Author: Nisha Shrestha

वीरगञ्ज – वीरगञ्जमा नक्कली मतपत्र र नगदसहित दुईजना पक्राउ परेका छन् । वीरगञ्जको बसपार्क सडकखण्डबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले दुई लाख नगद र नक्कली मतपत्रसहित दुईजनालाई पक्राउ गरेको हो । बाराको कलैयाबाट वीरगञ्ज आउँदै गरेको बा. १०२५ च ६६३६ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा नगदसहित नक्कली मतपत्र फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ का कार चालक अमिरी राउत र कारमा सवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाका राजन सिंह रहेका छन् । उनीहरूको साथबाट फेला परेको नक्कली…

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ३५ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ९५ पैसा छ । युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर १ ले घटेर खरिद ८७ रुपैयाँ २८ पैसा छ भने बिक्रीदर ८७ रुपैयाँ ६८ पैसा कायम भएको छ । १ रुपैयाँले घटेर क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०८ पैसा कायम छ । सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ८२ पैसा र…

Read More

एजेन्सी – गाजा सहरको उत्तरमा रहेको एउटा घरमा भीषण  आगलागी हुँदा सात बालबालिका सहित कम्तिमा २१ जनाको मृत्यु भएको छ । बिहीबार भएको उक्त आगलागीमा दर्जनौँ घाइते भएका छन् । अग्निनियन्त्रकहरूले जबलियामा आगो नियन्त्रण गर्न सफल भएका इजरायली–अवरोधित प्यालेस्टिनी एन्क्लेभलाई नियन्त्रण गर्ने हमास इस्लामवादीहरूले बताएका छन् । गाजाको सिभिल डिफेन्स युनिटले एक विज्ञप्तिमा २१ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

Read More

काठमाडौं – नेपाल नागरिकय उड्डयन प्राधिकरणले उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ।  केही कम्पनीले अनुमति नलिइ चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो । नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । यदि उडान अनुमति नलिइ यात्रुलाई टिकट बिक्री गरेको पाइ प्राधिकरणले कारबाही गर्ने भएको छ । चार्टर उडानको नाममा टिकट बिक्री गरी यात्रुलाई विमानस्थलमा अलपत्र पार्ने काम हुनथालेपछि प्राधिकरणले यो कदम चालेको हो ।

Read More

काठमाडौँ – आमनिर्वाचनका लागि बिहीबार मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सिमानाका बन्द गरिएको छ। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि सरकारले सबै नाका बन्द गर्ने यसअघिको निर्णय कार्यान्वयन गरेको हो। मतदान नसकिएसम्म नाका बन्द गर्न सरकारले समन्वय गरेको छ। अत्यावश्यक अवस्थाबाहेकमा आवातजावत बन्द हुनेछ। नेपाल र भारतबीच खुला सीमानाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला रहने गर्छन्। तर, चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ। निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द गर्न गरिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले सूचना जारी गरी जनाएका छन्।

Read More

काठमाडौँ – सरकारले आमनिर्वाचनका लागि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले बिहीबार मध्यरातिबाट मदिरा बिक्रीमा रोक लगाएको छ । ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था अनुसार उक्त निर्णय भएको हो । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २५ मा निर्वाचन अधिकृत तथा मतदान अधिकृतले रहेको सन्दर्भमा मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नको लागि मतदानको मिति भन्दा ४८ घण्टा अघिदेखि मतगणना…

Read More

अछाम – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन चुनावसम्मका लागि मात्र होइन भन्नुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनद्वारा आज अछामको मङ्गलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “यो गठबन्धन निर्वाचनको अवधिसम्मका लागि मात्र होइन, मुलुकमा लामो समयसम्म यो गठबन्धन रहिरहने छ ।” प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि लोकतान्त्रिक–वाम गठबन्धनको आवश्यकता भएको पनि बताउनुभयो । उहाँले मुलुकमा संविधान र लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर विजयी गराउन पनि आग्रह गर्नुभयो । लामो सङ्घर्षबाट ल्याइएको संविधानमाथि यसअघि नेकपाको सरकारका प्रधानमन्त्री केपी ओलीले पटक–पटक हमला गरी संसद् विघटन गरेकाले संविधान र लोकतन्त्रको रक्षा…

Read More

काठमाडौं – उपल्लो डोल्पा, धो–तरपस्थित गाकार गुम्बाबाट ६ वर्षअघि चोरिएको पुरातात्विक शाक्यमुनि बुद्धको कास्यमूर्ति बेइजिङको एक निजी ग्यालरीले लिलामीमा राखेको पाइएको छ । पन्ध्रौं शताब्दीमा निर्मित बुद्धमूर्ति सन् २०१६ को अप्रिल १९ मा चोरिएकोबारे त्यहीबेला गुम्बाका रिम्पोचे ९लाचुङ थिन्ले० मार्फत पुरातत्व विभाग, युनेस्कोसहित सरोकारसम्बद्ध निकायमा अवगत गराइएको थियो । हराएका र चोरिएका सम्पदाको पहिचान अभियानमा लागीपरेको ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, यो सम्पदाको बेइजिङस्थित एक संग्रह ग्यालरी (चाइना गार्जियन)ले आगामी साता(नोभेम्भर २७)मा लिलामीमा राखेको पाइएको छ । यो मूर्ति चोरिनासाथै डोल्पाको दुनै प्रहरी कार्यालय र काठमाडौंमा समेत दर्ता भएको उजुरीका आधारमा चोरीमा संलग्न केही व्यक्ति पक्राउ गर्नाका साथै केही सम्पदा,…

Read More

काठमाडौं – निर्वाचन आयोगले चितवन – ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका रवि लामिछानेविरुद्ध परेका उजुरी प्रमाणका आधारमा निर्णय लिने जनाएको छ । आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकताको विषयलाई लिएर रवि लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय लिने जानकारी दिए । रविको नागरिकता अवैध रहेकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै उजरी परेको छ ।

Read More

काठमाडौं – निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा २२ मंसिरमै राष्ट्रपतिलाई बुझाउने दाबी गरेको छ । निर्वाचनको स्थिर समय (मौन अवधि) सुरु हुनुभन्दा केही घण्टाअघि बिहीबार अपरान्ह आयोगले कार्यालयमा पत्रकार सम्मेलन गरेर ४ मंसिरमा हुने निर्वाचनको सम्पूर्ण नतिजा तीन हप्ता नपुग्दै २२ मंसिर अघि नै राष्ट्रपतिसमक्ष बुझाउने दाबी गरेको हो । ४ मंसिरमा हुने निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको मतगणना सकेर २२ मंसिर अघि नै राष्ट्रपतिसमक्ष बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । पत्रकार सम्मेलनमा उनले दुवै निर्वाचन प्रणालीका निर्वाचित उम्मेदवारको नामावली २२ मंसिर अघि नै तयार हुने र राष्ट्रपतिलाई बुझाइनेछ ।

Read More