिल्लाभर रु २० करोड सात लाख ५० हजारको सुन्तला उत्पादन भएकामा यस वर्ष अनुकूल हावापानीले गर्दा उत्पादन वृद्धि भएर चार हजार तीन सय ८०…

Read More

सलार्ही – सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ । यस क्षेत्रमा अचानक बिहीबारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको हो । दुई दिनअघिसम्म बिहान-बेलुका र रातको समयमा चिसो भए पनि दिनभर भने पारिलो घाम लाग्ने गरेको थियो । तर बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि मधेस प्रदेशको जनजीवन प्रभावित हुन थालेको छ । चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा र दीर्गरोगी बढी प्रभावित भएका छन् । छाप्रामा बस्ने अतिविपन्न तथा मजदुर परिवार ताता खानेकुरा र न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिन थालेका छन् । चिसो बढेपछि विपन्न समुदायको बाहुल्यता रहेको बस्तीमा समस्या सुरु…

Read More

धनगढी – धनगढी उपमहानगरपालिकाले प्लास्टिकका झोला प्रयोग गर्न निषेध गरेपछि व्यवसायी प्लास्टिकको विकल्प खोज्न थालेका छन् । नगर स्वच्छताका लागि भन्दै धनगढी उपमहानगरपालिकाले मंसिरदेखि प्लास्टिकका झोला बेच्न र सामान राखेर दिन बन्द रोक लगाएको छ । उपमहानगरले प्लास्टिकका झोला बन्द गरेपछि कपडाका झोला छपाउन दिएको व्यवसायी चन्द्र जैशी बताउँछन् । प्लास्टिकको सट्टामा कपडाको झोला बनाएर ग्राहकलाई सामान दिने तयारी गरेको उनले बताए । प्लास्टिकको सट्टामा प्रयोग हुने कपडाको झोला पुनः प्रयोग गर्न मिन्ले भएका कारण एक पटक ग्राहकलाई झोला दिँदा सो झोला धेरै पटकसम्म प्रयोग गर्न मिल्ने उनी बताउँछन् । बजार क्षेत्रमा ठेलामा घुम्ती व्यवसाय गर्दै आएका व्यवसायी पनि प्लास्टिकको…

Read More

काठमाडौँ – विश्वव्यापीकरणले गर्दा आप्रवासन वर्तमान समाजको स्वाभाविक र अभिन्न अंग बन्न पुगेको छ । व्यवस्थित आप्रवासनको माध्यमबाट मुलुकले विकास र सम्वृद्धि हासिल गर्न सक्दछ । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, २०२२ को अवसरमा सम्बद्ध सबैमा श्रममन्त्री शेर बहादुर कुँवरले शुभकामना व्यक्त गरेका छन् । आफ्नो शुभकामना सन्देशमा उनले भनेका छन्, “वैदेशिक रोजगारीका क्रममा निधन भएका आप्रवासी श्रमिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु र अत्यन्त कठीन परिस्थितिमा पनि आप्रवासनमा रहेर नेपालको आर्थिक र सामाजिक विकासमा पुर्याउनु भएको योगदानको उच्च प्रसंशा गर्दै धन्यवाद दिन चाहन्छु ।” शुभकामना सन्देशमा भनिएको छ, “रोजगारीको लागि हुने आवागमन र परिश्रम गरेर…

Read More