Author: Nisha Shrestha

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टि निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आफ्नो ३० औं स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम गरेको छ । संगठनको केन्द्रीय कार्यालय चावहिलमा विहिवार स्थापना दिवस मनाइएको हो । राप्रपाको स्थापना सँगै २०४९ मंसिर २७,२८ र २९ गते राप्रविसं विधिवत स्थापना भएको थियो । स्थापना कालदेखि नै संगठन अन्य विद्यार्थी संगठनहरूभन्दा भिन्न र फरक दृष्टिकोणबाट संचालन हुँदै आईरहेको छ । भ्रष्टाचारको अन्त्य, संस्कारसहितको शिक्षा र शिक्षामा राजनैतिक हस्तक्षेपको विरोध गर्दै आएको राप्रविसं ३० औं वर्ष पार गर्दा अझै ससक्त र सृजनशिल हुँदै गएको छ ।

Read More

बनेपा – प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौं विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशिल, सिर्जनशिल र क्षमतावान जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउँदै आएको बताए । ‘विश्वविद्यालय विद्यार्थीमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उहाँहरुमा लुकेको प्रतिभा र सिर्जनालाई उजागर गरी समाज र देशको हितका लागि प्रयोग गर्न सहयोग पुर्याउने पवित्र शैक्षिक केन्द्र हो’, उनले भने, ‘विश्वविद्यालयहरु राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट…

Read More

काठमाडौँ – नेकपा (एमाले) का पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश देशको अहितमा रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता रावलले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार कामचलाउ र प्रधानमन्त्री शेरबहादुर देउवा संक्रमणकालिन प्रधानमन्त्री भएकोले यस्तो बेलामा देशको अहित हुनेगरि अध्यादेश ल्याउनु गैरसंवैधानिक कदम भएको भन्दै अविलम्ब अध्यादेश फिर्ताको माग गरेका हुन् । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता रावलले भने,‘मुलुकी फौजदारी कार्यविधि संहितामा संशोधन गरेर, नेपाल सरकारले चाहेको अवस्थामा जुनसुकै अपराधमा सलग्न व्यक्ति किन नहोस, निजले…

Read More

काठमाडौं– सेयर बजार बिहीबार ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १४.४८ अंकले ओरालो लागि १८८२.६० विन्दुमा आएर रोकिएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१५ अंक घटेर ३६८.०४ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २१० कम्पनीको कारोबार हुँदा २८ कम्पनीमा वृद्धि भएको र १६७ कम्पनीमा ओरालो लागेसँगै १५ कम्पनी स्थिर रहेको छ । यस्तै, कुल २५४ कम्पनीको कारोबारमा ४८ लाख चार हजार ८७६ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १९ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कारोबारको आधारमा एनसीसी बैंक शीर्ष स्थानमा छ। यसको २२ करोड ८९ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट बैंक र तेस्रोमा सिवाइसियलको कारोबार भएको छ। यता, रुरु जलविद्युत परियोजना…

Read More

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन् । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले आग्रह गरेका छन् । तथ्याङ्क अनुसार आज विहान काठमाडौँ उपत्यकाको तापक्रम ७.६ डिग्रीमा झरेको छ ।, चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओढ्न मन्त्रालयले आग्रह गरेको छ । जाडो बढेसँगै तराईका कतिपय जिल्लामा हुस्सुसमेत लाग्न थालेको छ…

Read More

काठमाडौँ – निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न आम निर्वाचन-२०७९ को परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएसँगै राजनीतिक दलहरुलाई नयाँ सरकार गठन गर्ने बाटो खुला भएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरूले चुनाव सम्पन्न भएको २५ दिनपछि बिहीबार शीतलनिवास पुगेर राष्ट्रपति भण्डारी समक्ष मत परिणामको विवरण प्रतिवेदन बुझाएका हुन् । मंसिर २८ गते बुधवार आयोगले निर्वाचनको सबै परिणाम सार्वजनिक गरेको थियो । चुनावी परिणाम अनुसार प्रतिनिधि सभामा ८९ सिट जित्दै काँग्रेस पहिलो दल भएको छ । त्यसैगरी एमालेले ७८ सिट, नेकपा (माओवादी केन्द्र) ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ सिट, जनता समाजवादी पार्टीले १२…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्र सांसदहरूले शपथ लिएलगत्तै दलको नेता चयन गर्ने प्रक्रियामा जाने भएको छ । निर्वाचन आयोगले मतपरिणाम राष्ट्रपतिलाई बुझाइसकेकाले माओवादीले सांसदहरूको शपथपछि मात्रै दलको नेता चयन गर्ने भएको हो । नवनिर्वाचित सांसदलाई संसद्को जेष्ठ सदस्यले पद तथा गोपनियताको शपथ खुवाउने व्यवस्था छ । माओवादीमा संसदीय दलको नेतामा पुष्प कमल दाहाल ‘प्रचण्ड’ हुने निश्चित जस्तै भएकाले अरू नेता कसैले दाबी गरेका छैन । त्यसैले दलको नेता बिस्तारै चयन हुने माओवादी नेता एवम् नव निर्वाचित प्रतिनिधि सभा सदस्य रेखा शर्माले बताइन् । माओवादीबाट निर्वाचित ३२ जना सांसद छन् । प्रचण्ड दलको नेता हुने निश्चित जस्तै भएकाले पहिलो चरणमै प्रधानमन्त्री…

Read More

काठमाडौँ – नेकपा एमालेले पार्टीबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुको भेला बोलाएको छ । पुस ५ गते काठमाडौको कमलादीमा भेला आयोजना गरिएको एमाले नेता तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनले प्रतिनिधि सभासहित सातै प्रदेशका सांसदहरुलाई भेलामा सहभागिताका लागि पत्राचार गरिएको बताए । भेलामा सहभागीहरुलाई पार्टीका शीर्ष नेताहरुले प्रशिक्षण दिने बुझिएको छ । नेकपा एमालेबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ जना निर्वाचित भएका छन् भने प्रदेश सभामा दुवै निर्वाचन प्रणालीबाट १६१ जना निर्वाचित भएका छन् । यो सहित प्रतिनिधि सभा र प्रदेश सभामा एमालेका जम्मा २३९ जना सासद रहेका छन् ।…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु राष्ट्रियताप्रति प्रतिकूल हुने टिप्पणी गरेका छन् । अहिले नै राष्ट्रपतिको निर्वाचन गर्ने बेला भई नसकेकाले छलफल गर्नु समेत सान्दर्भिक नहुने उनले बताए । ‘राष्ट्रपतिको निर्वाचन गर्ने समय नभएकाले छलफल गर्नु सान्दर्भिक हुँदैन । अहिले मुलुकमा राष्ट्रियताकै सङ्कट हो । राष्ट्रियताको रक्षा गर्दै मुलुकको रक्षा गर्ने विचारले हो । विचारकै आधारमा पार्टी चल्छ । मुलुकको रक्षा गर्ने अभिभारा वैचारिक रूपमा राजनीतिक पार्टीहरूले हो’ गुरुङले भने, ‘विचारधाराबिना मुलुकको रक्षा गर्न असम्भव छ । यद्यपि राष्ट्रपति दलबाट राजीनामा दिएर स्वतन्त्र भएर हुने आफ्नै खालको मान्यता छ । राजनीतिक पृष्ठभूमि नभएर…

Read More

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आगामी पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोगको प्राङ्गणमा अपराह्न १ः३० बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको उहाँको भनाइ छ । यस वर्ष तीन तहका निर्वाचन सम्पन्न भएका छन् । गत वैशाखमा स्थानीय तह तथा यही मङ्सिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।

Read More