Author: Nisha Shrestha

मुगु – मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी हुनुभएको छ । उहाँ १४ हजार सात सय दुई मत प्राप्त गर्दै विजयी हुनुभएको हो । कांग्रेस उम्मेदवार शाहीका निकटतम प्रतिद्व्रन्द्वी नेकपा (एमाले) का राजबहादुर कार्कीले १० हजार सात सय आठ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । शाही र कार्कीबीच तीन हजार नौ सय ९४ मतान्तर रहेको छ । विजयी हुनुभएका शाही नेपाली कांग्रेस मुगुको सभापति समेत हुनुहुन्छ । त्यस्तै प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल विजयी हुनुभएको छ । उहाँले छ हजार छ सय १८ तथा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)…

Read More

एजेन्सी – चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनलाई चीन क्षेत्रीय र विश्वव्यापी शान्ति, स्थायित्व र समृद्धिका लागि उत्तर कोरियासँग मिलेर काम गर्न इच्छुक रहेको कुरामा जोड दिएका छन् । राष्ट्रपति सीले किमलाई लेखेको पत्रलाई उद्धृत गर्दै उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ । केसीएनले केसीएनएले उत्तर कोरियाले हालै गरेको मिसाइल प्रक्षेपणको भने उल्लेख गरेको छैन् । उत्तर कोरियाको मिसाइल प्रक्षेपणलाई लिएर कोरियाली प्रायद्वीपमा तनाव छ केही साताअघि दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासपछि उत्तर कोरिया थप भड्किएको छ।

Read More

कर्णाली – कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई/दुई निर्वाचन र अन्य आठ जिल्लामा एक निर्वाचन क्षेत्र कायम छन् । सबै क्षेत्रको निर्वाचन प्रक्रिया अन्तर्गत मतगणना सम्पन्न भइसकेको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा देशैभरि झैं कर्णालीमा लोकतान्त्रिक वाम–गठबन्धन र नेकपा एमालेबीच नै प्रतिस्पर्धा भयो । यो चुनावमा केहि जिल्लामा राप्रपाले आफ्नो विगत फर्काउन सफल भयो । पाँच वर्षअघि विसं २०७४ मा नेकपा एमाले र माओवादी केन्द्र बिचको तालमेल भएको थियो । निर्वाचनमा एमाले र माओवादीको तालमेलका कारण कर्णालीका निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस ‘क्लिस्वीप’ भएको थियो । तत्कालिन…

Read More

काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ यसैगरी तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । आजै हुने अन्तिम खेलमा…

Read More

काठमाडौं – बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आउनुभएको छ । उहाँ शुक्रबार साँझ नेपाल आइपुग्नुभएको हो । आज हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उहाँ नेपाल आउनुभएको हो । गायक झाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाल आउँदा खुसी लाग्ने बताउनुभयो । “दुई दिनका लागि नेपाल आएको छु । यद्यपि छिटै पुनःनेपाल आउने योजना बनाइरहेको छु । नेपाल घुमघाम गर्न मन पर्छ”, गायक झाले भन्नुभयो, “आउँदो जनवरीमा नेपाली गीत सार्वजनिक गर्दैछु । यो मैले तयार पारेको पहिलो नेपाली गीत हो । यसले नेपालसँगको सामीप्यता थप बढाउने विश्वास छ ।” उहाँले नेपाली राम्रोसँग बुझे तापनि बोल्न भने…

Read More

सप्तरी – सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । चौधरी तेस्रोपटक यो क्षेत्रबाट निर्वाचित भएका हुन् । चौधरीले २३ हजार ४९१ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवले १७ हजार ८७७ मत पाए । निर्वाचित भएका चौधरी २०७० को संविधानसभा सदस्यमा निर्वाचित भएपछि २०७४ को निर्वाचनमा दोस्रोपटक विजयी भएका थिए ।

Read More

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान १०:३० सम्म एमालेले १८ लाख ९ हजार चार सय १७ मत प्राप्त गरेको छ । कांग्रेसले १७ लाख ४४ हजार ६९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ८७ हजार सात सय ४७, नेकपा (माओवादी केन्द्र)ले सात लाख ६७ हजार तीन सय छ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख तीन हजार ७९, जनता समाजवादी पार्टीले दुई लाख १६ हजार नौ सय ४३, नेकपा…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशको कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा पाँच दलीय गठबन्धनका तीनवटै उम्मेदवार निर्वाचित भएका छन् । कैलाली ५ को मतगणनामा प्रतिनिधिसभातर्फ कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् । उनले २१ हजार ३ सय ९२ मत प्राप्त गरेका छन् । उनले एमालेका उम्मेदवार नारदमुनी रानालाई १ हजार ७१ मतको अन्तरले पराजित गरेका हुन् । एमालेका रानाले २० हजार ३ सय १८ मत प्राप्त गरेका थिए । यस क्षेत्रबाट ०७४ को निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा करिब पाँच हजर मत अन्तरले पराजित भएकी थिईन्। यस पटकको निर्वाचनमा भने हार्ने आशंकापछि समानुपातिकमा झरेकी थिईन् । वाम गठबन्धनका…

Read More

काठमाडौं – गुल्मी–१ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषण भने गरिसकेको छैन । तर, भण्डारी निर्वाचित भएको भन्दै कांग्रेस नेता कार्यकर्ताले भने उत्सव मनाइरहेका छन् ।

Read More

गोरखा – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित प्रमाणपत्र बुझेका छन् । शुक्रबार गोरखा पुगेर उनले निर्वाचित प्रमाणपत्र बुझेका हुन् । उनलाई जिल्ला निर्वाचन अधिकृतले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रचण्ड बिहीबार फराकिलो मतान्तरले गोरखा २ बाट विजयी भएका थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनौती दिएका थिए । तेस्रो स्थानमा एमालेका अब्दुस मिया रहे । गोरखा २ को प्रदेश सभा सदस्यमा निर्वाचित भएका सुरेन्द्र पाण्डे र फणिन्द्र देवकोटाले पनि प्रमाणपत्र बुझेका छन् । प्रचण्डले प्रमाणपत्र बुझ्ने कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए । तर नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई उपस्थित भएनन् । गोरखा…

Read More