Author: Nisha Shrestha

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले उकालो लागेको छ । यससँगै सूचक १८५५.१९ विन्दुमा आएको छ । ८ कम्पनीको १२ सय ६० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा ६ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा परिवर्तन भएको छैन । ३ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

Read More

काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको अवसरमा आज सोमबार जलपान कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने चियापान कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेता, सांसदहरुलाई समेत निम्ता पठाइएको आयोगले जनाएको छ । कान्तिपथस्थित आयोगको कार्यालय परिसरमा दिउँसो १ बजे आयोजना हुने जलपान कार्यक्रममा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार एवम् सञ्चारकर्मी, निर्वाचन पर्यवेक्षण गर्ने निकाय तथा संस्थाका प्रतिनिधिलाई समेत निम्ता गरिएको आयोगले जनाएको छ । आयोगले निर्वाचनका परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति…

Read More

काठमाडौं– नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सांसदहरुको भेला बोलाएको छ। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार मंगलबार प्रज्ञा भवन कमालादीमा भेला बोलाइएको हो। उनका अनुसार प्रतिनिधि र प्रदेश सभामा एमालेका सांसदहरुले निभाउनु पर्ने भूमिकाका विषयमा भेलामा छलफल हुनेछ। एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरुले भेलालाई सम्बोधन गर्ने तय भएको छ। एमालेले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिक ३४ गरी ७८ सिट जितेको छ। प्रदेश सभामा प्रत्यक्ष ९१ र समानुपातिकमा ७० सिट हासिल गरेको छ।

Read More

कञ्चनपुर – पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म२प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्दा से२प ८२० नम्ब– ८ बेलडाँडीका अन्दाजी २६ वर्षीय कृष्णसिंह साउँदको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका साउदलाई प्रहरीको सहयोगमा कैलालीको माया मेट्रो अस्पतालमा उपचारका लागि पु¥याउँदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । ट्र्याक्टरमा सवार कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरका चार जना महिला र स्कुटर चालक वेदकोट नगरपालिका–३ का कोमलबहादुर सिंह घाइते भएका छन् ।…

Read More

काठमाडौँ – नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायको निर्देशक पदमा बढुवा भएको छ। निगमका प्रवक्ता तथा वितरण विभागका उपनिर्देशक उनलाई व्यवस्थापनले १० औं तह निर्देशकमा बढुवा गरेको हो। यस्तै निगमले अन्य पदमा पनि २१ जनाको बढुवा गरेको छ। उनी २०५९ वैशाखमा प्राविधिक इन्जिनियरिङ सेवाबाट सातौं तहमा निगममा थानकोट डिपोबाट प्रवेश गरेका थिए। उनी आबद्ध भएको २० वर्ष भएको छ। निगमको विभिन्न शाखाहरुमा प्रमुख समेत रहेर काम गरेका उपाध्याय कोरोनाको समयमा ६ महिना थानकोट डिपोमा प्रमुख पनि भएका थिए। त्यसपछि उनीलाई निगमको केन्द्रिय कार्यालयमा सरुवा गरिएको थियो। उनले नेपालगञ्जमा कार्यलय प्रमुख रहेर पनि काम गरेका छन्। त्यस समय नेपालगञ्जबाट पोखरा, भैरहवा,…

Read More

गुलरिया – सरकारले ल्याउन लागेको मुलुकी फौजदारी संहितासम्बन्धी अध्यादेश तत्काल प्रमाणीकरणको माग गर्दै थारू कल्याणकारी सभा बर्दियाले जिल्ला प्रशासन कार्यालय बर्दियाको मुल गेटमा धर्ना दिएको छ। विधेयकको स्वागतसहित सरकारलाई धन्यवाद दिँदै सभाका नेताहरूले सरकारलाई अध्यादेश प्रमाणीकरणका लागि दबाब दिन र्‍यालीसँगै धर्ना दिएका हुन्। अध्यादेशको पूर्ण समर्थन गर्दै प्रमाणीकरणका लागि माग गर्दै पूर्व निर्धारित कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालयको मुलगेटमा धर्ना दिएको थारु कल्याणकारीणी सभा बर्दियाका अध्यक्ष वीरबहादुर चौधरीले जानकारी दिए । आफूहरुको माग कार्यान्वयन नभए सशक्त आन्दोन गर्न बाध्य हुने उनले बताए।

Read More

काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक राताम्मे भएर बन्द भएको छ । आइतबार परिसूचक २७।५४ अंकले घटेर १८५५.०६ विन्दुमा झरेको छ । बिहीबार भने परिसूचक १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा पुगेको थियो सोही दिन १ अर्ब बढिको सेयर कारोबार भएको थियो । आइतबार २५० कम्पनीको कारोबारमा ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर बिनबेच भएको र १ अर्ब १५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ। आइतबार कृषि बिकास बैंकको सेयर सर्वाधिक कारोबार भएको छ। बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। यता रिडी पावर कम्पनीको पनि ५ करोड ४३ लाख बराबरको कारोबार भएको छ । यस्तै इस्टर्न…

Read More

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप दश हजार अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो । ‘गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले भने । गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायत सामग्रीसमेत प्रदान गर्दै आएको छ । औजार खरिद गर्न नसक्ने किसानलाई हलगोरु पाल्न अनुदान दिन लागेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको हो । गाउँपालिकाले असहाय रोगीलाई दश हजार प्रदान गर्दै…

Read More

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेका हुन् । समानुपातिकतर्फका नव निर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बधाई ज्ञापन गरेका थिए । प्रतिनिधिसभाको समानुपातिकतर्फ एक सय १० सांसद निर्वाचित भएका छन् । समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा (एमाले) का ३४, नेपाली काँग्रेसका ३२, नेकपा (माओवादी केन्द्र)का १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका सात तथा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका पाँच-पाँच जना निर्वाचित भएका छन् ।

Read More

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गरेका छन् । विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्का प्रधानमन्त्री स्वर्गीय भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी काठमाडौँ ल्याउने परिकल्पना गरेका थिए । सन्त नेता भट्टराईले देखेको सपना राजधानीवासीले मेलम्चीको पानी पाएसँगै साकार भएको भन्दै खानेपानी मन्त्रालयले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा उहाँको पूर्णकदको सालिक निर्माण गरेको हो । शालिक अनावरण कार्यक्रममा प्रधानमन्त्री देउवाले खानेपानी समस्याको दीर्घकालीन समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताए । विसं २०७७ मै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण सुरु भएकामा २०७८ असार १ गतेको बाढीले पु¥याएको क्षतिका…

Read More