Author: Nisha Shrestha

पोखरा – बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुध्द एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय गर्न लागेको हो । यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि निवेदन दिएको छ । “पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि हामीले तयारी सुरु गरिसकेका छौँ, सबै तालमेल मिले पहिलो अन्तर्राष्ट्रिय उडान बुध्द एयरबाट हुनेछ”, बुध्द एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भन्नुभयो । पोखरा विमानस्थलबाट बुध्द एयरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको छ । पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय…

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रको विकास रहेको बताउनुभएको छ । भैरहवामा आजदेखि सुरु भएको आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री खाँणले यो सरकारले उद्योगी व्यवसायीको विषयलाई गम्भीरताका साथ लिएको बताउँदै नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रलाई अझै चलायमान बनाएर यो क्षेत्रको विकास गर्नु हो भन्नुभयो । गृहमन्त्री खाँणले सिद्धार्थमण्डपको व्यवस्थापन नगरपालिकाले गरे बजेट व्यवस्थापन सरकारले गर्ने आश्वासन दिनुभएको छ । सिद्धार्थनगरको सुखदुःखमा साथ रहने प्रतिबद्धतासँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक विकासको केन्द्र बन्ने खाणको भनाइ छ । भविष्यमा विमानस्थलले आम नागरिकको जीवनमा परिवर्तन ल्याउने उहाँको अपेक्षा थियो ।

Read More

काठमाडौं  – प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । आज पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको बताएका हुन् । “त्रिभुवन विश्वविद्यालयले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको छ”, प्रधानमन्त्री देउवाले भने, “ नेपालमा उच्च शिक्षा प्रवद्र्धन र विकासमा मुलुककै जेठो तथा अग्रणी विश्वविद्यालयको रुपमा रहेको यस विश्वविद्यालयले पु¥याएको योगदान हामी सबैका सामु जगजाहेर छ । आज मुलुकको राजनीतिक र प्रशासकीय नेतृत्व सम्हाल्ने अधिकांश जनशक्ति…

Read More

काठमाडौं – चलचित्र विकास बोर्डले विश्वकप फुटबल देखाउने सिनेमा हललाई कारबाही गर्ने भएको छ । केही सिनेमा हलले २३ मंसिरदेखि विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलका खेल देखाउने घोषणा गरेपछि विकास बोर्डले ध्यानाकर्षण पत्राचार गर्दै चलचित्र प्रदर्शन गर्न दिइएको इजाजतपत्रमा उल्लेख भएबमोजिमका सर्तमा मात्र प्रदर्शन गर्न सूचित गरेको छ । चलचित्र प्रदर्शन गर्न दिइएको ईजाजतपत्रको अनुसूचि ७ मा व्यवस्था भएअनुसार हल सञ्चालन नभए नियमानुसारको कारबाही हुने बोर्डले चेतावनी दिएको छ । बोर्डले शुक्रबार ७७ रै जिल्ला प्रशासन कार्यालयहरू र चलचित्र संघलाई बोधार्थसहित पत्राचार गरेको छ।

Read More

काठमाडौं – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानूनले दिएको अधिकार र अवसरबाट महिलालाई राजनीतिमा वञ्चित गर्न नहुने बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आज आयोगले आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा लैङ्गिकता र समावेशीता’ विषय अन्तक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनसम्बन्धी कानुनहरू तुलानात्मकरूपमा महिलामैत्री भए पनि व्यवहार अझै भेदभावपूर्ण रहेको बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिता र आयोगका नीति एवं निर्णयबमोजिम मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुनै महिलामाथि हिंसा भएमा उजुरी दिन भनिएकामा औपचारिकरूपमा उजुरी प्राप्त नभएको बताउयनुभयो । यद्यपि राजनीतिमा लागेका महिलामाथि हिंसा कायम रहेको उहाँको भनाइ छ ।…

Read More

काठमाडौं – ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले राजनीतिक भ्रष्टाचार नियन्त्रण पेचिलो बन्दै गएको बताएकी छिन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । सर्वेक्षणले भ्रष्टाचार संस्थागत हुँदै गएको देखाएको उल्लेख गर्दै प्रधानाङ्ग भन्छिन्- ‘मन्त्रिपरिषदले गरेको निर्णय अख्तियारले छानबिन गर्न नपाउँदा ठूला निर्णय मन्त्रिपरिषदबाट हुने गरेका छन् ।’ निर्माण कार्य र सार्वजनिक खरिदमा हुने भ्रष्टाचार विरुद्ध राज्यले थप कडाइ गर्न जरुरी रहेको उनले बताइन् । उनले भनिन्-‘ओम्नी, सेक्युरिटी प्रेस र वाइडबडी जहाज प्रकरणमा भएको भ्रष्टाचारबारे अख्तियारले छिटो निर्णय गर्नुपर्छ ।’

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशसभा सदस्यमा ३२ सिटका लागि भएको निर्वाचनमा एक सय ११ जना उम्मेदवारको जमानत जफत भएको छ । कूल सदर मतको दश प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था रहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा लोकतान्त्रिक वाम–गठबन्धन, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टीका साथै स्वतन्त्र उम्मेदवार प्रदेशसभा सदस्यका लागि उम्मेदवार थिए । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार प्रदेशसभा सदस्यका ८२ जना उम्मेदवारको भने जमानत जफत हुनबाट जोगिएको छ । प्रदेशसभामा एमाले, नेकपा (माओवादी केन्द्र)लगायत प्रमुख राजनीतिक दलका उम्मेदवारकोसमेत जमानत जफत…

Read More

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माणका लागि आयोगले चार खम्बे रणनीति अवलम्बन गरेको बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले संविधानले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माणका लागि उपचारात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासको चार खम्बे रणनीतिलाई आयोगले अवलम्बन गरिरहेको स्पष्ट पारे। भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिबद्ध रहँदै आएको बताउदै आयोगमा आएका उजुरीउपर तथ्य प्रमाणको आधारमा प्रभावकारी अनुसन्धान एवम् अभियोजनको काम भइरहेको जानकारी दिए । भ्रष्टाचारविरुद्ध कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायको समन्वयात्मक प्रयत्न…

Read More

महेन्द्रनगर – सुदूरपश्चिमको प्रदेशसभामा दोस्रो कार्यकालका लागि विभिन्न छ राजनीतिक दलको प्रतिनिधित्व हुँदैछ । हालै सम्पन्न चुनावको नतिजाअनुसार दोस्रो कार्यकालमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभामा आफ्नो प्रतिनिधित्व यथावत राख्दा जनता समाजवादी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी भने बाहिरिएका छन् । निर्वाचन आयोगको तथ्याङ्कअनुसार नागरिक उन्मुक्ति पार्टी र राप्रपाले पनि प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन् । पहिलो कार्यकालमा यी दुई दलको प्रदेशसभामा प्रतिनिधित्व थिएन । त्यसबखत प्रत्यक्ष निर्वाचित चार सदस्यसहित १२ सदस्यको प्रतिनिधित्व रहेको नेपाली कांग्रेसबाट दोस्रो चुनावपछि प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ सात गरी १९ सदस्य प्रदेशसभा निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र)बाट प्रत्यक्ष निर्वाचित…

Read More

बुटवल  – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा संघीयताको औचित्य नभएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले हालको नेता व्यवस्थापन संघीयताभन्दा जनताको समानुपातिक संघीयता आवश्यक भएको औल्याए । उनले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरूको औचित्यमाथि समेत प्रश्न उठेको भन्दै पछिल्लो समय राज्यको आर्थिक संकटले मुलुकको अवस्था निकै कमजोर भएको र राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्ने उल्लेख गरे । महासचिव विप्लवले अब संघीयता देशले धान्न नसक्ने भएकाले विशेष आर्थिक नीतिको खाँचो औँल्याए । उनले ४ मंसिरको निर्वाचनको औचित्य पुष्टि नभएको पनि टिप्पणी गरे…

Read More