Author: Nisha Shrestha

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका तेज सुनार पेसाले शिक्षक हुनुहुन्छ । शारीरिकरुपले अपाङ्गता हुनुभएका उहाँ वैशाखीको सहारामा नगरपालिकालगायत अन्य कार्यालय जाँदा अपाङ्गमैत्री संरचनाको अभाबमा निकै हैरानी खेप्नु परेको गुनासो गर्नुहुन्छ । “विद्यालयको कार्यले नगरपालिकाको सिँढी चढेर माथिल्ला फाँटमा जानुपर्छ”, सुनार भन्नुहुन्छ, “नगरपालिकाको प्रमुख फाँटहरु माथिल्लो तल्लामा छन्, त्यहाँ जाने फलामको सिँढी छ, वैशाखी फलामको सिँढीमा अड्किएर झन्डै लडेको थिएँ, भाग्यले बाँचे, अहिले पनि सिँढी चढ्नुभन्दा पहिला निकै डराउने गरेको छु ।” सिँढी उक्लिँदा अरूको सहयोग लिनु परेको उहाँको भनाइ छ । नगरपालिकाजस्तै अन्य कार्यालयमा अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा लिन निकै अप्ठेरो रहेको सुनार बताउनुहुन्छ । अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त…

Read More

खोटाङ – नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले पत्रकारलाई आइपर्ने कानूनी समस्या समाधान गर्न वैतनिक कानून व्यवसायीको व्यवस्था गर्न पहल गर्ने भएको छ । महासङ्घको १० औँ साधारणसभाले कानूनी समस्या आइपरेमा पत्रकारको सहयोगका लागि वैतानिक कानून व्यवसायी राख्ने व्यवस्था गर्न महासङ्घको प्रदेश र केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको हो । समाचार सम्प्रेषण गरेबापत कतिपय पत्रकारलाई ‘साइवर क्राइम’को मुद्दा लगाएर पक्राउ गर्ने गरिएकाले वैतनिक कानून व्यवसायीको माग उठाइएको शाखा अध्यक्ष दिलीप खत्रीले बताउनुभयो । “पछिल्लो समय देशभरका पत्रकार समाचारका विषयलाई लिएर ‘साइवर क्राइम’ सहित अन्य कानूनी झमेलामा फस्दै गएका छन्”, उहाँले भन्नुभयो, “झमेलामा फसेका पत्रकारको सहयोगार्थ वैतनिक कानून व्यवसायीको आवश्यकता साधारणसभामा…

Read More

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि र प्रदेश सभा सदस्यहरूलाई निर्वाचन आयोगले पुस ३ गते प्रमाणपत्र वितरण गर्ने भएको छ । बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पुस ३ गते आइतबार १ बजे समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम राखिएको जानकारी दिए ।

Read More

काठमाडौँ– राष्ट्रिय एकता अभियान, नेपालले सांसदलाई दिइदै आएको तलब सुविधा तथा विकास कोष यथाशीघ्र बन्द गर्न माग गरेको छ। अध्यक्ष विनय यादवको नेतृत्वमा अभियानले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी उक्त मागसहीतको ज्ञापनपत्र बुझाएको छ । ‘अहिले चलिरहेको विश्वव्यापी मन्दीको प्रभावले नेपालमा परेको असरबारे सर्वविदित नै छ। व्यक्तिगत कर्जा र व्यवसायिक कर्जाको ब्याज तथा किस्ताहरु नउठेर सबै जसो बैंकहरूको खराब कर्जादर अप्रत्याशित रूपले बढेको छ। बैंकको ब्याज तिर्न नसकेर थुप्रै व्यापारीहरू डिप्रेसनको सिकार भएको छ भने कतिपय आत्महत्या गर्न बाध्य भएका छन । धेरैले व्यापार व्यवसाय बन्द गरी पलायन हुनुपरेको छ भने धेरैले कर्मचारी कटौती गर्नु परेको छ। कृषि उत्पादको उचित…

Read More

काठमाडौँ – निर्वाचन आयोगले यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी आयोगले अन्तिम नतिजा घोषणा गरेको हो । प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० गरी ८२५ जना निर्वाचित भएको घोषणा गरिएको छ । प्रतिनिधिसभातर्फ पुरुष १८४ (६६.९० प्रतिशत) र महिला ९१ (९३३.१० प्रतिशत) जना निर्वाचित भएको आयोगले जनाएको छ । प्रदेशसभातर्फ पुरुष ३५० (६३.६४ प्रतिशत) र महिला २०० (३६.३६ प्रतिशत) जना निर्वाचित भएका छन् ।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले अबको एक महिनाभित्रै सरकार गठन हुने दाबी गरेका छन्। गठबन्धन सरकारले नै निरन्तरता पाउने उनको भनाइ छ। बुधबार पोखरामा केन्द्रीय सदस्य र प्रदेश कमिटीका पदाधिकारीसँगको बैठकमा उनले अबको सरकारको नेतृत्व नेकपा माओवादीले गर्ने बताए। माओवादीले २५ सिटमा जित हासिल गर्नुपर्ने भएपनि काँग्रेस पूर्णरूपमा इमान्दार नहुँदा कम सिट प्राप्त गरेको प्रचण्डको भनाइ छ। ‘हामीले जति इमानदारिता देखायौँ, काँग्रेसले पूर्ण रूपमा इमानदारिता देखाउन सकेन’, प्रचण्डको भनाइलाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने। उनले गण्डकी प्रदेशको माओवादीले पाउनुपर्ने माग गठबन्धनमा राखेको बताएका छन्।

Read More

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्भ’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो । जसका कारण सबै पानी अझै राजधानीमा वितरण हुनसकेको छैन । आज बेलुकीदेखि भने १२ करोड लिटर पानी वितरण गरिने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले राससलाई जानकारी दिनुभयो । मेलम्चीको पानी राजधानीमा वितरणका लागि बनाइएका १० पानी ट्याङ्कीमध्ये हालसम्म आठ वटामा पानी पुगिसकेको छ । हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महाङ्कालचौर,…

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी माध्यमबाट जुवा तथा बाजीजन्य गैर कानुनी कार्य गर्नेहरुलाई कारबाही गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्ता सट्टेबाजी गर्ने वा यस्तो क्रियाकलापमा सहभागी हुने व्यक्ति, समूह, संस्थालाई कानुन मार्फत कारबाही गर्ने तथा बैंक निजको खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबार समेत रोक्का राख्ने जनाएको छ । यस बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले जुवा तथा बाजीजन्य गैर कानुनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ, मोबाइल वालेट लगायतका माध्यमबाट हुन नदिन व्यवस्था मिलाउनु पर्नेमा जोड दिएको हो ।

Read More

धनगढी – निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक मत परिणाम सार्वजनिक भएसँगै सुदूरपश्चिम प्रदेशमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने चासो बढ्न थालेको छ । निर्वाचनको परिणामअनुसार सुदूरपश्चिममा वर्तमान सत्तारुढ गठबन्धन स्पष्ट बहुमतमा छ । यदि केन्द्रमा यही गठबन्धन कायम रहेको अवस्थामा सुदूरपश्चिममा नेपाली कांग्रेस वा माओबादी केन्द्रको नेतृत्वमा सरकार बन्ने छ । तर केन्द्रीय सत्ता समीकरण कस्तो हुने भन्ने स्पष्ट खाका नआइसकेको हुँदा सुदूरपश्चिममा मुख्यमन्त्री को बन्ने र कसको नेतृत्वमा सरकार बन्ने भन्नेबारेमा दलहरू अलमलमै छन् । ‘केन्द्रीय राजनीतिको समीकण नबनी प्रदेशमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने कुराको टुंगो लाग्ने देखिएको छैन,’ माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरीले भने, ‘प्रदेशमा कांग्रेस र…

Read More

काठमाडौं – सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ तत्काल जारी नहुने भएको छ । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीसहितलाई छुटाउन ल्याइएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी हुने सम्भावना कम देखिएको छ । तत्कालीन केपी शर्मा ओली सरकारले पठाएलगत्तै प्रमाणीकरण गरेर जारी गरेकी राष्ट्रपति भण्डारीले गत सोमबार वर्तमान शेरबहादुर देउवा सरकारले पठाएको अध्यादेश जारी गर्ने मनस्थिति नरहेको बुझिन्छ । तीनदिन भइसक्दासमेत उक्त अध्यादेशबारे राष्ट्रपति भण्डारीले जारी गर्ने सुरसार गरेकी छैनन् । गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार सरकारले सोमबार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन…

Read More