Author: Nisha Shrestha

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार हुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार ७ पुस बिहीबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रतिनिधिसभा बैठक कक्षमा शपथ गराउने कार्यक्रम छ ।  शपथ ग्रहणका लागि सांसदहरूलाई बिहान ११ बजे नै राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा आउन सचिवालयले भनेको छ । शपथ ग्रहणका लागि सचिवालयले जारी गरेको सूचना नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानून बमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था रहेको छ । नेपालको संविधानको धारा ९१ को उपधारा (५) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा…

Read More

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकाका भूकम्पपीडितलाई काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । काठमाडौँ महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई रु १० लाख आर्थिक सहयोग गरेको हो । गएको कात्तिक २३ गते पूर्वीचौकी गाउँपालिकामा गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पले छ जनाको ज्यान गएको थियो भने तीन हजार आठ सय घरटहरा भत्किएका थिए । काठमाडौँ महानगरपालिकामा डोटीका भूकम्पपीडितका लागि सहयोगको अनुरोध गरिएपछि महानगरबाट विपद् व्यवस्थापनअन्तर्गतको बजेटबाट गाउँपालिकालाई रु १० लाख सहयोग उपलब्ध गराइएको महानगर प्रमुख बालेन शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पपीडितका समस्याका विषयमा हामीले जानकारी पायौँ र केही रकम आर्थिक सहयोग गरेका छौँ, आशा छ हाम्रो…

Read More

काठमाडौं – जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् । निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीबाट विजयी सदस्यहरूको संख्या र मधेशका जनताको माग पनि जनमत पार्टीको नेतृत्वको सरकार खोजिरहेको उनले बताए । उनले हालको सत्ता गठबन्धनलाई नै समर्थन रहने संकेत पनि गरे । तर, यसका लगि पार्टीले उठाउँदै आएका मागहरू पुरा गर्न सरकारले घनिभुत र ठोस रुपमा प्रतिबद्धता जनाउनु पर्ने बताए । अघिल्ला सरकारले गरेका जस्तो कागजमा मात्रै सिमिति प्रतिबद्धको पछि जनमत नलाग्ने उनले बताए । उनले भने, ‘जनताका जनजीविकाका सवालमा निर्वाचनअघि दलहरूले गरेका…

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको कम्युनिस्ट पार्टीहरूले वस्तुनिष्ठ समीक्षा गर्न तयार हुनुपर्ने बताएका छन् । नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरू किन ओरालो लागे किन विभाजनको स्थिति पैदा भयो भन्ने प्रश्नको समीक्षा गर्नुपर्ने बताएका हुन् ।  उनले भने, ‘नेपालको कम्युनिस्ट पार्टीहरूले कहाँ ऋणी गरे किन उनीहरूले पाएको अवसर जोगाउन सकेनन् । पाएको मौकाको उपयोग गर्न सकेनन् । पाएको हैसियतलाई कायम राख्न सकेनन् । किन ओरालो लागे किन विभाजनको स्थिति पैदा भयो यसको पनि वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ । हामी समीक्षा गर्न तयार छौँ । यस्ता खालको प्रश्नहरूको जवाफ दिन पनि तयार छौँ…

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नगरहरूलाई मौलिकता जोगाउँदै व्यवस्थित सहर र आर्थिक कारोबारको केन्द्र बनाउन सुझाव दिएका छन् । सोमबार नेपाल नगरपालिका सङ्घको ८ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले नगरपालिकालाई आफ्नो मौलिकता जोगाउँदै दिगो र वातावरणमैत्री बनाउन सुझाव दिए । ‘काठमाडौँ लगायत सबै नगरहरूलाई दिगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढाउनुपर्छ । तसर्थ सबै प्रतिनिधिहरूलाई वातावरणमैत्री सहरको अवधारणाअनुसार दिगो विकासको मोडेल अवलम्बन गर्न सुझाव दिन चाहन्छु’ प्रधानमन्त्री देउवाले भने । सहरहरू दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रको रूपमा परिणत भइरहेको भन्दै देउवाले यसले नगरको प्रकृति, सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको बताएका छन् । सम्भाव्य स्रोतको पहिचान र उचित परिचालन…

Read More

काठमाडौं – देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा बारा, झापा, कन्चनपुर, काठमाडौं, रुपन्देही, सप्तरी, सुर्खेत, सुनसरी र उदयपुरमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १४ जना घाइते भएका हुन् । बाराको निजगढ नगरपालिका २ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा खादा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक रौतहट गुजरा नगरपालिका सिम्रीका २६ वर्षीय भुवन पहाडी र पछाडी सवार २७ वर्षिय रितबहादुर राई रहेका छन् । दुबैको घटनास्थलमा नै…

Read More

काठमाडौँ – संघीय संसद सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथको तयारी अगाडि बढाएको छ । संसद सचिवालयका अनुसार केही दिनको समय राखेर शपथको मिति तय गरिँदै छ । मातृभाषामा शपथ लिने सांसदहरूले ३ दिन अगावै सूचना दिनुपर्ने अभ्यास छ । यही अभ्यास अनुसार सूचना दिने समय कम्तिमा तीन दिन राखेर शपथको मिति तय गर्न लागिएको हो । संसद सचिवालयले यही पुस ६ वा ७ गते शपथ ग्रहणको कार्यक्रम राख्ने तयारी गरेको छ । त्यसभन्दा अगावै निर्वाचित २७५ सदस्यमध्ये सबैभन्दा जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनुपर्छ । जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिएर अन्य सांसदहरुलाई शपथ खुवाउँछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि…

Read More

काठमाडौं – प्रतिनिधिसभाको निर्वाचनमार्फत उदाएका नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउने क्रम सुरु भएको छ । सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले सम्पर्क गरेका हुन् । आइतबार ती राजनीतिक दलले संसदीय प्रक्रियाका बारेमा जानकारी लिएका सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि आएर संसदीय प्रक्रिया र आफूहरु रहने कार्यालयका बारेमा जानकारी लिएका हुन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि ती दलले आइबार सम्पर्क गरेका थिए् । उक्त निर्वाचनमा नेपाली कांग्रेस पहिलो दलका रुपमा स्थापित भएको छ । प्रत्यक्षमा कूल ५७…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई ‘बटमलाइन’ नभनेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सहमति र समझदारीबाट नै अघि बढ्ने पार्टीको कुरा रहेको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “समझदारीबाट जिम्मेवारी आयो भने लिने हुन्छ । समझदारीबाट अरुनै हुन पनि सक्छ ।” गठबन्धनका बीचमा यसअघि लिखित औपचारिक रुपमा केही नभएको भन्दै उहाँले थप्नुभयो, “गठबन्धन गर्दा आलोपालो गर्ने कुरा भएको हो, अहिले पनि यो समझदारी छ ।” राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख तत्काल टुङ्गाउनुपर्ने भन्दै उहाँले सबैलाई प्याकेजमानै टुङ्गो लगाउने समझदारी…

Read More

काठमाडौं – नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामास्थिर रही प्रतितोला रु एक लाख पाँच सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्यसमेत अघिल्लो दिनका तुलनामा यथावत् रही प्रतितोला रु एक लाख तोकिएको छ । त्यस्तै चाँदी अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ८० मूल्य कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९१…

Read More