Author: Nisha Shrestha

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकशमान सिंहले जनताको काम गर्नका लागि मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन्। काठमाडौँ–१ मा पर्ने शंखमुलमा शनिबार मतदाताका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उनले क्षेत्रको विकासका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको बताएका हुन्। ‘म जनप्रतिनिधि हुँ। म पदमा जाउँला नजाउँला। तर, जनप्रतिनिधिको पद त छ नि मसँग। मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु। मिस्टिरै हुनुपर्ने छैन,’ सिंहले भने। उनले प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्न सक्ने आत्मविश्वास आफूमा रहेको पनि बताए। तर, प्रधानमन्त्री जनता र आफूले चाहँदैमा बन्न सहज नभएको सिंहको भनाइ थियो। सिंहले आफू मन्त्री भए काठमाडौँ–१ का जनताका लागि…

Read More

सप्तरी – सप्तरीको राजविराज नगरपालिकाले बिभिन्न आन्दोलनमा शहीद भएका नगर क्षेत्र भित्रका शहीद परिवारलाई मासिक रु पाँच हजार एक सय उपलब्ध गराएको छ । आर्थिक वर्ष ०७९/८० को नगरसभाको निर्णयानुसार शहीदप्रति परिवारलाई जीवन निर्वाहका लागि मासिक पाँच हजार एक सय उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ । हालसम्म उक्त सहयोग राशि पाउने शहीद परिवारको सङ्ख्या तीन पुगेको छ । मासिक पाँच हजार एक सयका दरले शहीद परिवारलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने नगरसभाको निर्णयानुसार सहयोग राशि वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनूले जानकारी दिए । उक्त सुविधा प्राप्त गर्न शहीद परिवारले शहीद प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाता प्रमाणित र…

Read More

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी सरस्वती बम बैजनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ । सामुदायिक (सरकारी)विद्यालयमा पढ्दै आउनुभएकी उहाँ अङ्ग्रेजी भाषा फरर बोल्नु र लेख्न सक्नुहुन्छ । विद्यालयमा अभिभावक, शिक्षक, सामुदायिक वनका पदाधिकारी र वडाका जनप्रतिनिधिको प्रयासमा विद्यालयमा अङ्ग्रेजी भाषामा पढाइ हुँदै आएको छ । अङ्गे्रजीको अनिवार्य विषयसँगै अतिरिक्त अंग्रेजीमा पनि पढाइ हुने गरेको छ । गाउँकै विद्यालयमा अङ्ग्रेजीमा पढाइ हुन थालेपछि विद्यार्थी चाप बढ्दो रहेको छ । टाढाको निजी विद्यालयमा चर्को शुल्क तिरेर अङ्ग्रेजीकै लागि पढ्दै आएका बालबालिकालाई अभिभावकले छुटाएर गाउँकै विद्यालयमा भर्ना गरेका छन् । विद्यालयका प्रधानाअध्यापक अमर सिंह महराले अङ्ग्रेजीमा पढाइ हुँन थालेपछि विगतमा भन्दा…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ। आज बिहान खुमलटारस्थित प्रचण्डनिवासमा दुई शीर्ष नेताबीच सत्ता समीकरण र भावी रणनीतिका बारेमा छलफल भएको हो। प्रचण्ड र श्रेष्ठबीचको भेटमा माओवादी केन्द्रलाई लाभ हुने गरी सत्ता समीकरण निर्माण गर्नुपर्ने विषयले प्रवेश पाएको छ। भेटमा माओवादी केन्द्रले सत्ता समीकरणको विषयमा एमाले र कांग्रेस दुवै पार्टीसँग छलफल गरेर साथ लिनुपर्नेमा जोड रहेको छ।

Read More

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि खेल हुँदैछ । तेस्रो स्थानका लागि प्ले अफमा शनिबार मोरक्को र क्रोएसिया भिड्ने छन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल राति ८:४५ बजे सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल भने आइतबार हुनेछ । फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन् । मोरक्को र क्रोएसिया आज तेस्रो स्थान हासिल गर्ने योजनासहित मैदान उत्रने छन् । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २(० ले पराजित भएको थियो । यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३-० ले हराएको थियो । मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए ।…

Read More

कैलाली – कैलालीको टीकापुरमा बर्सातको आकासे पानीबाट हुने डुबान न्यूनीकरणका लागि यतिबेला नाली निर्माणको काम हुँदै आएको छ । टीकापुर सतही ढल तथा मानव मलमूत्र व्यवस्थापन आयोजनाअन्तर्गत ढल निकासका लागि नालीको काम भइरहेपनि मानव मलमूत्र व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएर टीकापुर नगरपालिकालाई हस्तान्तरण भएको नौ महिना भइसकेको छ । नेपालकै सबैभन्दा ठूलो क्षमताको मानव मलमूत्र व्यवस्थापन केन्द्र निर्माण भए पनि त्यसलाई चाहिने मानव मलमूत्रको अभावले सञ्चालनमा समस्या भएको आयोजनाका परामर्श इन्जिनियर अरुण रोस्यारा बताउनुहुन्छ । उहाँका अनुसार नेपालकै ठूलो मात्रै नभई नमूनाका रुपमा मलमूत्र व्यवस्थापन केन्द्र स्थापना भएको छ । “मेसिन पूरा चलाउनुपर्दा दैनिक नौ हजार लिटर मलमूत्र आवश्यक पर्छ…

Read More

काठमाडौं – सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औँ संस्करण आयोजना हुने भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा पुस ३ देखि ६ गतेसम्म काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा महोत्सव सञ्चालन हुनेछ । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारासहित आयोजना गरिने महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स, टप अफ द वल्र्ड’ र समापन समारोहमा दीपक रौनियार निर्देशित ‘फोर नाइट्स’ देखाइनेछ । विश्वभरिबाट खुला आवेदनमार्फत सङ्कलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनलगायत नेपालसहित २५ देशका ६४ चलचित्र महोत्सवमा देखाइने छ । नेपालबाट निर्देशक अभिनाशविक्रम शाह, भारतबाट लेखक तथा निर्देशक अनिर्वाण…

Read More

चितवन – चितवन जिल्लामा एकै समयमा तीन वटा महोत्सव हुने भएका छन् । चितवन महोत्सव, खिचरा महोत्सव र खैरहनी महोत्सव एउटै समय पारेर गर्न लागिएको हो । उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने चितवन महोत्सव यस वर्ष नारायणगढको नारायणी नदी किनारमा पुस २५ गतेबाट माघ ४ गतेसम्म नौ दिन हुनेछ । यस्तै थारु समुदायको कला संस्कृति जगेर्ना गर्न प्रत्येक वर्ष गरिँदै आएको खिचरा महोत्सव थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले पुस २९ गतेबाट माघ ९ गतेसम्म हुनेछ । खैरहनी नगरपालिका–५ जनकौलीस्थित गौचरनमा महोत्सव हुनेछ । यस्तै उद्योग वाणिज्य सङ्घ खैरहनीको आयोजनामा पुस २८ देखि माघ…

Read More

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आज अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई बोलाएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ । सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ । निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा…

Read More

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ। जसपाको राजनीतिक समितिको बैठक पुस १८ र १९ गते ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी समिक्षा, विधान अधिवेशन, पार्टी संगठन तथा आगामी कार्यदिशाको बारेमा छलफल हुनेछ। जनता समाजवादी पार्टी, नेपालले प्रतिनिधि सभाको प्रत्यक्षमा ७ सिट र समानुपातिकमा ५ सिट जितेको छ।

Read More