Author: Nisha Shrestha

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाडौँ(४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् ।भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे । तर औपचारिक घोषणा हुन भने बाँकी छ । ०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यस पटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् । ०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुइँकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए । ३१…

Read More

काठमाडौँ – सर्लाहीको क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । पुलती चिह्न पाएका मानबहादुर खड्काले अग्रता लिएका हुन् । उनले तीन हजार १५५ मत पाएका छन् । खड्कालाई जनता समाजवादीका प्रमोद साहले २४३२ मतका साथ पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादीका रामप्रकाश चौधरी २०५४ का साथ तेस्रो स्थानमा छन् ।

Read More

बारा – बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका अच्युतप्रसाद मैनालीले अग्रता लिएका छन् । १७ हजार ६६५ मत गणना हुँदा मैनालीले ८ हजार ९६१ मत प्राप्त गरेका छन् ।  सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उमाकान्त चौधरीले ६ हजार ६ सय ३७ मत पाएका छन् । उनी खानेपानीमन्त्री पनि हुन् ।

Read More

अछाम – नेकपा एमालेका नेता भीम रावलको गृह निर्वाचन क्षेत्रसमेत रहेको अछाम-१ मा सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादीले अग्रता लिएको छ । १४ हजार ६९७ मत गणना हुँदा श्रममन्त्रीसमेत रहेका शेरबहादुर कुँवर ८ हजार ३१ मतसहित अगाडि छन् । उनलाई एमालेका झपट बोहरा ४ हजार ८१५ मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार राजन कुँवरको मत भने ९४२ रहेको छ । यहाँ कुल ४१ हजार ६४३ मत खसेको थियो ।

Read More

काठमाडौँ – झापा निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा नेकपा एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको अग्रता कायमै छ । पछिल्लो मत गणनाअनुसार ओली ९ हजार ९८४ मतसहित अग्र पंक्तिमा छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ८९८ मतसहित पछ्याउँदैछन् । ओली र अधिकारीबीच ४ हजार ८६ को मतान्तर छ ।

Read More

पोखरा – हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा यो निर्वाचन कांग्रेसको पक्षमा परेका छन् । मुस्ताङको प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सीट तथा मनाङको प्रतिनिधि सभा र प्रदेशसभाको एक सीटमा कांग्रेस उम्मेद्वार विजयी भए । मनाङको एउटा क्षेत्रमा भने स्वतन्त्र उम्मेद्वार सर्वसम्मत भएका थिए ।  मुस्ताङको प्रतिनिधि सभा सदस्यमा कांग्रेसका २९ वर्षे योगेश गौचन थकाली विजयी भए । उनले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिश्पर्धी एमालेका प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत मात्रै पाएका छन् । प्रदेश सभा (क) बाट कांग्रेसकै नम्डु गुरुङ विजयी भए । नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिश्पर्धी एमाले इन्द्रधारा…

Read More

सुर्खेत – मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा पुनःमतदान जारी रहेको छ । सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिनुभयो । सामान्य त्रुटिका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदानस्थलका तीनवटा केन्द्रको मतदान आइतबार रद्द गरिएको थियो । स्थगित मतदान केन्द्रको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ । अहिलेसम्म दुई सय ५० मत खसेको मतदान अधिकृत पौडेलले बताउनुभयो । उहाँका अनुसार उक्त मतदानस्थलका तीन मतदान केन्द्र गरी दुई हजार नौ सय २६ मतदाता सङ्ख्या रहेको छ ।

Read More

काठमाडौं – सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । पूर्वी चितवनको राप्तीबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उहाँको आज बिहान निधन भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बा४ख ४१२ नम्बरको माइक्रोबस रोकिराखेको ना२ख ८५२२ नम्बरको पराल लोड भएको ट्रकमा बिहान ५ः३० बजे ठोक्किएको हो । माइक्रोको अगाडि भाग ट्रकको पछाडि भागमा ठोक्किएर कुच्चिएपछि घाइते विश्वकर्माको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको जनाइएको छ । ३५ वर्षीय विश्वकर्मा सञ्चारकर्मीसँगै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं जनवर्गीय सङ्गठन जात व्यवस्था उन्मूलन मोर्चाका संयोजक हुनुहुन्थ्यो । दुर्घटनामा परी अन्य पाँच जना घाइते…

Read More

चितवन – आइतबार सम्पन्न प्रनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । पछिल्लो जानकारीअनुसार क्षेत्र नम्बर १ मा १४ हजार दुई सय ८४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहनुभएको छ । उहाँले पाँच हजार ९८ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले तीन हजार आठ सय ८५ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा ९एमाले०का सुरेन्द्र पाण्डेले तीन हजार आठ सय ८४ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेका छन् । जसमध्ये ६८ दशमलव ७३ प्रतिशत मत…

Read More

सप्तरी – सप्तरीको चार वटै निर्वाचन क्षेत्रको मतगणना जारी छ । पछिल्लो मतगणना परिणामअनुसार क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसले अग्रता लिँदा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी र क्षेत्र नम्बर २ मा जनमत पार्टीको अग्रता छ । सर्वाधिक चासोको रुपमा देखिएकोे क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतले अग्रतालाई अझै फराकिलो बनाएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा जारी क्षेत्र नम्बर २ को पछिल्लो मतगणना परिणामअनुसार डा राउतले १० हजार सात सय मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चार हजार नौ सय ९० मत प्राप्त गर्नुभएको छ । यस्तै…

Read More