Author: Nisha Shrestha

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उहाँले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हाल्नुभएको थियो । प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको सुद्धीकरण’ को अभियान सुरु गर्नुभएका जबरामाथि न्यायापालिकामा विचलन ल्याएकोलगायत विभिन्न आरोप लगाउँदै २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो । महाअभियोग निष्कर्षमा पु¥याउन समय लगाएर आफूलाई अन्याय गरेको दाबीसहित यही मङ्सिर २० गते उहाँले संसद सचिवालयमा महाअभियोग निष्प्रभावी भएको पत्र माग गर्दै निवेदन दिनुभएको थियो । मागअनुसार संसद् सचिवालयले २१ गते पत्र दिएको थियो । संसद् सचिवालयको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन प¥योे । सर्वोच्च अदालतले शुक्रबार उक्त…

Read More

महेन्द्रनगर – यस वर्षको हिउँदमा देशभर अधिकतम् तापक्रम् सरदर भन्दा बढी हुने र देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ । सामान्यतया सरदर वर्षा/सरदर तापक्रम भन्नाले कुनै पनि स्थानको लामो समय (१९९१ देखि २०२०) को ३३.३ देखि ६६.६ प्रतिशतको वर्षा/तापक्रमलाई जनाउँदछ । यसैगरी सरदर भन्दा कम वर्षा/तापक्रम भन्नाले क्रमशः ३३।३ प्रतिशत भन्दा कम र बढी भन्नाले ६६.६ प्रतिशत भन्दा बढीको वर्षा÷तापक्रमलाई जनाउँदछ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशको रुकुम–पश्चिम, रोल्पा, प्यूठान बाहेकका जिल्ला, गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा, तनहुँ, गोरखालगायतका मध्य तथा पूर्वी जिल्ला, वाग्मती प्रदेशको दोलखा र प्रदेश नं १ का ताप्लेजुङ,…

Read More

वीरगञ्ज – कोरोना महामारीको समयमा भारतबाट नेपाल भित्रिने यात्रुलाई लक्षित गरी निर्माण गरिएको वीरगञ्जस्थित होल्डिङ सेन्टर अलपत्र परेको छ । तत्कालीन समयमा विद्यालय तथा कलेजमा क्वारेन्टिन बनाउँदा चर्को आलोचना भएपछि सरकारले विसं २०७८ वैशाख ५ गते मुलुकका विभिन्न आठ नाकामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो । सरकारले २०७८ साल असार २५ देखि वीरगञ्ज भन्सार कार्यालयको पश्चिमपट्टिको गोदाम नजिक करिब दुई बिघा जग्गामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो । नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माणका लागि ठेक्का पाएको थियो । निर्माण सुरु भएको नौ महिना अर्थात् २०७८ साल चैत मसान्तमा होल्डिङ सेन्टरको निर्माण सकिएको थियो ।…

Read More

काठमाडौं – अपाङ्गता भएका व्यक्तिले सार्वजनिक यातायातमा छुट नपाएको सम्बद्ध पक्षले गुनासो गरेका छन् । अपाङ्गता व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ मा अपाङ्ता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने व्यवस्था भए पनि कार्यान्वयन नभएको उनीहरुको गुनासो छ । ऐनमा अपाङ्गता भएका व्यक्तिलाई बस, रेल, हवाई टिकटमा ५० प्रतिशत छुट उपलब्ध गराउनुपर्ने व्यवस्था छ । ऐनमा अपाङ्गता भएका व्यक्तिको अधिकार उल्लङ्घन गरेमा वा निजप्रतिको दायित्व पूरा नगरेमा सम्बद्ध व्यक्तिलाई रु ५० हजारसम्म जरिवाना हुने उल्लेख छ । सार्वजनिक यातायातले अपाङ्गता भएका व्यक्तिलाई भाडामा छुट दिनुको सट्टा अपाङ्गता देख्ने वित्तिकै चालक वा सहचालकले गाडीमा चडाउन आनाकानी गर्ने गरेको राष्ट्रिय अपाङ्गता महासङ्घको…

Read More

काठमाडौं – मधेसी आयोगले थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ । आयोगको मसिंर २० गतेको बैठकबाट यसबारे निर्णय गरेको हो । मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ को उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमको सूची हटाउने निर्णय भएको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले जानकारी दिए । यसअघि मधेसी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको सूचीमा राखेर राष्ट्रपतिलाई सिफारिससहितको प्रतिवेदन बुझाएपछि विरोध भएको थियो । सो निर्णय कार्यान्वयनका लागि आयोगकी उपसचिव सविता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छिन् । थारु र मुस्लिम समुदायका विभिन्न संघ-संगठनहरुले थारु र मुस्लिम समुदायको छुट्टै पहिचान र…

Read More

काठमाडौँ – भारतका विभिन्न स्थानमा नेपालबाट उच्चस्तरीय शैक्षिक भ्रमण हुने भएको छ । काठमाडौँ विश्वविद्यालयको आयोजनामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसहितको उच्च स्तरीय भ्रमण हुन लागेको हो । काठमाडौँ विश्वविद्यालयको आयोजनामा पुस २ देखि पुस ९ गतेसम्म भारतको चेन्नाई, हैदराबाद र चिरुपति लगायतका क्षेत्रमा उच्चस्तरीय शैक्षिक भ्रमण हुन लागेको हो । काठमाडौँ विश्वविद्यालय (केयू) र इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मद्रासबीच मास्टर डिग्रीका कक्षा सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणको बेला केयू र आईआईटीबीच मास्टर डिग्रीमा इनर्जी साइन्सका कार्यक्रम सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । सोही आधारमा मद्रासमा कक्षाहरू सञ्चालन भइरहेका…

Read More

काठमाडौं – नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनि, माइक्रो बस, साना…

Read More

पर्सा – ठोरी गाउँपालिका–३ स्थित ठुटेखोला इलाकाबाट सशस्त्र प्रहरीले करिब तीन सय ६३ केजी गाँजा र सो गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बिओपी ठोरीले हेटौडाबाट पर्साको विजय बस्तीतर्फ जाँदै गरेको ना४ख ६५५५ नम्बरको ट्रकमा फल्स वटन प्रयोग बनाई २२ वटा कार्टुनमा प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा र ट्रक नियन्त्रणमा लिएको हो । उक्त ट्रकका चालक सशस्त्र प्रहरीलाई देख्नासाथ ट्रक सोही ठाउँमा छाडेर फरार भएका थिए । बरामद गाँजा तथा ट्रक आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ ।

Read More

काठमाडौं – विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सरकारी, अर्धसरकारी, गैरसरकारी, निजी एवं प्राज्ञिक क्षेत्रबाट भएका अध्ययन, अनुसन्धान खोज आविष्कार एवं नवप्रवर्तनमुखी क्रियाकलापको जानकारी र अनुभव आदानप्रदान गर्नुपर्ने खाँचो औँल्याइएको छ । विभिन्न साझेदार संस्थाको सहयोगमा गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको नेपाललाई उत्थानशील देश बनाउनका लागि नवप्रवर्तनमुखी र व्यवसाय विषयक राष्ट्रिय सम्मेलनमा वक्ताहरुले विपद् जोखिम न्यूनीकरण एवं जीउधनको रक्षा गर्ने कार्यक्रममा लगानी प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । सम्मेलनमा गृह मन्त्रालयका सचिव विनोद सिंहले पछिल्लो समय जलवायु परिवर्तनका कारण बाढपहिरो जस्ता विपद्का घटना बढ्दै गएको र यसको प्रत्यक्ष असर विपन्न समुदायमा बढी परेकाले त्यसतर्फ सबैको ध्यान जान जरुरी…

Read More

पोखरा – हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी विदेशी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । पोखरा पुग्नेहरुलाई सुन्दर र आकर्षक लाग्ने ठाउँ हो फेवातालको निकासको रुपमा रहेको पाताले छाँगो । पोखरा–१७ को छोरेपाटनमा रहेको यस छाँगोले पर्यटकलाई सधै लोभ्याइरहेको छ । जमिनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ झर्ने यो झरना बर्खायाममा ठूलो र आकर्षक देखिन्छ । पर्यटकलाई लोभ्याउने पाताले छाँगोलाई ‘डेभिज फल्स’ भनेरसमेत चिनिन्छ । कोभिडका कारण दुई वर्षदेखि छाँगो अवलोकन गर्नेको कमी आएपनि दसैँपछि पर्यटकको सङख्या ह्वात्तै बढेको छ । अहिले अधिकांश भारतीय पर्यटक र शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरू बढी हुने गरेको जानकारी पातले छाँगोस्थित…

Read More