Author: Nisha Shrestha

काठमाडौँ – पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय ठोरीको सवारी दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् । घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । वीरगञ्ज(ठोरी सकडखण्ड अन्तर्गत पटेर्वासुगौली गाउँपालिका मनिहर्वा नजिकै ना १ झ १२७२ नम्बरको प्रहरीको गाडी विपरीत दिशाबाट आएको मोटरसाइकललाई छल्न खोज्दा अनियन्त्रित भएर पल्टिएको प्रहरीको भनाई छ । गएराति नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले ठोरीको ठुटेखोलाबाट बरामद गरेको २२ पोका गाँजा आवश्यक…

Read More

सर्लाही — सर्लाहीको चक्रघट्टमा कुटपिटबाट एक वृद्धाको ज्यान गएको छ। सोमबार चक्रघट्ट गाउँपालिका– २ भेल्ही निवासी अन्दाजी ७० वर्षकी सागर देवीको आफ्नै देवरको परिवारको कुटपिटबाट ज्यान गएको हो। जग्गाको विषयमा भएको विवादमा सागर देवीमाथि देवर ६५ वर्षका पुकार राय, उनका छोरा ४० वर्षका जितु भनिने जितेन्द्र राय र बुहारी ३० वर्षकी अनितादेवी रायले कुटपिट गरेको स्थानीयको भनाइ छ। घटनाको सूचना पाएको प्रहरी टोलीले घटनास्थलबाट मुचुल्का तयार गरेर वृद्धाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएको छ। घटनामा संलग्नमध्ये देवर पुकारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी विजयी यादवले जानकारी दिए। आरोपित जितेन्द्र र अनिता फरार रहेका छन्। फरार दुवैको…

Read More

कञ्चनपुर – कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आसपासका सडक स्तरोन्नतिको काम भइरहेको छ । एसियाली विकास बैंकको सहुलियत ऋणमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगरमा स्तरीय सडक निर्माणको काम भइरहेको हो । आयोजनाअन्तर्गत पहिलो चरणमा करिब एक अर्बको ठेक्का भएको छ । महेन्द्रनगर र आसपास क्षेत्रको १४ किलोमिटर सडक स्तरोन्नतिको कामले तीव्रता पाएको भीमदत्त नगरपालिकाका इन्जिनियर गोरखबहादुर सिंहले बताउनुभयो । “सडक १५/१६ मिटर चौडाइमा विस्तार गरिँदैछ, बजार र आसपासको क्षेत्रमा काम चलिरहेको छ,” उहाँले भन्नुभयो । महेन्द्रनगरदेखि एयरपोर्ट रोड, महेन्द्रनगर बजार क्षेत्रलगायत सडक स्तरोन्नतिको कामले तीव्र पाएको छ । सरकारी निकाय र निर्माण कम्पनीबीच समन्वय नहुँदा बजार क्षेत्र निर्माणको कामले अस्तव्यस्त भएको छ…

Read More

काठमाडौं – एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा चार लाख २४ हजार कित्ता शेयर प्राथमिक सेयर निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी रु ३४ करोडको १० प्रतिशतले हुन आउने रु तीन करोड ४० लाख बराबरको कूल तीन लाख ४० कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ । त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावित…

Read More

महेन्द्रनगर – महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको आयोजनामा हिजोदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलन सुदूरपश्चिम प्रदेशको सम्भाव्यता, यहाँको कला संस्कृति र विकासका विषयमा केन्द्रित हुने विश्वविद्यालयले जनाएको छ । सम्मेलन ब्रिटेन(नेपाल एकेडेमिक काउन्सिल र अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा तीन दिनसम्म चल्ने विश्वविद्यालयका उपकूलपति अम्मराज जोशीले बताउनुभयो । सम्मेलनमा नौ देशका प्राध्यापक तथा अनुसन्धानकर्ताले शोधपत्र प्रस्तुत गर्नुहुनेछ । “सुदूरपश्चिममा केन्द्रित रहेर तयार पारिएका शोधपत्र शोधकर्ताले प्रस्तुत गर्नेछन् ती विषयमा बहस छलफल हुनेछ”, उहाँले भन्नुभयो, “नौ विधामा ७६ वटा शोधपत्र प्रस्तुत हुनेछन् भने सम्मेलनमा भौतिक र अनलाइन माध्यमबाट सहभागी हुने व्यवस्था मिलाइएको छ ।” सेमिनारमा सुदूरपश्चिमको कला संस्कृति, आर्थिक, सामाजिक र राजनीतिक विकासका…

Read More

काठमाडौं — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि पाँच दलीय सत्ता गठबन्धन नेतृत्वको आगामी सरकारमा सहभागी हुने निर्णय गरेको छ । सत्ता गठबन्धनमा चुनावी तालमेलका कारण नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहने र सरकारमा पनि सहभागी हुने शीर्ष नेताहरुले निर्णय गरेका हुन् । वरिष्ठ नेता शरतसिंह भण्डारीले भने, ‘हामी पनि गठबन्धनको एक पार्ट हौं, त्यसले सरकारलाई समर्थन मात्र होइन, त्यसमा सहभागी नै हुने हो । अब बस्ने कार्यकारिणी समितिको बैठकले त्यसको आधिकारिक निर्णय गर्ने उनले बताए । चुनावी समीक्षा पनि भएको छैन, चाँडै नै बैठक बसेर चुनावी समीक्षालगायत संगठनका बारेमा अन्य निर्णयहरु गरिने बताउँदै उनले निर्वाचन आयोगले चुनावको नतिजा सार्वजनिक…

Read More

काठमाडौं– प्रि-ओपन सेसनमा आज मंगलबार नेप्से सूचक २.०४ अंकको गिरावट आएको छ । यससँगै सूचक १९००.२३ विन्दुमा आएको छ । १२ कम्पनीको ३ लाख ७६ हजार ७१ रुपैयाँको सेयर कारोबार भएको छ । कुल ७३१ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ६ को मूल्य घटेको छ । एक कम्पनी स्थिर रहेको छ । यता, १३ उपसुचकहरुमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

Read More

धनकुटा – शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्र हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो । खाल्सा क्षेत्रका तात्कालीन गाविस हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु र छिन्ताङसम्मको सडक तात्कालीन धनकुटाका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले शुभारम्भ गर्नुभएको थियो । प्रदेश नं १ सरकारको प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गत रु २९ करोड ७२ लाख ९८ हजारको लागतमा उक्त सडक कालोपत्र हुन लागेको हो । मध्यपहाडी लोकमार्गमा अवस्थित धनकुटा नगरपालिका–१ को व्यापारिक केन्द्र हिले बजारबाट सहिदभूमि गाउँपालिकाको थलथले बजारसम्म १० किमी सडक बन्न लागेको हो ।सन् २०२१ सेप्टेम्बर २२ बाट सुरु भई सन्…

Read More

काठमाडौँ – सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतलाई उन्मुक्ति दिन अध्यादेश ल्याएको भन्दै एमालेनिकट अनेरास्ववियुका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी,मोहमद आलम लगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्न बन्द गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा मागेका छन् । सरकारले रेशम चौधरी लगायतका फौजदारी अभियोगको सजाय पाएका अभियुक्तहरुलाई रिहा गर्न अध्यादेश राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पेश गरेको छ ।

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले गम्भीर आपराधिक घटनाका अभियुक्तलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेको छ। सोमबार विज्ञप्ति निकालेर राप्रपा नेपालले सरकारको कदमको विरोध गरेको हो । ‘सत्ता स्वार्थका निम्ति नयाँ संसदको बैठक बस्ने पूर्व सन्ध्यामा गम्भीर आपराधिक घटनाका अभियुक्तहरूलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याउन खोजेको अध्यादेश घोर आपत्तिजनक छ’, विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोक्न राप्रपा नेपाल माग गर्दछ।’

Read More