Author: Nisha Shrestha

काठमाडौं – संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । ‘घरयासी कामका कारणले राजीनामा दिएको हुँ’, सचिव घिमिरेले भने । घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए । घिमिरेले मंगलबार सचिवालयका महासचिव भरतराज गौतमसमक्ष राजिनामा दिएका थिए । बुधबार नै उनको राजीनामा स्वीकृत भएको हो ।

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’ले तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको तत्काल मिति तोकेर निर्वाचनको कार्यतालिका निर्धारण गरी चुनावको वातावरण तयार गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयमा ज्ञापनपत्र बुझाएको छ । त्रि वि को क्यालेण्डर अनुसार २-२ वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन विगत २०६५ सालदेखि हालसम्म हुन सकेक‍ छैन । ठुला भनिएका संगठनहरूको आन्तरिक खिचातानी र त्रि वि को अक्षमताका कारण स्ववियु चुनाव हुन नसकेको राप्रविसंले आरोप लगाएको छ । राप्रविसंले त्रि वि को क्यालेन्डर अनुरुप फागुन १४ मा स्ववियुको निर्वाचन गर्ने गरि तत्काल मिति तोकि कार्यतालिका सार्वजनिक गर्न समेत माग गरेको छ ।…

Read More

ओखलढुंगा – इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत भेटिएका छन । ओखलढुङ्गाको खिजिफलाटेमा खिजिफलाटेमा कार्यरत राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडी घर बिदामा सोलुखुम्बुको वासा गएका थिए । उनी आफ्नै घरमा मृत भेटिएका हुन् । सोमबार बेलुका परिवार र साथीभाईसँग रमाइलोका साथ खानपिन गरेर सुतेका राई बिहान आफ्नै ओछ्यानमा मृत भेटिएको राईको परिवारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शुकदेव खनालले जानकारी दिए ।

Read More

काठमाडौँ – सुनको मूल्य आज बुधवार १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य १ हजार रुपैयाँले बढेर १ लाख एक हजार रुपैयाँ पुगेको छ । यो मूल्य हिजोको भन्दा एक हजार रुपैयाँले बढी हो । यस्तै, आज चाँदीको पनि मूल्य बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार चार सय रुपैयाँमा पुगेको छ ।

Read More

काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्न चाहन्छ । फ्रान्स क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । अफ्रिकी राष्ट्र मोरक्को भने विश्वकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो । मोरक्को फ्रान्सलाई पराजित गर्दै एतिहासिक उपलब्धि हासिल गर्न चाहन्छ । यी दुई टोलीबीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएर मोरक्कोले सेमिफाइनलमा स्थान बनाएको हो । आजको विजेताले उपाधिका लागि फाइनलमा…

Read More

बाँके – बाँकेमा हिउँदे यामका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ । तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा कम युरिया मल मात्रै मौज्दात छ । यो मागको एक तिहाइ मात्रै हो । जिल्लामा हालसम्म नौ सय ८२ मेट्रिक टन मल मात्रै आएको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगन्जका प्रमुख रमेशकुमार पौडेलले बताउनुभयो । उहाँका अनुसार हालसम्म साल्ट ट्रेडिङबाट एक सय ३१ दशमलव आठ मेट्रिक टन युरिया मल मात्रै किसानसम्म पुगेको छ । साल्ट ट्रेडिङले केही दिनअघि बिक्री सुरु गरे पनि कृषि सामग्री कम्पनी लिमिटेडले सोमबारदेखि सहकारीलाई मल उपलब्ध गराउन सुरु गरेको…

Read More

कैलाली – कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ । बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । सडकमा गाडी र व्यक्तिको आवतजावत पातलिएको छ । बिहानी कक्षा सञ्चालन हुने क्याम्पस र विद्यालयमा पठनपाठन प्रभावित बनेको छ । लम्की बहुमुखी क्याम्पसमा विविएस चौथो वर्षमा अध्ययनरत दुर्गा न्यौपाने जाडोका कारण पढ्न जान नसकेको बताउनुहुन्छ । यस्तै व्यवस्थित नगरकी निर्मला विनाडी किसान बहुउद्देशीय सहकारीमा काम गर्नुहुन्छ । उहाँ सधैँ बिहान घरबाट लम्की हुँदै बौनियासम्म स्कुटर चलाएर जाने गरेपनि आज भने काममा जान नसकेको बताउनुहुन्छ । बाक्लो हुस्सु र…

Read More

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सत्ता गठबन्धनमै रहने भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धनमा रहनुपर्ने आवश्यकता औँल्याउनुभयो । लोसपाका शीर्ष नेताहरुको बैठकले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुनेबारे समान धारणा बनाएकोे उहाँले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सत्तामा गए पनि नगए पनि गठबन्धन कायम होस् भन्ने हाम्रो भावना छ । सत्तामा सहभागी हुनु ठूलो कुरा होइन, कमसेकम राजनीतिक अस्थिरताले विकासको काममा असर पर्छ, त्यसैले स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ ।” उहाँले कोभिड–१९ महामारी लगायतका कारण जुनसुकै सरकार बने पनि राजनीतिक स्थिरता र…

Read More

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार १६ सय चार जनाको नमूना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिका संकलित नमूनामध्ये तीन सय ८७ वटाको पिसीआर र १२ सय १७ को एन्टीजेन प्रविधिमार्फत परीक्षण गरिएको थियो । यस्तै, हाल नेपालमा १७ जना मात्रै संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ । यस अवधिका जम्मा ३३ हजार नौ सय ६७ जनाले कोरोनाविस्द्धको बुस्टर डोज खोप पनि लगाएका छन् ।

Read More

विराटनगर – विराटनगर महानगरपालिकाले नगरवासीको आवश्यकता पूरा गर्न र कर सङ्कलन गर्न आजदेखि कर सचेतना अभियान सुरु गरेको छ । महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, कर्मचारी र सञ्चारकर्मी सम्मलित टोली वडा नं ४ को ढाँटमा आजदेखि सुरु भएको अभियानमा सहभागी हुनुभयोे । महानगरप्रमुख कोइराला तथा उपप्रमुख कार्कीले सचेतना अभियानअन्तर्गत पसल, उद्योग, घर नक्सा पास, दर्ता, सम्पत्ति कर तिरेको रसिद हेरी समयमै राजस्व भुक्तान गर्न, पसल दर्ता गर्न र नवीकरण गर्न आग्रह गर्नुभयो । सो अभियान सबै वडामा राजस्वको लक्ष्य पूरा नभएसम्म सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिनुभयो । सञ्चारकर्मीसँग कुरा…

Read More