Author: Nisha Shrestha

रुकुमपूर्व – जिल्ला अस्पताल रुकुमपूर्वमा पहिलो पटक एक गर्भवतीको शल्यक्रिया गरिएको छ । अस्पताल स्थापना भएको पाँच वर्षपछि जिल्ला अस्पतालमा पहिलो पटक सुत्केरीले शल्यक्रियामार्फत शिशु जन्माउनुभएको छ । शनिबार अस्पतालमा भूमे गाउँपालिका–८ की सन्तु बुढाको शल्यक्रिया गरिएको डा पूर्णबहादुर पुनले जानकारी दिनुभयो । उहाँ शल्यक्रियाको डा नारायण बरालको टोलीले गरेको हो । सुत्केरी हुने समय नाघेको र सामान्य अवस्थामा शिशु जन्माउन नसकेकाले शल्यक्रिया गर्नुपरेको डा पुनले बताउनुभयो । “आमा र शिशुको स्वास्थ्य सामान्य छ”, उहाँले भन्नुभयो । विसं २०७४ पुस ७ गते रुकुमकोटस्थित स्वास्थ्य चौकीलाई जिल्ला अस्पतालमा परिणत गरिएको थियो । आवश्यक जनशक्ति र पूर्वाधारको अभावमा जिल्ला अस्पतालले दिने सेवा…

Read More

काठमाडौँ – अमेरिकी नागरिक कितिया पावोलोब्स्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएका तस्बिरबारे काठमाडौँस्थित अमेरिकी दूतावासले स्पष्टीकरण दिएको छ । आइतबार दूतावासले फेसबुकमार्फत उक्त हिउँ चितुवाको तस्बिरको आधिकारिकता पुष्टि गर्न नसकिएको स्वीकार गरेको छ । ती तस्बिर आफ्नो सामाजिक सञ्जाल एकाउन्टबाट मेटाउने दूतावासले जनाएको छ । दूतावासले केही साताअघि फेसबुकमा प्रकाशित गरेका ती तस्बिर मेटाउने जनाएको हो । अलपाइनम्यागडटकमले ती चारमध्ये तीन तस्बिर झुटो भएको विश्लेषणसहित जिकिर गरेको थियो ।

Read More

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले अब पनि गठबन्धनकै सरकार बन्ने बताएका छन्। चुनावी परिणाम आइसकेपछि पाँच दलीय गठबन्धनकै सरकार बन्ने दाबी उनको छ। खाँण रूपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए। उनले जनताको अभिमतलाई आफूले सहजतापूर्वक लिएको प्रतिक्रिया दिए। भैरहवामा आज भएको गठबन्धनको बैठकमा गृहमन्त्री खाँणले अब सरकार बनाउन पाँचदलीय गठबन्धनको बहुमत पुग्ने दाबी गरेका थिए। ‘अब गठबन्धनकै सरकार बन्छ। पाँचदलीय गठबन्धनकै बहुमत पुग्छ,’ उनले भने, ‘नागरिकका अवस्था सुधार गर्न सरकारले काम गर्नुपर्छ।’ अब बन्ने सरकार ५ वर्षसम्म टिक्ने पनि उनले बताए। उनले अब प्रधानमन्त्री को बन्ने भन्ने सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका…

Read More

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले निर्वाचनमा पराजित भएर आफूले व्यक्तिगत रूपमा केही नगुमाएको बताएका छन् । आफ्नो सपना कमजोर भएकामा भने दुःखी भएको उनको भनाइ छ । आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले नेपाललाई सर्वधर्म समभावसहितको हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा आफू दुःखी भएको बताएका छन् । हेटौँडालाई वाग्मती प्रदेशको राजधानी बनाउन आफूले भूमिका खेलेको उनले उल्लेख गरेका छन् । काठमाडौं जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र स्थापनालगायत सपना हारेको उनले बताएका छन् । “चुनाव हारेर मैले व्यक्तिगत रूपमा केही गुमाएको छैन । नेपाललाई सर्वधर्म समभावसहितको हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा दुःखी छु,” उनले ट्विटरमा लेखेका छन्, “हेटौँडालाई राजधानी त…

Read More

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले समानुपातिक मतगणनामाथि निगरानी राख्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले आज लाइभ भिडियोमार्फत आफ्ना कार्यकर्तालाई सो निर्देशन दिएका हुन् । ‘समानुपातिक मतगणनामा धाँधली र अनियमितता भइरहेको खबर जताततैबाट आइरहेका छन्, जनमत पार्टीलाई परेको मत लुकाउने, रेकर्डमा नदेखाउने जस्ता काम भइरहेकाले त्यसमाथि कडा निगरानी बढाउनुपर्छ’ अध्यक्ष राउतले निर्देशन दिँदै भनेका छन् । ‘राष्ट्रिय पार्टी हुने कि नहुने समानुपातिक मतले तय गर्ने भएका हुनाले त्यसमाथि कडा निगरानी गर्नुपर्ने देखिएको बताउँदै उनले जनमत पार्टीले समानुपातिक मत धेरै पाएको छ, त्यो यताउती नहोस्’ त्यसमाथि निगरानी गर्नुपर्नै बताउँदै उनले भने । प्रत्यक्षका लागि जसरी मतगणनास्थलमा निगरानी बढाइयो…

Read More

काठमाडौं – गत आइतबार देशैभर एकै चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतरिणाम सार्वजनिक हुनेक्रम जारी छ । आज (आइतबार) बिहानसम्मको सार्वजनिक परिणाम अनुसार प्रतिनिधिसभातर्फ १६५ मध्ये १५६ सिटको परिणाम सार्वजनिक भएको छ । जसअनुसार कांग्रेस ५३, नेकपा (एमाले)४१, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ७, जनता समाजवादी पार्र्टी (जसपा) ६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ४, नागरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी १, राष्ट्रिय जनमोर्चा (राजमो) १ र स्वतन्त्र ५ सिटमा विजयी भएका छन् । दोलखा, स्याङ्जा २ र बाजुराको मत गणना हुन बाँकी छ…

Read More

महेन्द्रनगर – शनिबार राति भएको खेलमा मेक्सिकोमाथि २–० को जित निकाल्दै अर्जेन्टिनाको विश्वकप यात्रालाई जीवित राख्न अर्जेन्टिना सफल भएको छ । कतारमा समूह ’सी’ को पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाले शनिबारको खेल पनि आरेको भए उसको प्रतियोगिताको सम्भावना समाप्त हुनसक्ने थियो । खेलको ६४ औं मिनेटमा २० मिटर टाढाबाट गोल गर्दै अर्जेन्टिनाका लागि गोल गर्नुभएको थियो भने एन्जो फर्नान्डिजले दोस्रो गोल थप्नुभएको थियो । मेसीले विश्वकप खेलको पहिलो खेलमा भएको हारले कठिन भएको बताउँदै भन्नुभयो, “पहिलो खेलमा हामीलाई घाटा भयो । हामीलाई थाहा थियो कि हामीले आज जित्नै पर्छ, हाम्रो लागि अब बल्ल विश्वकप सुरु हुँदैछ ।” मेक्सिकोले…

Read More

उत्तर कोरिया – उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको बताउनुभएको छ । प्योङयाङले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी मुख्य भूमिमा पुग्न सक्ने विश्वास गरिएको उत्तर कोरियाली अधिकारीले दावी गरेका छन् । नेता किमले ह्वासोङ–१७ को सफलताका लागि १०० भन्दा बढी सम्बन्धित अधिकारी र वैज्ञानिकलाई पदोन्नति पनि गर्नुभएको छ । नयाँ आईसीबीएमलाई ‘विश्वको सबैभन्दा बलियो रणनीतिक हतियार’ भन्दै किमले उत्तर कोरियाली वैज्ञानिकले ब्यालेस्टिक क्षेप्यास्त्रमा आणविक हतियार राख्ने प्रविधिको विकासमा आश्चर्यजनक फड्को मारेको बताउनुभएको छ । राज्य र जनताको गरिमा र सार्वभौमिकताको रक्षाका लागि आणविक शक्तिको निर्माण…

Read More

कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरेले भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आउनु भएको छ । गत वर्ष उहाँले दुई विघा जग्गामा भटमास खेती गर्दा करिव रु डेढ लाख आम्दानी गर्नुभयो । यस वर्ष सोही जग्गामा गरिएको भटमास खेतीबाट घिमिरेले रु तीन लाख ५० हजार आम्दानी गर्नुभएको छ । थोरै मिहिनेतमा धेरै आम्दानी हुने भएकाले भटमास खेतीलाई निरन्तरता दिदै आएको घिमिरेले बताउनुभयो । भारतको पन्तनगरबाट भटमासको बीउ ल्याएर यस क्षेत्रका किसानले भटमास खेती गर्दै आएका छन् । “भटमास खेतीका लागि माटो उयुक्त छ” अर्का किसान महेश घिमिरेले भन्नुभयो, “आधुनिक तरिकाले भटमास खेती गर्नका लागि किसानलाई तालिमको…

Read More

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको चौँथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु केदारनाथ शर्मा, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी, शंकर प्रसाद अधिकारी,सुमन पोखरेल, लिमा अधिकारी आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा लगायत बैंक परिवारको उपस्थिती रहेको थियो । उक्त सभाले आर्थिक बर्ष २०७८र७९ कोे वित्तीय विवरणहरु सहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव एवं आर्थिक वर्ष २०७९र८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । साथै, बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँको ४।२१०५५ ले हुने रकम…

Read More