Author: Nisha Shrestha

काठमाडौँ – एक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिएको छ । खरिद सम्झौता हुनु अगावै बैङ्क जमानत फुकुवा गरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले सप्तकोसी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीलाई कारबाहीका लागि सिफारिस गरेको हो । प्रमुख प्रशासकीय अधिकृत चौधरीले पेस गरेको लिखित स्पष्टीकरणको ब्यहोरा चित्त बुझ्दो नदेखिएको भन्दै कार्यालयले आयोगलाई विभिन्न आठ वटा बुँदासहित छानबिन गर्न पत्र पठाएको हो । नगरपालिकाले तालिम हल निर्माणका लागि नेपा कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्ट ग्रुपसँग गरेको सम्झौतामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा(५) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ५३ को उपनियम(८) को…

Read More

काठमाडौँ – नेपाल आयल निगमले वार्षिक ८० करोड व्ययभार थपिने गरी पेट्रोलियम ढुवानी गर्ने ट्याङ्करको भाडा वृद्धि गरेको छ । शुक्रबारदेखि लागू हुने गरी इन्धन ढुवानी गर्ने करिब १९ सय ट्याङ्करको भाडा वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । दुई वर्षअघि निगमले गरेको भाडा समायोजन सम्बन्धी अध्ययनमा १० प्रतिशतसम्म भाडा बढ्दा निगमलाई ८० करोड हाराहारी व्ययभार थपिने निष्कर्ष निकालिएको थियो । सञ्चालक समितिले कात्तिक २७ मा गरेको निर्णयअनुसार निगमले १ पुसमा भाडा वृद्धि कार्यान्वयन गरेको प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार ढुवानी भाडा कम्तीमा पाँचदेखि १० प्रतिशत सम्मले बढेको छ । देशभरका आन्तरिक र बाह्य गरेर ३६ वटा गन्तव्यमा…

Read More

काठमाडौं – राजधानीमा चिनियाँ नागरिकहरुबीच पुनः हिंसात्मक भिडन्त भएको छ । गए (शनिबार) राति ठमेलमा दुई समूहबीच भएको ‘ग्याङ्ग फाइट’ मा एक जनाको हातको नशा काटिएको छ । ठमेलस्थित छायाँ सेन्टरस्थित विण्डो होटलमा भएको खुकुरी हानाहानमा ६० वर्षे निगु सुन घाइते भएका छन् । उनको हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । चिनियाँ नागरिकहरू पो र योङ योङले प्रहार गरेको खुकुरीबाट निगु घाइते भएका हुन् । तीन साताअघि पनि ईन्द्रचोकमा मध्यान्हको समय चिनियाँहरुबीच भएको छुरा प्रहारमा एक जनाको ज्यान गएको थियो ।

Read More

काठमाडौँ – बाराही हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २१ गतेदेखि मंसिर २६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज हुने भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओ बाँडफाड आज आइताबार (पौष ३ गते) क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १० बजेदेखि गरिनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात २७ हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरी २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको…

Read More

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले समाज रुपान्तरणका लागि बालबालिकामा लगानी बढाउनुपर्ने बताउनुभएको छ । लुः निभा बाल सरोकार समूहको रजत जयन्ती समापन कार्यक्रममा अध्यक्ष तिमल्सिनाले आजका बालबालिका नै भोलि देशको भविष्य भएकाले उनीहरुको अधिकार संरक्षण र संवद्र्धनका लागि राज्य पूर्ण रुपमा जिम्मेवार भएको बताउनुभयो । कार्यक्रममा समाजसेवी राधिका शाक्य र वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ, मानव अधिकारकर्मी गौरी प्रधान, ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मन्जली शाक्य, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा, उपाध्यक्ष राजनप्रसाद घिमिरेलगायतको उपस्थिति रहेको थियो । बाल क्लबबाट सुरु भएको सो संस्थाले बालबालिकाको हक, अधिकार संरक्षण र…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको इतिहास गौरवपूर्ण भएको बताउनुभएको छ । ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसको अवसरमा आज महानगर परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भन्नुभयो, “अनुपम कला नगरीको रुपमा परिचित यस नगरको सरसफाईलगायत काम गर्न १९७५ पुस २ गते ‘छेमडोल अड्डा’को नामबाट सञ्चालन भएको कार्यालय आज महानगरपालिकाको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । त्यसैले यसको इतिहास गौरवपूर्ण छ ।” उपत्यकाको पुरानो र मौलिकतासहितको ललितपुर सहर महानगरपालिका बनेपछि व्यवस्थित विकाससहित नगरवासीको जीवनलाई सहज र गुणस्तरीय बनाउने योजनासहित अघि बढेको उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले धार्मिक, सांस्कृतिक, ऐतिहासिक कला नगरी, उपत्यकाकै जेठो महानगरपालिका स्थापनाको एक सय चार वर्षमा प्रवेश…

Read More

सोलुखुम्बु – सोलुखुम्बुमा प्रथम डिबी किराती स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । डिबी किराँती स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा आजदेखि प्रतियोगिता आरम्भ भएको हो । सदरमुकाम सल्लेरीस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसको कभर्डहलमा सुरु भएको सो प्रतियोगिताको सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले उद्घाटन गर्नुभयो । खेलकुद क्षेत्रको विकासका लागि सरकारको भर मात्र पर्न नहुने भन्दै उहाँले यसका लागि सबैको हातेमालो आवस्यक रहेको बताउनुभयो । प्रतियोगितामा १५ वर्षमुनीको एकल पुरुषतर्फ १४, खुला महिलातर्फ आठ, खुला पुरुषतर्फ १७ तथा ३५ वर्षमाथीको उमेर समूह डबल्स पुरुषतर्फ १२ टोली सहभागी रहेको प्रतियोगिता संयोजक अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।…

Read More

काठमाडौँ – मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले घरेलु हिँसा र लैङ्गिक हिँसाको मुद्दामा प्रहरी–प्रशासन हुनुपर्ने जति संवेदनशील नभएको बताएका छन् । ओरेक-नेपालद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष डा.दत्तले नेहा चौधरीको घटनामा प्रहरी प्रशासनले पहिले नै संवेदनशील भएर चासो लिएको भए अहिले पीडितले न्याय पाउनको लागि सडक आन्दोलन गर्नु नपर्ने बताए । कार्यक्रममा उठेका प्रश्नको जवाफमा अध्यक्ष डा.दत्तले नेहा चौधरीको घटनामा आयोगले उजुरी प्राप्त हुनेबित्तिकै प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी अनुसन्धान गर्न भनेको केही दिनपछि सो मुद्दा अदालतमा गएको हुनाले संवैधानिक निकायले त्यसमा हस्तक्षेप गर्न नमिल्ने समेत बताए । उनले नेहा चौधरीको घटनामा सडक आन्दोलन गर्दा बालबालिकाको…

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन् । सर्वसाधारणको नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रति नै बढी जिम्मेवा, परिणाममुखी र जवाफदेही हुनुपर्ने धारणा राखेका हुन् । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको स्मरण गरे । ‘नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र सेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ’ उनले भने, ‘नागरिक नजिकको सरकार भएकाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी,…

Read More

काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत डिन आर थमसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्रअन्तर्गत परियोजनामार्फत विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, विपत्, वातावरणलगायत क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । पश्चिम नेपालको भ्रमणका क्रममा नेपालगञ्ज आइपुग्नुभएका राजदूत थमसनले नेपालमा सूचना, प्रविधि र अङ्ग्रेजी भाषाका विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा धेरै काम गर्न अझ बाँकी छ, यहाँका सडक, जलविद्युत्, विभिन्न साना तथा मझौला उद्योगको विकासमा विशेष जोड दिन चाहन्छौँ ।” नेपालमा सञ्चालित विभिन्न कार्यक्रमले समुदायस्तरका नागरिकमा राम्रो परिवर्तन ल्याएको उदाहरण भ्रमणका क्रममा भेटिएको भन्दै…

Read More