Author: Nisha Shrestha

कैलाली – कैलाली निर्वाचन क्षेत्र न ५ को क बाट रमेश सिंह धामी १२३ मतले विजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टिका तर्फबाट उम्मेदवार रमेश सिंह धामी ९ हजार ३ सय ८७ मत ल्याएर बिजयी भएका हुन् । उनको निकटम प्रतिद्वन्दी नेकपा एमालेका नेपालु चौधरीले ९ हजार २ सय ६२ मत प्राप्त गरेका छन् ।

Read More

बैतडी – तेस्राेपटक बैतडेली जनताबाट अनुमोदित भएका दामोदर भण्डारीको पक्षमा युवाहरुले विजयाेत्सव मनाएका छन् । करिब २ घण्टासम्म गीत गाउँदै नृत्य गरेका युवाहरुले ‘बैतडीको धरोहर, बीस वर्ष दामोदर’ भन्दै नारा लगाए ।  सांसद भण्डारीलाई जनताले आफ्नो अविभावक स्वीकारेको १० वर्ष पुुरा भइसकेको छ । थप पाँच वर्षे कार्यकाल पाएका भण्डारीले जनमतको अतिउच्च कदर गर्ने बताइरहँदा आगामी पाँच वर्षमा जनपक्षीय कामहरु गरेर देखाउनुपर्ने चुनौतीको खेप्नुपर्ने छ । भण्डारीले नेपाल-भारत सीमा नदी महाकालीमा मोटरेवल पुल निर्माण, फस्फोराईड खानी उत्खनन्, बैतडी स्थित प्राविधिक शिक्षालयहरूको स्तरोन्नति, सडकहरूको स्तरवृद्धि, सामुुदायिक कलेजहरूलाई आंगिक बनाउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकास गरि जनजीवन उकास्ने एजेण्डासहित चुनावमा प्रतिस्प्रधा गरेका थिए । भण्डारी…

Read More

बैतडी – नेपाली कांग्रेस बैतडीले शनिबार बैठक बोलाएको छ । निर्वाचन सकिए लगत्तै कांग्रेसले बैठक डाँकेको हो । निर्वाचनको मत परिणाम आएसंगै बस्न लागेको कांग्रेसको बैठकलाई चासोका साथ हेरिएको छ । बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई आमन्त्रण गरिएको छ । निर्माण व्यवसायी संघको हलमा बैठक बस्ने कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । आइतबार सम्पन्न निर्वाचनमा बैतडीमा प्रदेश सभा (ख)मा कांग्रेसका उम्मेदवार शिवराज भट्ट विजयी भएका छन् भने प्रदेश (क)मा भने कांग्रेस तेश्रो स्थानमा पुगेको छ । कांग्रेसका उम्मेदवार बिरबहादुर बिष्ट तेश्रो स्थानमा रहेका हुन् । चुनाव लगत्तै बस्न लागेको बैठकमा चुनावी समीक्षा लगायतका बिषयमा छलफल हुने बताइएको छ…

Read More

दोधारा चाँदनी- कञ्चनपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार विष्टले नौ सय १७ मतान्तरले प्रतिस्पर्धी नेकपा ९एमाले०का उम्मेदवार पल्लबराज भट्टलाई पराजित गर्दैै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले आठ हजार पाँच सय २० मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका भट्टले सात हजार छ सय तीन मत पाएका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार टेकबहादुर साउदले पाँच हजार सात सय १३ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका काली चौधरीले पाँच हजार पाँच सय २ मत प्राप्त गरेका छन् । जम्मा…

Read More

काठमाडौँ – मंसिर चार गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको नतिजा सार्वजनिक हुने क्रम जारी छ । हालसम्म ७२ क्षेत्रको नतिजा सार्वजनिक भएकोमा नेपाली काँग्रेसले २९ स्थानमा विजय हासिल गरेको छ । काँग्रेस २७ स्थानमा अगाडि छ । यस्तै नेकपा एमालेले १५ स्थानमा विजय हासिल गरेको छ भने २९ स्थानमा अग्रस्थानमा छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ५ स्थानबाट विजय हासिल गरेको छ र चार स्थानमा अगाडि छ । माओवादी केन्द्रले सात स्थानमा विजय हासिल गरेको छ । माओवादी ९ स्थानमा अगाडि छ । यस्तै नेकपा एसले सात स्थानबाट विजय हासिल गरेको छ । तीन स्थानमा अग्रस्थानमा छ ।…

Read More

बैतडी –बैतडी प्रदेश सभा क्षेत्र नम्बर (क)मा निर्वाचित नेकपा एमालेका सुरेन्द्र पालले निर्वाचित भएको प्रमाण ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाललाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेको हो । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले प्रदेश सभा सदस्यमा निर्वाचित पाललाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । गएको आइतबार सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पाल बैतडी क्षेत्र नम्बर (क)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई पछि पार्दै पालले जित हाँसिल गरेका हुन् । पालले १२ हजार ८३१ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ११ हजार १८ मत प्राप्त…

Read More

चितवन – चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतनत्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् ।

Read More

धनगढी – कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता रमेश लेखकले मतान्तर बढाएका छन्। उनी एमालेका उम्मेदवार निरुदेवी पाल भन्दा दोब्बरले अगाडि छन्। प्रतिनिधि सभा सदस्यको ५०,७४४ मत गणना गर्दा लेखकले २६,३८६ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार पालको १३,०५५ मत छ। उनीहरु बिचमा १३,३३१ मतको अन्तर पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले १९९० मत पाएका छन्। प्रतिनिधि सभाको ३४३४ मत बदर भएको छ। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा १ को ९०८० मत गणना गरिएको छ। उक्त क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश रावल अगाडि छन्। उनको ३००२ मत छ। माओवादी केन्द्रका उम्मेदवारको टेकेन्द्र…

Read More

महेन्द्रनग- कञ्चनपर क्षेत्र नं. २ (क) प्रदेशसभामा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका ओमबिक्रम भाट(सरल) बिजयी भएका छन् । उनी एमालेका उम्मेदवार युवासंघका पुर्व अध्यक्ष बचनबहादुर सिंहलाई ४७५ मतले हराउँदै बिजयी भएका हुन् । भाटले १० हजार ९२५ र सिंहले १० हजार ४५० मत प्राप्त गरेका छन् । निकै कडा प्रतिस्पर्धा भईरहेको यस क्षेत्रमा अन्तिममा भाटले बाँजी मारेका हुन् ।

Read More

धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी पछि परेका छन्। चौधरीलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका भगत बडुवालले अग्रता लिएका छन्। कुल १५ हजार २३५ मत गणना सकिंदा बडुवालले पाँच हजार ११९ मतसहित अग्रता लिएका छन्। चौधरीले चार हजार ५५३ मत ल्याएका छन्। नेकपा एमालेका झपटबहादुर रावलले चार हजार दुई मत प्राप्त गरेका छन्। यहाँ एक लाख चार हजार ९०६ मतदाता रहेकोमा मंसिर ४ गतेको निर्वाचनमा ६० हजार ६२९ मत खसेको छ।

Read More