Author: Nisha Shrestha

काठमाडौँ – आज नेपाली बजारमा सुनको भाउ ३ सय रुपैयाँले घटेको छ । हिजो तोलामा तोलामा प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सय रुपैयाँले घटेर १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सय रुपैयाँले नै घटेर ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन १ लाख रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको तोलामा १० रुपैयाँले घटेर तोलामा १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

म्याग्दी – मालिका गाउँपालिका–६ रातो ढुङ्गामा निर्माणाधीन सबस्टेशन अझै बनेको छ । चार वर्ष अघि नै सम्पन्न हुनुपर्ने ३३-११ केभी क्षमताको सब स्टेसन अझै पूरा नभएको हो । सबस्टेशन निर्माणमा भएको ढिलाइले जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार तथा विद्युत् आपूर्ति प्रभावित भएको मालिका–६ दुखुका ओमकार रोकाले बताए । पचासी प्रतिशत भौतिक प्रगति भएको आयोजना मिलन चोकदेखि रातो ढुङ्गा जोड्ने प्रसारण लाइनको खम्बा गाड्न र तार तान्ने क्रममा विवाद भएपछि रोकिएको आयोजना प्रमुख बोधराज ढकालले बताए । “सबस्टेशनभित्र संरचना बनाउने र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ, छ सयमध्ये तीन ठाउँमा…

Read More

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकारसँग विभिन्न कोषमा रहेको रकम बजारमा ल्याउन आवश्यक रहेको औँल्याएका छन्। उनले विश्वव्यापी रूपमा अर्थतन्त्रमा परेको असरले नेपालका बैङ्क वित्तीय क्षेत्र, उद्योग व्यवसायी मात्र नभएर सहकारी क्षेत्रमा समेत असर परेको बताए। गृहमन्त्री खाँणले भने, ‘राज्यको विभिन्न कोषमा रहेको रकम खर्च गरेर बजारमा ल्याउने र त्यो रकमको सदुपयोगितामा संवेदनशील हुने हो भने पनि केही हदसम्म समस्या समाधान हुन सक्छ। सहकारी अभियानको पछिल्लो मागको विषयमा सरकार संवेदशनशील हुन आवश्यक छ ।’ सहकारीमा वर्तमान समयमा देखिएको समस्याको सहजीकरण गर्न राष्ट्रिय सहकारी महासङ्घद्वारा गठित उपसमितिको आयोजनामा आइतबार महासङ्घ, राष्ट्रिय सहकारी बैङ्क र…

Read More

धनगढी – धनगढीमा नक्कली नोटसहित एक भारतीय पक्राउ परेका छन्। आइतबार साँझ धनगढी उपमहानगरपालिका–१ पशुपती टोलबाट ५ सय रुपैयाँ दरका ९ थान नक्कली नोटसहित भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत पलिया बस्ने ३६ वर्षीय कमलेश गुप्ता (ब्रिजेस) रहेका छन्। पशुपति टोलस्थित जय श्री चण्डिका ट्रेडस एण्ड सप्लायर्समा रक्सी खरिद गर्न भनि आएका उनले उक्त नक्कली नेपाली नोट ल्याएको भन्ने जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। यस्तै अहिले म्याद थप गरेर उनीमाथि अनुसन्धान गरिरहेको पनि जनाएको छ।

Read More

– खगेन्द्र गिरी `कोपिला´ राणा शासनका अन्तिम र २००७ सालको परिवर्तनपछिका प्रथम प्रधानमन्त्री मोहन शमशेर राणाका नाति पशुपति शमशेर राणालाई राप्रपाले आफूले पाएको समानुपातिक सांसदका सात आसनमध्ये एकमा सङ्ख्या क्रम १ मा नाम राखेर छाने छ। अहिलेको संसदमा उहाँ जत्तिको लामो संसदीय अनुभव भएको व्यक्ति अर्को कोही छैन। संभवत: उहाँ चित्रबहादुर गौतमपछि प्रतिनिधि सभाको सबैभन्दा बुढो सदस्य हुनुहुन्छ। नेपालको संसदीय इतिहासमा सबैभन्दा लामो संसदीय अनुभव बालाराम घर्तिमगरको छ। उहाँ पञ्चायत कालमा २८ वर्ष र बहुदल आएपछि ९ वर्ष गरि जम्मा ३७ वर्षसम्म संसदको सदस्य हुनुभएको थियो। त्यसपछि दोश्रो लामो संसदीय अनुभव पशुपति शमशेर राणाकै छ। राणा पञ्चायत कालमा १६ वर्ष…

Read More

काठमाडौँ- प्रि-ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले घटेको छ । यससँगै सूचक १८८४.२१ विन्दुमा आएको छ । १२ कम्पनीको १३ लाख ६९ हजार ९२४ रुपैयाँको सेयर कारोबार भएको छ । कुल एक हजार ८७६ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीको भाउ बढेको छ भने ५ को मूल्य घटेको छ र २ कम्पनी स्थिर छन् । १३ उपसूचकहरूमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र ४ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

Read More

गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकाले पहिलो कार्यपालिकाको बैठकबाट मुख्य चार निर्णय गरेको थियो । सदरमुकामसहितको नगरपालिका भएकोले सबै गुल्मेलीको गुल्मी अस्पतालमा मिर्गाैलासम्बन्धी निःशुल्क उपचार, आँखासम्बन्धी नगरपालिकाका नागरिकको निःशुल्क उपचार, जन्मदर्ता, विवाहदर्ता र मृत्युदर्तासम्बन्धीको सेवा घरमै पुगेर गर्ने र पशुपालन क्षेत्रलाई प्रभावकारी बनाउन ‘एआई’ कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय भएका थिए । पहिलो कार्यपालिकाका यी चार निर्णय र अन्य काम अहिले रेसुङ्गा नगरपालिकाले अभियानकै रुपमा गरिरहेको छ । गत हप्ता नगरपालिकाका ४६ आँखाका बिरामीले नेत्रज्योति सङ्घमार्फत निःशुल्क उपचार पाउनुभयो । आँखाको ज्योति गुमेका उहाँहरुले नगरपालिकाको सहयोगमा मोतियाविन्दुको शल्यक्रियापछि सुन्दर संसार देख्ने अवसर पाएको अनूभूति गर्नुभयो । योसँगै पहिलो कार्यपालिकाका निर्णय कार्यान्वयन…

Read More

पाल्पा – पाल्पा जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष जिल्लामा ३२ हजार १९ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभयो । जिल्लामा यस पटक आठ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको हो । “उत्पादन लिने समय केही ठाउँमा रोग किराको महामारीका बाबजुत धेरै ठाउँमा उत्पादकत्वमा वृद्धि र यस वर्ष क्षेत्रफल विस्तार भएकाले उत्पादन बढेको छ”, उहाँले भन्नुभयो, “धान स्याहार्ने समयमा धान बालीलाई रोग किराले सताउँदा पनि उत्पादनमा सोचेभन्दा कम असर परेको छ ।” गत वर्ष जिल्लामा आठ हजार दुई सय छ हेक्टर क्षेत्रफलमा ३१ हजार चार…

Read More

जनकपुरधाम – धनुषामा एक महिलाको बीभत्स हत्या भएको छ । आइतबार राति घरमा सुतिरहेको अवस्थामा बटेश्वर गाउँपालिका ५ शान्तिपुरस्थित २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरको काव्या हस्पिटल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए । उनका अनुसार घटनाबारे अनुसन्धान सुरु भएको छ । रितादेवीको हत्याको समयमा उनका श्रीमान् वीरेन्द्र अर्को घरमा सुतेका थिए । हत्या गर्नुअघि घरको बिजुलीको लाइन काटिएको थियो । हत्या आरोपमा रीताका श्रीमान वीरेन्द्र यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Read More

सिरहा – सिराहा प्रहरीले जिल्लाको उत्तर वर्ती धनगढीमाई नगरपालिका– १२ कुसमाहा खुट्टीखोलाक्षेत्रबाट प्रतिबन्धित गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा भगवानपुर गाउँपालिका– ४ का ४४ वर्षीय शिवनाथ मण्डल, ५५ वर्षीय बेचु मण्डल र सप्तरीको बोदेबर्साइन नगरपालिका– ९ का ४८ वर्षीय रामकुमार साह छन् । सिराहा प्रहरीका अनुसार उनीहरूले चार वटा प्लास्टिकको बोरामा प्याक गरिएको ९२ किलो गाँजा बोकेर उत्तरबाट दक्षिणतिर आउँदै थिए । पक्राउ परेकाहरू विरुद्ध प्रहरीले लागू औषध मुद्दामा सिराहा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको सिरहा प्रहरीले जनाएको छ ।

Read More