Author: Nisha Shrestha

काठमाडौँ – निर्वाचनअघि सरकारी संयन्त्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको रिर्पोटमा प्रत्यक्षतर्फ काँग्रेस ठुलो पार्टी हुने रिर्पोट बुझाएको छ । निर्वाचन आयोगले मत प्रक्षेपण र सर्वेक्षण गर्नका लागि बन्देज लगाइएका कारण धेरै सर्वेक्षण गोप्य राखिएको छ । मतदानको केही दिनअघि राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको चुनावी प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको प्रतिवेदनमा प्रत्यक्ष चुनावतर्फ नेपाली काँग्रेसले ५७ सीट र एमालेले ५१ सीट, माओवादी केन्द्रले २४, एकीकृत समाजवादीले १०, जनता समाजवादी पार्टीले ७ र लोसपाले ४ सीट हात पार्ने अनुमान गरिएको छ । राप्रपाले ४, अन्यले ६ र स्वतन्त्र ३ सीटमा विजयी हुने अनुमान गरिएको प्रतिवेदन सरकारी उच्च अधिकारीहरूले पढेको बताइन्छ ।…

Read More

काठमाडौँ – नेपाली काँग्रेसले स्याङ्जा २ का चार बुथमा धाँधली गरेको भन्दै अन्य उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । चापाकोट नगरपालिकामा रहेका दिसिङकोट, राम मन्दिर, दिनदलायु, चिठ्ठी पोखरी बुथमा काँग्रेसले धाँधली गरेको उजुरीमा उल्लेख छ । धाँधली भएको भनी उजुरी परेका बुथ चापाकोट ३, ४ र ५ वडाका हुन् । अनधिकृत रूपमा बुथ कब्जा गरी अन्य दलका प्रतिनिधिहरूलाई जबरजस्त बाहिर निकाएको उजुरीमा उल्लेख छ । ती बुथमा पुन मतदानको माग गरिएको छ । स्याङ्जा २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले धाँधली गरिएको भन्दै उजुरी परेको जानकारी दिए । ‘चापाकोट केही वडाको विषयमा उजुरी आएको छ । हामी बुझ्दै…

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै मतदातालाई धन्यवाद दिएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष नेपालले मतदातालाई धन्यवाद दिएका हुन् ।  उनले मतदानको प्रतिशत घट्ने विषय राजनीतिक दलहरूको लागि समीक्षाको विषय बन्नुपर्ने समेत बताएका छन् ।

Read More

काठमाडौं – गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ । जसअनुसार भक्तपुर–२ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।   भक्तपुर–२ अन्तगर्तको कटुन्जे–५, कौशलटार– ३, सिरुटार सोम्लिङेश्वरको मतगणना हुँदा कांग्रेसले २२३०, एमालेले १६३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४२४, नेककिपाले २५० राप्रपाले २३२ मत प्राप्त गरेका छन । भक्तपुर–२ मा यसअघि एमालेका महेश बस्नेत बिजयी भएका थिए ।

Read More

अछाम – अछाम जिल्लामा सबै मतदान स्थलका मतपेटिका सदरमुकाम मङ्गलसैनमा पुर्याइएको छ । केही समय पछि सर्वदलीय बैठक बस्ने र मत गणना दिउँसोदेखि मात्र सुरु गरिने मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले जानकारी दिए। दुईवटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अछाममा करिब ५५ प्रतिशत मतदान भएको छ। जिल्लाका क्षेत्र नम्बर १ का १ सय ३ मतदान केन्द्र र क्षेत्र नम्बर २ का १ सय ५ मतदान केन्द्र तथा ३ वटा अस्थायी मतदान केन्द्रमा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भएको उनले बताए।

Read More

बैतडी – बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुदाँ ३ जनाको मृत्युु भएको छ । मृतकको परिचय खुल्न भने बाँकी छ । जीपमा १२ जना प्रहरी सवार रहेको बुुझिएको छ । से १ ज ८५४ नम्बरको जीप पाटन नगरपालिका वडा न.४को निङलाडी खोलामा दुर्घटना भएको वडा अध्यक्ष दिपक बिष्टले बताए ।  दुर्घटनामा परी ९ जना घाइते भएकोमा ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुमध्ये छ जनाकाे पहिचान खुलेको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । जिप सडकबाट करिब ३ सय मिटर तल…

Read More

धनगढी – बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मा मतपेटिकामा आगो लगाइएको छ । स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित भगवति माविको मतदान केन्द्रमा समानुपातिक मतपेटिकामा आगो लागेको प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए । उनले आगजनीको कारण भने नखेलेको बताए । ‘आगजनी कस्ले र किन गर्‍यो भन्ने खुलेको छैन,’ रावलले भने, ‘यसबारेमा छनविन भइरहेको छ ।’ सो मत पेटिकामा ९ सय ५० मत खसेका थिए । मतपेटिकामा आगजनी भएपछि सो मतदान केन्द्रको मतदान कार्य स्थिगित भएको एसएसपी रावलले बताए । त्यसैगरी बाजुराको बुढीगंगा नगरपालिका–५ मा पनि कांग्रेस र एमालेका कार्यकर्तावित भएको विवादका कारण मतदान स्थगित भएको छ । सो…

Read More

काठमाडौं – निर्वाचन आयोगले विभिन्न स्थानमा रोकिएका मतदान प्रक्रिया सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ । अपरान्ह साढे ३ बजेसम्म रोकिएका १५ मतदान केन्द्रको मतदान कार्य पुनः सुरु गर्ने प्रयास भइरहेको आयोगको भनाइ छ ।  साथै आयोगले अहिले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । आइतबार बिहान ७ बजेबाट देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन भइरहेको छ ।

Read More

बाग्लुङ – बाग्लुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका कार्यकर्तामाथि बुथ कब्जा गरेको आरोप लागेको छ ।   जैमिनी नगरपालिका वडा नम्बर ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा र नेकपा एकीकृत समाजवादीसमेतका कार्यकर्ताले बुथ कब्जा गरेको क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार सूर्य पाठकले बताए । उनले भने, ‘जनमोर्चा र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई खेदेर दिउँसो २ बजेदेखि बुथ कब्जा गरेका छन् ।’ उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफूले यसबारे जानकारी गराएको र पुनः मतदान हुनुपर्ने माग गरे । मतपत्र कब्जा गर्ने, एमालेका कार्यकर्तालाई लखेट्ने र फर्जी मतपत्र खसाल्ने जस्ता कार्यले निर्वाचनको विश्वसनीयतामाथि प्रश्न खडा भएको उनको भनाइ…

Read More

कैलाली – कैलालीमा जारी प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत ४७ प्रतिशत मत खसेको छ । हालसम्म जिल्लाभर ४७ प्रतिशत मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले बताए । यस निर्वाचनमा मतदाताको सहभागी न्यून देखिएको छ ।

Read More