Author: Nisha Shrestha

बागलुङ – काठेखोला गाउँपालिका–५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय नौ बिरामी लाभान्वित भएका छन् । रामेकोटधाममा आयोजित ‘बिहुँकोट धार्मिक महोत्सवको अवसरमा गणले बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । एक हप्तासम्म चलेको उक्त शिविरबाट सामान्य प्रकृतिको समस्या भएका दुई सय ५८ पुरुष, तीन सय ५३ महिला र ९८ बालबालिकासहित केही जटिल रोगका बिरामीको स्वास्थ्य जाँच तथा औषधि वितरण गरिएको गणले जनाएको छ । गम्भीर प्रकृतिका रोग पहिचान भएका बिरामीलाई थप उपचारका लागि विभिन्न अस्पताल ‘रिफर’ गरिएको छ । सेनाका चिकित्सकसहित स्वास्थ्यकर्मीे सेवामा खटिएका थिए । आकस्मिक सेवाका लागि सेनाले एम्बुलेन्स सेवासमेत उपलब्ध गराएको…

Read More

काठमाडौं – सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले न्यायसम्पादनमा देखिएका समस्या क्रमशः समाधान उन्मुख भएको बताउनुभएको छ । उहाँले सामूहिक प्रयासमा न्याय सम्पादनलाई प्रभावकारी बनाउँदै पाँच वर्ष नाघेका मुद्दालाई छुट्टै व्यवस्थापन गरी फछ्यौट गर्न थालिएको बताउनुभयो । आज उच्च अदालत पोखरा बागलुङ इजलाश भवनको यहाँ आयोजित शिलान्याश कार्यक्रममा उहाँले सर्वोच्च अदालतले गोलाप्रथाद्वारा न्याय सम्पादन गर्ने, पाँच वर्ष नाघेका मुद्दाको छुट्टै व्यवस्थापन गर्ने र न्यायालयमा विचलन आउन नदिन न्यायालय सुधारका धेरै योजना अहिले कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । “न्यायलयमा केही समस्या नभएका होइनन् छन्, त्यसलाई विस्तारै सुधार गर्न लागिएको छ, अहिले गोला प्रथाद्वारा न्याय सम्पादन भइरहेको छ, पाँच वर्ष बढीका…

Read More

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले राष्ट्रपतिसमक्ष अध्यादेश प्रमाणीकरणको माग गरेको छ । सरकारले ल्याएको अध्यादेश अविलम्व प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायतलाई आम माफी दिन अध्यादेश ल्याएको थियो । सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थपेर ‘राजनीतिक विद्रोहीहरू’लाई आम माफी दिने प्रावधानसहित अध्यादेश ल्याइएको हो । दफा ११६ मा अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन नहुने उल्लेख भए पनि त्यसलाई संशोधन गर्दै आगामी दिनमा नजिरसमेत नबस्ने गरी सरकारले अध्यादेश ल्याएको छ । कतिपय नेताहरुले उक्त अध्यादेशको बिरोध गरिरहेका छन्। सरकारले अध्यादेश तत्काल फिर्ता लिनुपर्ने उनीहरुले माग गरिरहेका छन् । नागरिक…

Read More

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा घाइते भएकाको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । अध्यक्ष प्रचण्डले आज शोक वक्तव्य जारी गरी दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो । “मङ्गलबार साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको खबरले मर्माहत बनाएको छ, उक्त दुर्घटनामा परी निधन हुनुभएकाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु”,शोक वक्तव्यमा भनिएको छ । अध्यक्ष प्रचण्डले दुर्घटनाको कारण पत्ता लगाई बढ्दो सवारी दुर्घटना रोक्न सम्बन्धित सबैमा आग्रह समेत गर्नुभएको छ ।

Read More

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार र संसद् बीच समन्वय र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताउनुभएको छ । १६औँ सङ्घीय संसद् दिवसका अवसरमा सङ्घीय संसद् सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार र संसद् बीचमा समन्वय आवश्यक छ भन्नुभयो । “सरकार र संसद् समन्वय र सहकार्यबाट अगाडि बढ्ने हो । एकले अर्काका कुराहरु बुझ्ने बुझाउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “भावी नेतृत्वसँग छलफल, सहकार्य गरेर संसद् सेवामा देखिएका समस्या सुधार गरेर अगाडि बढ्छौँ ।” अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भर्खरै सम्पन्न भएको र आम जनताले राखेको आकाङ्क्षा पूरा गर्न सबै पक्ष दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो । “संसद् अधिवेशनलाई…

Read More

काठमाडौं – चितवन क्षेत्र नं२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । उक्त मुद्दाको किनारा नलाग्दासम्म लामिछानेलाई प्रतिनिधिसभा प्रवेशमा पनि रोक लगाउन रिटमा माग गरिएको छ । लामिछानेको नागरिकता विवादको विषयलाई लिएर रिट परेको हो । युवराज पौडेल (सफल) ले निर्वाचन आयोगसहित ५ जनालाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार रिटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने पार्टी सभापतिबाट समेत हटाउन माग गरिएको छ । यो रिटमाथि सुनुवाइका लागि पुस ६ गते संवैधानिक इजलासमा पेसी तोकिएको पौडेलले जानकारी दिए ।

Read More

काठमाडौं – बालेन शाहले समयमै निर्वाचन खर्च नबुझाएकोमा तोकिएको जरिवाना मिनाहाका लागि निवेदन दिएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका हुन् । स्थानीय तह निर्वाचनमा मेयरका उम्मेदवार साहले तोकिएको समय भित्र खर्च विवरण नबुझाएपछि आयोगले उनलाई साढे सात लाख रुपैयाँ जरिवाना तोकेको थियो । जरिवाना ६ महिनाभित्र नबुझाएमा बालेनको मेयर पद जानेछ। बालेनले आफूले निर्वाचन खर्च फेसबुकमा सार्वजनिक गरिसकेको र काठमाडौं महानगरको फोहोरको समस्या समाधानमा केन्द्रित हुँदा खर्च विवरण बुझाउन नभ्याएको भन्दै जरिवाना मिनाहा गरिदिन निवेदन दिएका हुन्। आयोगका एक पदाधिकारीले भने, ‘प्रचलित निर्वाचन कानुनबमोजिम जरिवाना मिनाहा गर्ने व्यवस्था छैन ।…

Read More

काठमाडौं – निर्वाचन आयोगले आमनिर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक गरेको छ । बुधबार आयोग कार्यालयमा भएको पत्रकार सम्मेलनमार्फत् आमनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो । यस्तै आयोगले प्रतिनिधिसभातर्फको अन्तिम मतपरिणाम भोलि बिहीबार राष्ट्रपतिसमक्ष पेस गर्ने जनाएको छ । प्रदेश सभातर्फको अन्तिम मतपरिणाम आउँदो २ पुसमा प्रदेश प्रमुखसमक्ष बुझाइने निर्वाचन आयोगले जनाएको छ । आयोगले तयार पारेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । जसमध्ये प्रतिनिधि सभातर्फ १८४ जना पुरुष (६६ .९ प्रतिशत) र ९१ जना महिला (३३.१० प्रतिशत) निर्वाचित भएका आयोगले जनाएको छ । यता प्रदेशसभातर्फ…

Read More

पोखरा — नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारको नेतृत्व आफूले गर्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १ मा रहेको महेन्द्र आधारभुत विद्यालयको हीरक महोत्सवको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले घुमाउरोशैलीमा सरकारको नेतृत्व आफूले गर्ने बताएका हुन् । ‘चुनावपछि पहिलोपटक म आफ्नै जन्मभूमिको कखरा पढेको विद्यालयमा सार्वजनिक कार्यक्रममा उपस्थित छु । तपाईंहरूको आशिर्वाद लाग्यो भने म छिटै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु,’ प्रचण्डले भने । आफू प्रधानमन्त्री भएमा भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य काम गर्ने र आर्थिक क्रान्तिको अभियान चलाउने बताउँदै प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रण देश विकासको निम्ति अनिवार्य सर्त छ । ४७ सालदेखि यताका राजनीतिक नेतृत्वमा रहेका विशिष्ट व्यक्तिहरु…

Read More

काठमाडौं – जीवित नरहेका नेपाली सङ्गीतका स्वर्णिम युगका सङ्गीतकर्मी, गायकगायिकाको अमूल्य योगदानलाई नमन गर्न धन्यवादस्वरूप ‘अजम्बरी उपहार’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा स्वर नेपाली आधुनिक गीत र गजल क्षेत्रमा आफ्नो मौलिक पहिचान बनाएका गायक एवं सङ्गीतकार सजल न्यौपानेको रहेको छ । शब्द गीतकार आचार्य प्रभाको रहेको छ । गीतमा शास्त्रीय शैली र करुण रसको प्रयोग सुन्न सकिन्छ । गीतमा सीमा पोख्रेलको सङ्गीत रहेको छ । श्रद्धाञ्जली गीत कम नै बन्ने गरेको अहिलेको समयमा अग्रज कलाकारको महत्व र योगदानलाई बचाइराख्न र नयाँ पुस्तालाई पुरानाको योगदान याद गराइराख्न गीत तयार पारिएको गायक न्यौपानेले बताउनुभयो । सीमा पोख्रेल निर्मात्री रहेको यस…

Read More