Author: Nisha Shrestha

काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बारा क्षेत्र नम्बर २ को चुनावी समीक्षा गरेको छ । सो क्षेत्रबाट जसपाका कार्यकारिणी सदस्य रामसहाय यादव विजय भएका थिए । बाराको ४ नम्बर क्षेत्रमा बसेको समीक्षा बैठकमा एमालेबाट चुनावमा धोखा भएको निष्कर्ष निकालेको सो पार्टीका नेता रामसहाय यादवे बताए । दई पार्टीबीच गठबन्धन भएपनि एमालेले जसपालाई उल्लेख्य मत नदिएको गुनासो उनले गरे । जसपाका नेता रामकिशोर यादव र कामेश्वर यादवले प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए भने शारदा शङ्कर साह कलवारले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसले गर्दा एमालेका मतदाता विभाजित भएर पार्टीलाई असर गरेको निष्कर्ष बैठकले निकालेको छ । रामसहाय…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने माओवादीको तयारी छ । माओवादीको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले अन्य दलमा जस्तो संसदीय दलको नेता चयनमा विवाद नभएको र समानुपातिकतर्फबाट निर्वाचित सांसदले आधिकारिक प्रमाणपत्र पनि नलिएको अवस्थामा दलको नेता चयनमा हतारो नगरिएको दाबी गर्नुभयो । निर्वाचन आयोगले यही पुस ३ गते प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिने तयारी गरेको छ । संसदीय…

Read More

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले चुनावको परिणामले दल र राज्य प्रणालीमाथि प्रश्न उठेको बताएका छन् । चुनावको परिणामले दलहरुबीच द्वन्द्व र अविश्वास बढाउन सक्ने बताउँदै गुरुङले दलहरुबीच समझदारी आवश्यक रहेको बताए । संवाद डबलीले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले दलहरुबीच आपसमा समझदारी नभए देश अफगानिस्तान र युक्रेनको बाटोमा जाने बताए । “अहिलेको चुनावले केही नयाँ सङ्केत गरेको छ, नयाँ दलहरूको मिसन र भिजन प्रस्ट भइसकेको छैन । उनीहरू कतातिरको बाटोमा हिँड्ने हुन् हेर्न बाँकी छ तरपनि प्रणालीमाथि केही प्रश्न उठेका छन् । दल र नेताहरुले गम्भीरतापूर्वक त्यसको जवाफ नदिए देश अफगानिस्तान र युक्रेन नहोला भन्न सकिँदैन”…

Read More

काठमाडौं – कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भएको छ । नागरिक उन्मुक्ति पार्टीले शुक्रबार चौधरीको रिहाइको माग गर्दै प्रदर्शन गरेको हो । चौधरीसहितलाई आममाफी दिने उद्देश्यले सरकारकाले राष्ट्रपतिसमक्ष मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्न पेस गरेको छ । गत सोमबार सरकारले अध्यादेश पेस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले भने जारी गरेकी छैनन् । उक्त अध्यादेश जारी गराउन दबाब स्वरुप नागरिक उन्मुक्ति पार्टीले काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘हाम्रो देश राम्रो अध्यादेश’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

Read More

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्रका संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्ने बताएका छन् । ‘द राइजिङ नेपाल’ अङ्ग्रेजी दैनिक पत्रिकाको ५७ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले गोरखापत्र र राइजिङ नेपाललाई सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छापामाध्यमका रुपमा विकास गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘गोरखापत्र संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ, केबल विज्ञापनको निमित्त मात्रै होइन, समाचारका निमित्त पनि विश्वसनीय पत्रिकाका रुपमा गोरखापत्र र राइजिङ नेपालले जनताको पत्रिकाका रुपमा विकसित गर्न सबैको ध्यान पुग्नुपर्छ ।’ उनले राइजिङ नेपाललाई अझै विश्वसनीय र पठनीय पत्रिकाका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले…

Read More

दार्चुला – हिउँदे वर्षा नभएपछि दार्चुलामा यो वर्ष हिउँदेबालीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । हिउँदे बाली लगाउने समयदेखिनै परेको खडेरीका कारण लगाइएकोे बालीसमेत सुक्न थालेको छ । लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ । यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरी कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको मालिकार्जुन गाउँपालिका–३ का किसान कासीसिंह धामीले बताए । आकासे पानीको भरमा खेती गरिने जिल्लाको अधिकांश क्षेत्रमा पानी नपरेपछि सबैजसो बाली सुक्न थालेको छ । जिल्लामा पाँच हजार नौ सय ६५ हेक्टर जमिनमा गहुँखेती…

Read More

काठमाडौं — नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सांसद वर्षमान पुन ‘अनन्त’ को स्वास्थ्यमा सुधार आएको छ । चीनमा उपचाररत पुनको स्वास्थ्यमा सुधार आएसँगै उनी एक साताभित्र नेपाल फर्किने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ । सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा मंसिर २२ बाट नेता पुन उपचाररत छन् । चौथौ लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउनले गर्दा क्वारेन्टिनमा उनको उपचार थालिएको थियो । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् । उनी पुनः रोग बल्झिएपछि मंसिर तेस्रो साता सेन्जेन प्रस्थान गरेका थिए । पुनसँगै पत्नी पूर्वसभामुख ओनसरी घर्ती पनि चीन गएकी छन् ।

Read More

काठमाडौँ – इलाम क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा उजुरी परेको छ। यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुनः मतगणना गर्न माग गर्दै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बरबहादुर खड्काले उजुरी दिएका हुन्। पूर्वसभामुख समेत रहेका नेम्वाङ काँग्रेसका खड्कासँग ११४ मतान्तरले विजयी भएका हुन्। निर्वाचन कार्यालयका अनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर जित हासिल गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका छन्।

Read More

काठमाडौँ – मधेशी आयोगले मुस्लिम र थारु लाई मधेशी को सूची बाट हटाएको छ । मधेशी आयोग द्वारा गरिएको ‘नेपालमा मधेशी समुदायको थर सूचीकरण-२०७८’ को उपसमूह-१ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाएको हो । मधेशी आयोगको उपसचिव सबिता डङ्गोलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मधेशी आयोगले थारु र मुस्लिम आयोगका अध्यक्ष सहितको पदाधिकारीहरूले सार्वजनिक रूपमा थारु र मुस्लिम समुदायको अलगै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदायसँग मेल नखाने भएकोले सुचीबाट हटाएको बताएकी छिन् । यस्तो निर्णयमा मधेशी आयोगको विरोध गर्नुपर्ने कुनै तर्क नरहेको उनको उल्लेख गरेकी छिन् । थारु र मुस्लिम आयोगसँगै थारु साहित्य…

Read More

काठमाडौं  – काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित जंगलमा वृद्धाको हत्या गरेर लुटेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मंसिर २२ मा तारकेश्वर नगरपालिका–६ पुसल घर भएकी ९० वर्षीया डिल्ली पुतुवार मृत भेटिएकी थिइन् । उनी तारकेश्वर–३ स्थित पारिवन पाखा सामुदायिक वनमा मृत भेटिएकी हुन् । पुतुवारको हत्या भएको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले बताए । हत्या आरोपमा प्रहरीले तारकेश्वर–६ घर भएका नरेन्द्र शिवभक्तिलाई पक्राउ गरेको छ । हत्या गरेर नरेन्द्रले मृतकको साथमा रहेको सुन र नगद लुटेको अनुसन्धानबाट थाहा भएको एसपी कोइरालाले जानकारी दिए । मृतक वृद्धाले साथमा सँधै नगद राख्ने गरेको थाहा पाएर नरेन्द्रले…

Read More