Author: Nisha Shrestha

काठमाडौँ – नेपाली काँग्रेसकी नेतृ तथा समानुपातिक सांसद आरजु राणाले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताएकी छन् । निर्वाचन आयोगमा आयोजित प्रमाणपत्र ग्रहण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राणाले निर्वाचनबाट प्राप्त अङ्कगणितका अनुसार नयाँ सरकारमा काँग्रेसकै दाबी रहने बताएकी हुन् । प्रधानमन्त्री पदका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी गर्नु स्वाभाविक भए पनि जनताको म्यान्डेट अनुसार काँग्रेसले नै नयाँ सरकारको नेतृत्व गर्नुपर्ने बताइन् । पार्टीभित्र संसदीय दलको निर्वाचनमा वर्तमान सभापति देउवाको दाबेदारी रहने पनि स्पष्ट पारिन् ।

Read More

काठमाडौँ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीर अस्पतालका केही कर्मचारी सम्पर्कविहीन भएका छन् । लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले अस्पतालको सम्पर्कमा नआएका डाक्टर, नर्स र अनमीको खोजी सुरु गरेको हो । अस्पतालले न्याम्स अन्तर्गत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्स गरी कुल छ जनाको नाममा तीस दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ । तोकिएको अवधिमा उपस्थित नभए प्रतिष्ठानको (कर्मचारी सेवाका सर्त तथा सुविधा सम्बन्धी) नियमावली, २०६५ को नियम १३३ को उपनियम (घ) बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । न्याम्सले सूचना जारी गरेका स्टाफहरूमा रजिष्ट्राररट्युटर डा.सृष्टि…

Read More

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साईप्रसका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम रिजाललाई गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

Read More

बुटवल – नेकपा एमालेका सचिव गोकर्ण बिष्टले अहिलेको अवस्थामा एमाले सरकारमा जान नहुने बताएका छन् । निर्वाचन परिणामबाट एमाले दोस्रो ठूलो दल बनेकाले एमालेले प्रतिपक्षमै रहेर जनताका मुद्दालाई उठाउनुपर्ने उनको भनाइ छ । आइतबार बुटवलमा पत्रकारसँग विष्टले सबभन्दा ठूलो दल काँग्रेसले सरकार गठन गर्न सकेन भने मात्र एमाले अघि सर्नुपर्ने आवश्यकता औंल्याउँदै तत्काल एमालेका निम्ति सरकार प्राथमिकताको विषय नभएको बताए । समानुपातिक मतपरिणाममा एमाले पहिलो दल बने पनि प्रत्यक्षको परिणामका आधारमा दोस्रो दल बनेकोले आगामी पाँच वर्ष प्रतिपक्षमै रहेर लोकतन्त्र, सामाजिक रुपान्तरण र विकासका मुद्दालाई अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘जनताले एमालेलाई प्रतिपक्षमा बस्ने म्याण्डेट दिएका छन् । त्यसैले सत्तामा…

Read More

कैलाली – प्रहरीले कैलालीबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट अवैध लागूऔषध चरेस २ किलोग्रामसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बझाङ खप्तडछान्ना गाउँपालिका–३ घर भएका १९ वर्षीय क्षितिज रावल र छविस पाथीभेरा गाउँपालिका–२ बस्ने ३६ वर्षीय जक्सन रोकाया छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रावलको साथबाट एक किलो २ सय ग्राम र रोकायाको साथबाट आठ सय ग्राम उक्त चरेस फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। यस्तै, दाङ, लमही नगरपालिका–८ सतबरीयाबाट अवैध लागूऔषध गाँजा ५ किलो ६ सय ग्रामसहित घोराही उपमहानगरपालिका–१२ हापुर बस्ने…

Read More

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । शुक्रबार दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ । चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले वृद्धि भई प्रतितोला रु एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा…

Read More

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.०४ अंकले बढेको छ। सो सेसनमा नेप्से १.०४ अंकले बढेर १८८३.६५ विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ इण्डेक्स ०.३१ अंकले बढेको हो। आज प्रि-ओपन सेसनमा १७ कम्पनीको सेयर कारोबार भयो । ६ लाख २९ हजार ५३६ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो।

Read More

काठमाडौँ – काठमाडौँ । वाराही हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँड गरिएको छ । आइतबार कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा उक्त आइपिओ बाँडफाँट गरिएको हो  कम्पनीको सेयरमा १२ लाख ५८ हजार ४२१ योग्य आवेदकबाट एक अर्ब ४३ करोड ५१ लाख ८३ हजार रुपैयाँ बराबरको एक करोड ४३ लाख ५१ हजार ८३० कित्ता आईपीओका लागि आवेदन परेको थियो । कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले सेयर वितरण गरिएको छ । सोअनुसार सेयर वितरण गर्दा योग्य आवेदकमध्ये ११ लाख ९१ हजार २८४ जनाले…

Read More

काठमाडौँ – चितवन क्षेत्र नम्बर-२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीको अनुसन्धान जारी छ । जिल्ला प्रहरी परिसर काठमाडौँले लामिछानेविरुद्धको नागरिकता विवादको उजुरीबारे अनुसन्धान गरिरहेको छ । उनको नागरिकता विवादको उजुरीबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई पत्र पठाएसँगै अनुसन्धान अगाडि बढाइएको थियो । जिल्ला प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले प्राप्त पत्रका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बताए । थप कुरा अनुसन्धानपछि खुल्ने उनको भनाइ छ । प्रहरीले लामिछानेविरुद्ध सरकारी कागज दुरुपयोग सम्बन्धमा छानबिन अगाडि बढाएको हो । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार लामिछानेको नागरिकताको विषय कानुनअनुसार नै…

Read More

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालको हल्चोकस्थित मुख्यालयमा खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा एक बालकसहित तीन जना घाइते भएका छन्। सशस्त्र प्रहरीले घाइतेहरूलाई कीर्तिपुर अस्पताल लगेपछि घटना भएको पाँच घण्टापछि अस्पतालले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो। शनिवार साँझ कार्यदलको क्यान्टिनमा खाना पकाउनेक्रममा प्रेसरकुकर पडकिएको थियो। जलेर घाइते भएकाहरूलाई उपचारको लागि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा लगी उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरूमा सुर्खेत पन्चपुरी नगरपालिका ८ घर भई हाल सशस्त्र प्रहरी कार्यदल भित्र बस्ने ११ वर्षका आयुष बुढा छन्। उनको अनुहार र पेट जलेको र बोल्न सक्ने अवस्थामामा छन्। उनी सोही कार्यदलमा कार्यरत सशस्त्र प्रहरी सहायक…

Read More