Author: Nisha Shrestha

काठमाडौँ – निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिकतर्फको सूची सच्याउन आज पुनः पत्राचार गर्ने भएको छ । मङ्सिर २४ गते समानुपातिकतर्फको बन्द सूचीको उम्मेदवार छनोट गरी एमालेले पठाएको सूची त्रुटिपूर्ण रहेको भन्दै दुई दिनको समयसीमा दिएर सच्याउन पत्राचार गरेकोमा हिजो एमालेले पुनः त्यही सूची पठाएपछि आयोगले आज दोस्रो पटक पत्राचार गर्न लागेको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले यसअघि बुझाएको बन्द सूचीमा फेरबदल गरी बुझाए पनि एमालेले पुरानै सूचीलाई निरन्तरता दिएको हो । यसबारेमा आयोगले हिजो बेलुका छलफल गरेको छ । छलफलका आधारमा आज पत्र पठाउने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले एमालेले आज निर्धारित समयभित्र…

Read More

काठमाडौँ – यही मङ्सिर २२ गतेदेखि काठमाडौँमा सञ्चालन भइरहेको काठमाडौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९किम्फ० सोमबार सम्पन्न भएको छ । हिमाल एशोसिएशनको आयोजना र काठमाडौँ महानगरपालिकाको सहआयोजनामा भएको महोत्सवको बीसौँ संस्करणमा यसपटक ३० मुलुकका ६० फिल्म ‘स्क्रिनिङ’ भए । पर्वत, पर्वतीय संस्कृति, वातावरण र मानवअधिकारको कथावस्तुमा बनेका फिल्म प्रदर्शन गरिएको किम्फको यसपटकको नारा ‘दिगो आरोहण’ थियो । महोत्सवमा क्यानडा र अमेरिकाका दुई फिल्म सर्वोत्कृष्ट भए । अन्तर्राष्ट्रिय खण्डतर्फ क्यानडाको ‘फार बियोन्ड द पास्चरल्यान्ड्स’ र अमेरिकाको ‘कुमारी ः अ फादर्स ड्रिम’ले स्पेसल मेन्सन अवार्ड प्राप्त गरे । मौले प्लान्टी हुसारुक र म्याक्सिम लाकोस्टे लेबियस निर्देशित ‘बियोन्ड र पास्चरल्यान्ड’ले ललिता नामक पात्रको माध्यमबाट…

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । नयाँ सरकार गठनको तयारी भइरहेका बेला उनले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । आइतबार राति भक्तपुरको बालकोट पुगेर ओलीलाई भेटेका उनले सोमबार ललितपुरस्थित खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् । दुवै राजनीतिक भेटवार्तामा सरकार गठनसहित राजनीतिक, समसामयिक विषयमा कुराकानी भएको छ । सोमबार प्रचण्डको जन्मदिनसमेत परेकाले नेता केसीले शुभकामना पनि दिएका छन् । कांग्रेसमा सरकारको नेतृत्व लिन आधा दर्जनजति आकांक्षीमध्ये केसीका ज्वाइँसमेत रहेका महामन्त्री गगन थापा पनि छन् । कांग्रेस संसदीय दलको…

Read More

काठमाडौं – राष्ट्रिय महिला आयोगले ज्यास्मिन ओझा र विनु यादवलाई शान्ति सुरक्षा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय रामेछापलाई निर्देशन दिएको छ । हिंसा पीडित विनु यादवको न्यायिक लडाइँमा साथ दिँदा आफूमाथि शारीरिक र मानसिक आक्रमण भएकाले शान्ति सुरक्षाको माग गर्दै ओझाले दिएको निवेदनउपर सुनुवाइ गर्दै आयोगले दुवै जनालाई शान्ति सुरक्षा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय रामेछापलाई निर्देशन दिएको हो । गृह मन्त्रालयलाई बोधार्थमा राखेको पत्र जिल्ला प्रशासन रामेछापलाई पठाएको आयोगले विनु यादव पीडित रहेको मुद्दाको २७ मंसिरमा रामेछाप जिल्ला अदालतमा बकपत्र रहेको हुँदा उनलाई शान्तिपूर्ण रुपमा बकपत्र सम्पन्न गर्ने वातावरण मिलाउन पनि आदेश दिएको छ ।

Read More

काठमाडौं – पछिल्लो चौबिस घण्टामा देशभर जम्मा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार १ सय ९९ जनाको नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या २५ रहेको छ ।

Read More

सन्धिखर्क – अर्घाखाँचीमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको छत्रदेव गाउँपालिका-१ चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेकी हुन् । मंसिर २४ गते साँझ झगडा हुँदा बलबहादुरले लक्ष्मीलाई कुटपिट गरेको र सोही रिसले लक्ष्मीले आफ्नो पटुकाले श्रीमानको घाँटीमा पासो लगाएर मारेको बयान दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे जानकारी दिए । प्रहरीका अनुसार लक्ष्मीले पासोबाट शव निकाली भुँइमा राखी पटुका आफ्नो कम्मरमा बाँधी आफूलाई श्रीमानले कुटपिट गरेको भन्दै गुहार मागेकी थिइन । सार्की दाम्पतिले झगडा हुनु पहिले रक्सी पिएका थिए । लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरी…

Read More

मंगलबारे – पछिल्लो समय इलाममा समेत व्यवसायिक एवोकाडो (घीउ फल) को खेती गरिन थालिएको छ । बर्सेनि उत्पादन वृद्धि भए पनि उत्ति नै खपतसमेत बढेको छ । माग अनुसार पु¥याउन नसकिएको बताइएको छ । निकै महँगो फलको सूचीमा पर्ने यो फल इलाममा प्रायः सबै गाउँमा उत्पादन भइरहको छ । व्यावसायिक उत्पादन सुरु भने इलामको रोङ गाउँपालिकादेखि भएको हो । जिल्लामा नै पहिलो पटक उक्त गाउँपालिकाको सलकपुरमा बिरुवा रोप्न थालिएको बताइएको छ । विसं २०४५ मा पहिलो पटक एवोकाडोको बिरुवा रोप्न थालिएको बताइएको छ । सुरु सुरुमा स्वादसमेत धेरैलाई मन पर्दैनथ्यो र तर पछिल्लो समय स्वास्थ्यलाई समेत राम्रो मानिएकाले यो फल…

Read More

काठमाडौं – सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ संयुक्त राष्ट्रसंघको पी–४ तहमा छनोट भएका छन् । राष्ट्रसंघको दक्षिण सुडानमा सञ्चालित शान्ति मिसनको प्रोटेक्सन अफ सिभिलियन साइट कोअर्डिनेटर (पी –४ तह) मा श्रेष्ठ छनोट भएका हुन् । सशस्त्र प्रहरी बल स्थापना भएपछिको पहिलो ब्याच सिसम–१ का सर्वोत्कृष्ट श्रेष्ठले संयुक्त राष्ट्रसंघबाट आह्वान गरिएको ग्लोबल भ्याकेन्सीमा खुल्ला प्रतिस्पर्धाबाट नाम निकाल्न सफल भएका छन् । श्रेष्ठ अहिले पोखरास्थित सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका समादेशकको रुपमा कार्यरत छन् । पी–४ तहमा छनोट भएका श्रेष्ठले यसअघि साउथ सुडान मिसनमा १ वर्ष एफपीयु कमाण्डरको रुपमा काम गरिसकेका छन् । उनले शान्ति…

Read More

काठमाडौँ – नेपाली काँग्रेस जिल्ला कार्यसमिति काभ्रेपलान्चोकले सबै वडा कार्यसमितिलाई ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा असहयोग र अन्तर्घात गर्नेहरूको विवरण पठाउन निर्देशन दिएको छ । सबै वडा कार्यसमितिलाई सम्बोधन गर्दै २४ मंसिरमा पठाएको पत्रमा १ पुससम्ममा जिल्ला अनुशासन समितिमा अन्तर्घात गर्नेहरूको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।

Read More

कञ्चनपुर – कञ्चनपुरको लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका छोरा जंगलमा मृत अवस्थामा फेला परेका छन्। २० वर्षीय मनोज राना लालझाँडी गाउँपालिका–२ स्थित जंगलको एउटा रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारी नेतृत्वको टोली अहिले घटनास्थलमा पुगेको छ। उनका अनुसार राना एउटा रुखको हाँगामा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन्। घटनास्थल घरभन्दा करिब १ किलोमिटर टाढा रहेको छ। अध्यक्ष राना भने काठमाडौंमा छन्। खबर सुनेपछि उनी फर्किरहेको प्रहरीले जनाएको छ।

Read More